• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसीलाई विफल पर्ने, ओली प्रचण्ड विचको सम्बन्ध सुधार गराउन चिनियाँ कुटनीतिक पहल तिव्र


एमसीसीलाई विफल पर्ने, ओली प्रचण्ड विचको सम्बन्ध सुधार गराउन चिनियाँ कुटनीतिक पहल तिव्र

काठमाडौं । अमेरिकाको अति महत्वाकाँक्षी परियोजना एमसीसीलाई सदनमा चाँडै टेबुल गराउने सुइको पाएपछि चिनियाँ राजदूत होउ यान्छीले सदनमा उक्त परियोजना विफल पार्न अहिले प्रमुख राजनितिक दलका नेताहरु संग भेटघाटलाई तिव्र पारेकी छिन् ।
नेपाली काँग्रेसको सम्पन्न १४ औ राष्ट्रिय महाधिवेशनबाट दोश्रो पटक सभापति पदामा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब चाँडै एमसीसीलाई संसदमा पेश गरी टेबुल गराउने निर्णय गरेको सुइको पाउना साथ काठमाडौं स्थित चिनियाँ राजदूत यान्छी सहितको कुटनीतिक प्रतिनिधिहरु अहिले निकै भेटघाटमा व्यक्त भएकी हुन् ।
प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा टेबुल गर्न दबाब दिने सुइँको पाएपछि चिनियाँ राजदूत सक्रिय भएकी हुन् । चिनियाँ राजदूतको सक्रियताले एमसीसी झन् गिजोलिएको छ, यसको साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बिच चिसिएको सम्बन्धलाई सुधार्ने प्रयासमा समेत चिनियाँ राजदुत यान्छी भुमिका खेलिरहेको श्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवाले प्रचण्डलाई जसरी भएपनि एमसीसी टेबुल गर्न मनाउने योजना बनाएका थिए र सर्वदलीय बैठक आह्वान गरेका थिए । प्रचण्डले एमसीसी टेबुल गर्न नमान्ने नेकपा एमाले संग सहकार्य गरेर भए पनि एमसीसी पारित गर्ने दाउमा थिए, प्रधानमन्त्री देउवा । यो योजना बुझे पछि चिनियाँ राजदूत यान्छीले प्रचण्ड संग भेट्न आफनो दूत पठाईन भने केपी शर्मा ओलीलाई भेट्न आफै पुगिन् ।
एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेकी यान्छीले आगामी निर्वाचनमा प्रधानमन्त्री बनाउनमा सहयोग पनि गर्ने र सबै कम्युनिष्ट पार्टीलाई एकता गराएर उक्त पार्टीको अध्यक्ष ओलीलाई बनाउने र यस कुरामा प्रचण्ड पनि राजी भएको भन्दै प्रस्ताव गरेकी थिईन श्रोतले बताउँछन् । ओलीलाई अहिले एमसीसीको विषयमा प्रधानमन्त्री देउवा संग कुनै सम्झौता नगर्न आग्रह गरेकी थिईन, श्रोतको दाबी गरे ।
यान्छीले एमाले अध्यक्ष ओली संग भेटेपछि एकाएक एमालेका नेताहरुले एमसीसी संसोधन नगरी पारित गर्न नहुने तर्क प्रस्तुत गर्न थालेका छन् । संसद भवन बाहिर मिडियाहरुसंग अन्तरक्रिया गर्दै नेता विशाल भट्टराईले भने, “एमसीसीमा रहेका केहि बुँदाहरु संसोधन नगरी पारित गर्न नहुने भएकाले अहिले त्यो कुरा स्पष्ट नभई गठबन्धनको सरकारले एमसीसी टेबुल गर्न पाउदैन ।”
