रौतहटमा १९ वर्षीया युवतीको हत्या भएको छ।
इशनाथ नगरपालिका ९ लौतनाकी चाँदनी खातुनको हत्या भएको हो ।
मंगलबार साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी चाँदनीको हत्या भएको अवस्थामा शव गहुँ खेतमा बुधबार फेला परेको हो।
घरभन्दा एक किलो मिटर पूर्वतर्फ गहुँबारीमा खातुनको शव फेला परेको रौतहटका प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेले जानकारी दिए।
उनको गएराति सलले घाँटी कसेर हत्या गरिएको प्रहरीको अनुमान छ।
शव पोष्टमार्टमका लागी गौर अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको रनिरीक्षक पाण्डेले बताए।