काठमाडौं । २०७२ सालको भूकम्पपछि उत्तरी छिमेकी चीनले नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ । नेपालले पटक पटक अनुरोध गर्दा विभिन्न बहाना बनाएर नाकाबाट सामान भित्र्याउन दिएको छैन ।
नेपालीको अरबौ रुपैयाँको सामान बाटोमै बिग्रेर सत्यानास भएको छ । हालै भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले चीनसँगको व्यापार अवस्था र नेपालमाथि गरेको विभेदबारे रहस्य खोलेपछि नेपाली युवाहरु भड्किएका छन् ।
विगतमा भारतको विरोध गर्ने उनीहरुले चीनभन्दा त भारत नै नेपालको सहयोगी रहेछ भन्ने महसुस गरेका छन् ।
भन्सार विभागका प्रवक्ता खड्काका अनुसार २२ महिनामा चीनका दुई नाकाबाट ४१ अर्बको सामान आयात भएको छ । तर निर्यात भने शून्यजस्तै छ । कोरोनाको कारण देखाउँदै नेपालबाट जाने वस्तुमा चीनले रोक लगाएको छ ।
चीनले नेपाली व्यापारीलाई पनि टेरेको छैन । व्यवसायमा ठूलो नोक्सानी भोग्नुपरेको छ । नाका दुवैतर्फ खोल्न पटक पटक प्रयत्न गर्दा पनि सफल हुन सकिएन ।
यस्तो अवस्था दर्शाउँदै सुमन गिरीले फेसबुकमा लेखेका छन्, ‘तर हामी भनिरहन्छौं, ‘भारतीय विस्तारवाद मूर्दावाद ।’भुपेन साउद लेख्छन्, ‘इमोसनले मात्र कति धान्ला देश खै ।’
शीतल शर्माको विचार छ, ‘विस्तारै जति समाज बुझ्न थाल्छौ उति आफैं युवा जोश हुदा बोलेका चिजहरुमा लाज लाग्दो रैछ’
एनसी गौतम लेख्छन्, ‘मैले अध्ययन र भारत लाई बुझे सम्मका लागि चिन भन्दा भारत धेरै उत्तम छ हाम्रो लागि ।’
सुमन लागुन लेख्नछन्, ‘चीन एउटा ब्यापारी मित्र मात्र हो, जस्ले आफ्नो स्वार्थ र फाइदा को लागि मात्र काम गर्छ! यस्ता छिमेकी हुनु भन्दा नहुनु निको ।’
दिपेन्द्र अधिकारी लेख्छन्, ‘खासमा नेपालमा नाकावन्दी अहिले पनि चिनले गरिरहेको छ तर आरोप भारतले पाइरहेको छ ।’