तर यस अघि एमालेका सांसदहरुले एमसीसी संसोधन गर्नुपर्ने माग राखेका थिएनन् । सरकारले एमसीसी टेबुल गरोस अनि मात्र हामी पार्टीमा छलफल गरेर यस बारे बोल्छौँ भन्ने एमाले पार्टी एकाएक यान्छी संगको भेटवार्ता पछि संसोधनको कुरा निकाल्न थालेको हो । यता केपी शर्मा ओलीले संशोधन बिना एमसीसी पास गर्न नहुने तर्क आफ्नो सांसदहरुबाट प्रस्तुत गरेपछि प्रधानमन्त्री देउवाले प्रचण्डलाई नफकाई नहुने देखेपछि प्रचण्डलाई कन्भिन्स गराउन तर्फ लागे । तर प्रचण्ड संग यान्छीको दूतले भेटेर अहिले एमसीसी विषय कुनै कुरा अघि नबढाउनु र सभामुखलाई पनि टेबुल गर्न नदिनु भनेपछि प्रचण्ड हच्किएनन् । श्रोतले दाबी गर्छन ।
चीनलाई राम्ररी थाहा भईसकेको छ कि अगामी निर्वाचनमा प्रचण्डलाई आफू कसरी जित्ने भन्ने चिन्ता छ । त्यही कुराको वार्गेनिंग गरेर चिनियाँ दूतले प्रचण्डलाई अहिले केपी शर्मा ओली संगको सम्बन्ध सुधार्न आग्रह गरेको थियो । अहिले प्रचण्डले केपी शर्मा ओली संग सम्बन्ध सुधारे निर्वाचनको बेला एमाले र माओवादी केन्द्रको एकता हुनसक्ने आश्वासन पाएको छ । त्यस पश्चात प्रचण्डको बोली पनि फेरिएको छ ।
महाधिवेसनमा अतिथी नबोलाउने निर्णय गरेको माओवादी केन्द्रले एकाएक बोलाउने भयो र प्रचण्डले आफै केपी शर्मा ओलीलाई फोन गरेर निम्तो समेत दिए । केपी शर्मा ओलीले पनि आफ्नो ठाउँमा महासचिवलाई पठाए । प्रचण्डले फेरि मिडिया संग कुराकानी गर्ने क्रममा आफूले शेरबहादुर देउवालाई लिएर केपी शर्मा ओलीको घर जाने योजना पनि बनाएको कुरा खुलाए । साथै महाधिवेसनमा समेत एमाले संगको एकता बारे समिक्षा गर्नुपर्ने भन्दै केपी ओलीलाई मात्र दोष दिएनन् ।
यस अघि सम्म प्रचण्डले प्राय हरेक भाषणमा केपी शर्मा ओलीलाई दोष दिने गरेका थिए तर अहिले आएर समिक्षा गर्नुपर्ने देखि एमसीसी बारे छलफल गर्न केपी शर्मा ओलीको घर नै जान तयार सम्म भएको बताए । यसले देखिन्छ कि प्रचण्ड र केपी शर्मा ओलीको सम्बन्ध सुधार्न चिनियाँ शक्तिहरु कति हद सम्म लागिपरेको स्पष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा पेश हुने सुइँको पाएपछि चिनियाँ राजदूत अत्तिईन
  • २०७८ पुष १५, बिहीबार १३:३२
  • In "मुख्य समाचार"
  • एमसीसी पारित गर्दा संसदमा एमालेको रणनीतिक अवरोध, दुवैतिर सन्तुलन
  • २०७८ पुष १५, बिहीबार १३:३२
  • In "मध्य पूर्व"
  • सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब
  • २०७८ पुष १५, बिहीबार १३:३२
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

भारतको प्रस्ताव स्वीकृत, प्रहरी प्रतिष्ठान निर्माण लागत पौने ९ अर्ब

जोगबनी नाकाबाट निकासी बढ्दै

चिनियाँ व्यावसायिक अन्तरिक्ष प्रक्षेपण योजनाहरू बारम्बार असफल भइरहेको खुलासा !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version