इस्लामावाद । पाकिस्तान सरकारले आतंकवदाी समूह जैश ए मोहम्मद (जेम) र एलटीटीलाई कालो सूचीमा राखेको भन्दै फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) लाई भुक्याएको खुलासा भएको छ। जेमका नेता मौलाना महसुद अज्हरको विषयमा पाकिस्तान सरकालाई कुनै जानकारी नभएको गलत सूचनासमे एफएटीएफलाई दिएको पाइएको छ।
पाकिस्तन सरकारको यो दाबीलाई तुरुन्तै खारेज गरिएको छ। किनकि जिहादको वकालत गर्ने अजहरका लेखहरू जिहादी मिडियामा देखिएका छन्। रिपोर्टहरूका अनुसार, जेएम नेताहरूले भर्ती र नगदको खोजीमा पञ्जाब र अन्य प्रान्तहरूमा सम्मेलनहरू आयोजना गर्ने र भाग लिनका लागि शिक्षा र प्रशिक्षण शिविरहरू सञ्चालन गरिरहेका छन्।
गत सेप्टेम्बर १९ मा, अजहरले अफगानिस्तानमा इस्लामिक विजयको उत्सव मनाउनुको सट्टा झुटा समाचारहरू प्रसारित गरेकोमा मिडियाको आलोचना गर्दै लेख लेखेका थिए। डिसेम्बर २९ मा उनले अल्लाहको नाममा जिहादको आह्वान गरेको इस्लाम खबरले रिपोर्ट गरेको छ।
पछिल्ला केही महिनाहरूमा, आतंकवादी समूहले पाकिस्तान प्रशासित कश्मीरमा विभिन्न बैठकहरू गरेको स्पष्ट प्रमाणहरू छन्। सेप्टेम्बर १०, २०२१ मा मरकज जामिया मस्जिद हनिफा अब्बासपुरमा सलाम शुहदा ए इस्लाम सम्मेलन आयोजना गर्यो, जहाँ मसूद इलियास कश्मीरीले भारत तेरी मौत आये, जैश आये, जैश आये जस्ता नारा लगाएका थिए।
यसले धम्की दिएको छ कि यसका कार्यकर्ताहरूले नियन्त्रण रेखा पार गरेका छन् र चाँडै काश्मीर र दिल्लीमा आत्मघाती हमला गर्नेछन्। मस्जिदमा, मारिएका आतंककारीहरूको पोस्टरहरू व्यापक रूपमा प्रदर्शन गरिएको थियो। आतंकवादी समूह पाकिस्तानको कराँची र बहावलपुरका मदरसाहरूमा जिहादी गतिविधिहरू सञ्चालन गर्नका लागि पनि कुख्यात छ।
आतंककारीहरूले डिसेम्बर २०२१ मा श्रीनगर प्रहरीमा भएको आतंकवादी हमलाको जिम्मेवारी लिएका थिए र यस महिनाको सुरुमा भएको ठूलो सार्वजनिक सभामा भावी कारबाहीका लागि रकम खोजेको इस्लाम खबरले रिपोर्ट गरेको छ।