• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल


लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

सङ्खुवासभा : हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाेलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ ।


यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ ।
हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएकोले बजार माग उच्च रहेको राईको भनाइ छ ।


व्यापारीले माग गरे जत्ति दिन नसकेपछि कत्तिपय बारीमै आइपुग्ने गरेको राईले बताउनुभयो । ‘मागेजति दिनै सकिँदैन, यो पटक तपाईंलाई पुग्दैन भन्दा पनि बोटमै लिन आईपुग्छन्’, कुषक राईले भन्नुभयो ।
१२ वटा टनेल बनाएर टमाटर उत्पादन गर्दै आएका दाजुभाइले दुई जनालाई रोजगारीसमेत दिनुभएकाे छ । गोडमेल र टमाटर टिप्नको लागि एक पुरुष र एक महिलालाई रोजगारी दिँदैआउनुभएकाे हाे । यो समयमा अत्यधिक वर्षात हुने भएकोले टनेल अनिवार्य रहेको कृषक गङ्गाराज राईको भनाइ छ । टनेलबाहिर रोपे वर्षाको कारण मर्ने, फल नलाग्ने भएकोले अनिवार्य टनेल हाल्नुपरेको कुषक राईको भनाइ छ ।


सुरुमा पाँचलाख रुपियाँ लगानीबाट सुरु गरिएको खेतीबाट अहिले आफुहरू सन्तुष्ट रहेको बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा मात्र करिब पाँच लाख रुपियाँ बराबरको टमाटर बिक्री भइसकेको राईको भनाइ छ । पहिलो लटमा अनुभवको लागि एउटा टनेलभित्र र टनेलबाहिर टमाटर लगाएको र राम्रो उत्पादन हुने देखिएपछि १२ वटा टनेलमा बिरुवा लगाएको कुलुङले जानकारी दिनुभयो । आफ्नो पाँच रोपनीबाहेक वार्षिक ५० हजार रुपियाँ तिर्ने गरी जग्गा भाडामा लिएर दुई दाजुभाइले खेती सुरु गरेको बताएका छन् ।


भाइ गङ्गाराज आफैँ पनि कृषि प्राविधिक (जेटिए) हुन् । कृषि प्राविधिकको रुपमा लामो समय प्रोजेक्टमा काम गरिसकेपछि उक्त जागिर छोडेर आफैँले खेती सुरु गरेका हुन् । दुई दाजुभाइलाई भतिजी छोरीले पनि प्राविधक सहयोग गर्दै आएको बताएका छन् । भतिजी पनि आईएसई एजी हुन् । प्राविधिक रुपमा पुग्दो जनशक्ति रहेको दाजुभाइले अन्य तरकारी खेती पनि लगाउने तयारी गरिरहेको बताएका छन् । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाहीको लालबन्दीबाट ३ महिनामा ११ करोडको ‘टमाटर’ बिक्री
  • २०७७ भाद्र २२, सोमबार १७:०४
  • In "देश"
  • ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान
  • २०७७ भाद्र २२, सोमबार १७:०४
  • In "BannerNews"
  • तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्दै महतो
  • २०७७ भाद्र २२, सोमबार १७:०४
  • In "कृषि"

Netramani Singh

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

सप्तरीमा भारतीय नागरिकको कुटाइबाट घाइते यादवको मृत्यु, एकजना पक्राउ

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ ।

धर्ना ललितपुर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version