• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मन्त्रिपरिषद् पुनगर्ठन कहिले होला ?


मन्त्रिपरिषद् पुनगर्ठन कहिले होला ?

काठमाडौँ : पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन पार्टी र सरकारबीच समन्वयसँगै मन्त्रिपरिषद् पुनगर्ठनको प्रस्ताव अगाडि सारेपछि नेकपाभित्र यसमाथि चासो बढेको छ । मन्त्रिपरिषद् पुनगर्ठन कहिले हुन्छ भन्ने समयसीमा निश्चत भैसकेको छैन । तर, स्थायी कमिटी बैठक सकेर मन्त्रिपरिषद् पुनगर्ठन गर्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच छलफल र गृहकार्य भएको छ । यसैअनुसार १३ देखि अनिश्चत बनेको नेकपा स्थायी कमिटी बैठक भदौ २६ का लागि बोलाइएको छ ।

सोमबार बिहान महासचिव विष्णु पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति भएको थियो । गत १० असारदेखि सुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटक–पटक स्थगित हुँदै अनिश्चित बनेको थियो ।

विवाद समाधान गर्न गठित कार्यदलले ६ भदौमा नै प्रतिवेदन बुझाएको छ । यसैको जगमा दुई अध्यक्षले स्थायी कमिटीका प्रस्ताव तयार गरेर बैठकबाट अनुमोदन गराउने तयारी गरेका छन् । कार्यदलमा बसेर काम गरेका स्थायी कमिटीका एक सदस्यले स्थायी कमिटी बैठकपछि मन्त्रिपरिषद् पनगर्ठनका लागि औपचारिक बाटो खुला हुने बताए । उनले भने, ‘पार्टी स्थायी कमिटीले नै मन्त्रिपरिषद् पनगर्ठन गर्ने प्रस्तावमा निर्णय लिएपछि दुई अध्यक्षलाई अगाडि बढ्न बाटो खुल्छ । यसका लागि उहाँहरूबीच गृहकार्य भएको छ । भदौ मसान्त आसपास मन्त्रिपरिषद् पनगर्ठन गर्ने उहाँहरुको तयारी हो ।’

स्थायी कमिटी बैठक सकेर मन्त्रिपरिषद् पुनगर्ठन गर्दा असन्तुष्टिको स्वर साघुरो हुने ती सदस्यको भनाई छ । भन्छन्, ‘स्थायी कमिटी बैठकपछि मन्त्रिपरिषद् पुनगर्ठन गर्दा पनि सबैको चित्त त बुझ्दैन । तर, बैठकबाट पास भएपछि संस्थागत असन्तुष्टि आउँदैन । यसमा दुवै अध्यक्ष जानकार हुनुहुन्छ ।’

अहिले अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा मन्त्री छैनन् । ती मन्त्रालयसहित अन्य मन्त्रालयमा पनि नयाँ मन्त्री पठाउने ओली र दाहालको योजना छ । चाहना भए पनि पार्टीको शक्तिसन्तुलनका कारण प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई निरन्तरता दिन सकेनन् । त्यसपछि उनले भदौ १९ को मन्त्रिपरिषद् बैठकमा केही समय पुनगर्ठन नहुने बताएका थिए । तर, स्थायी कमिटी बैठकपछि मन्त्रिपरिषद् पुनगर्ठनको तयारी रहेको स्रोतको भनाई छ ।

मापदण्ड बनेको छैन, तर लविङ जारी

कार्यदल प्रतिवेदनमा केन्द्र र प्रदेश सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको छ । कार्यदल प्रतिवेदनमा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने र स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने’ छ ।

यसबाहेक प्रतिवेदनमा ‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ प्रस्ताव छ । कार्यदल प्रतिवेदनमा ‘मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्यि दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने’ उल्लेख छ ।

कार्यदलका अर्का एक सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठकपछि दुई अध्यक्षको सल्लाहमा बन्ने ठोस मापदण्डका आधारमा मन्त्रिपरिषद् पुनगर्ठनको सम्भावना छ ।’ यसैबीच मन्त्रीका आंकाक्षीको लविङ पनि जारी छ ।

अहिले मन्त्रिपरिषदमा रहेका नेताहरु आफ्नो निरन्तरता र अन्य नेताहरु पुनगर्ठित मन्त्रिपरिषद्‍मा प्रवेशलाई लिएर दौडधूपमा लागेका छन् ।

यसैअनुसार उनीहरुले ओली र दाहालसँग भेटघाट बढाएका छन् । ओली र दाहाल दुवैले पनि आ–आफ्नो अनकूलतामा केही नेतालाई बोलाएर हुनसक्ने मन्त्रिपरिषद हेरफेर र जिम्मेवारीलाई लिएरसमेत छलफल गरेका छन् । kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार
  • २०७७ भाद्र २२, सोमबार १७:००
  • In "समाचार"
  • नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने
  • २०७७ भाद्र २२, सोमबार १७:००
  • In "समाचार"
  • नेकपाका दुई अध्यक्षबीच छलफल, २६ गते स्थायी कमिटी बैठक
  • २०७७ भाद्र २२, सोमबार १७:००
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

सप्तरीमा भारतीय नागरिकको कुटाइबाट घाइते यादवको मृत्यु, एकजना पक्राउ

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ ।

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version