No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा पेश हुने सुइँको पाएपछि चिनियाँ राजदूत अत्तिईन

प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा पेश हुने सुइँको पाएपछि चिनियाँ राजदूत अत्तिईन

काठमाडौं ।  चिनियाँ राजदूत होउ यान्छीको अहिले दौडधूप फेरि बढ्दो देखिएको छ । उनको दौडधूपको प्रभाव समेत नेपाली राजनीतिमा देखिन थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा फेरि सभापति बने संगै अब एमसीसीलाई संसदमा पेश गर्ने निर्णय गरेको थाहा पाएपछि चिनियाँ शक्तिले दौडधूप सुरु गरेको हो । शेरबहादुर देउवाले एमसीसीलाई संसदमा टेबुल गर्न दबाब दिने सुइँको पाएपछि चिनियाँ राजदूत सक्रिय भएकी हुन् । चिनियाँ राजदूतको सक्रियताले एमसीसी झन् गिजोलिएको छ साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको सम्बन्ध समेत सुध्रिने संकेत देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जसरी पनि एमसीसी टेबुल गर्न मनाउने योजना बनाएका थिए र सर्वदलीय बैठक आवाहान गरेका थिए । प्रचण्डले एमसीसी टेबुल गर्न नमाने नेकपा एमालेसंग सहकार्य गरेर भएपनि एमसीसी पारित गर्ने दाउमा थिए प्रधानमन्त्री देउवा । यो योजना बुझेपछि चिनियाँ राजदूत यान्छीले प्रचण्डसंग भेट्न आफ्नो दूत पठाईन भने केपी शर्मा ओलीलाई भेट्न आफै पुगिन् ।

केपी शर्मा ओलीलाई भेट्न पुगेकी यान्छीले आगामी निर्वाचनमा प्रधानमन्त्री बनाउन सहयोग पनि गर्ने र सबै कम्न्युष्ट पार्टीलाई एकता गराएर उक्त पार्टीको अध्यक्ष ओलीलाई बनाउने र यस कुरामा प्रचण्ड पनि राजी भएको भन्दै प्रस्ताव गरेकी थिईन । केपी शर्मा ओलीलाई अहिले एमसीसीको विषयमा प्रधानमन्त्री देउवासंग कुनै सम्झौता नगर्न आग्रह गरेकी थिईन ।

यान्छीले एमाले अध्यक्ष ओलीसंग भेटेपछि एकाएक एमालेका नेताहरुले एमसीसी संसोधन नगरि पारित गर्न नहुने तर्क प्रस्तुत गर्न थालेका छन् । संसद भवन बाहिर मिडियासंग अन्तरक्रिया गर्दै नेता विशाल भट्टराईले भने, “एमसीसीमा रहेका केहि बुँदाहरु संसोधन नगरि पारित गर्न नहुने भएकाले अहिले त्यो कुरा स्पष्ट नभई गठबन्धनको सरकारले एमसीसी टेबुल गर्न पाउदैन ।”

तर यस अघि एमालेका सांसदहरुले एमसीसी संसोधन गर्नुपर्ने माग राखेका थिएनन् । सरकारले एमसीसी टेबुल गरोस अनि मात्र हामी पार्टीमा छलफल गरेर यस बारे बोल्छौँ भन्ने एमाले पार्टी एकाएक यान्छीसंग भेटवार्ता पछि संसोधनको कुरा निकाल्न थालेको हो ।

यता केपी शर्मा ओलीले संसोधन बिना एमसीसी पास गर्न नहुने तर्क आफ्नो सांसदहरुबाट प्रस्तुत गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई नफकाई नहुने देखेपछि प्रचण्डलाई कन्भिन्स गराउन तर्फ लागे । तर प्रचण्डसंग यान्छीको दूतले भेटेर अहिले एमसीसी विषय कुनै कुरा अघि नबढाउनु र सभामुखलाई पनि टेबुल गर्न नदिनु भनेपछि प्रचण्ड हच्किएनन् ।

चीनले बुझेको छ कि प्रचण्डलाई आगामी निर्वाचनमा आफू कसरी जित्ने भन्ने चिन्ता छ । त्यही कुरामा खेलेर चिनियाँ दूतले प्रचण्डलाई अहिले केपी शर्मा ओलीसंग सम्बन्ध सुधार्न आग्रह गरेको थियो । अहिले प्रचण्डले केपी शर्मा ओलीसंग सम्बन्ध सुधारे निर्वाचनको बेला एमाले र माओवादी केन्द्रको एकता हुनसक्ने आश्वासन दिएको थियो । त्यस पश्चात प्रचण्डको बोली पनि फेरिएको थियो ।

महाधिवेसनमा अतिथी नबोलाउने निर्णय गरेको माओवादी केन्द्रले एकाएक बोलाउने भयो र प्रचण्डले आफै केपी शर्मा ओलीलाई फोन गरेर निम्तो समेत दिए । केपी शर्मा ओलीले पनि आफ्नो ठाउँमा महासचिवलाई पठाए । प्रचण्डले फेरि मिडियासंग कुराकानी गर्ने क्रममा आफूले शेरबहादुर देउवालाई लिएर केपी शर्मा ओलीको घर जाने योजना पनि बनाएको कुरा खुलाए । साथै महाधिवेसनमा समेत एमालेसंगको एकता बारे समिक्षा गर्नुपर्ने भन्दै केपी ओलीलाई मात्र दोष दिएनन् ।

यस अघि सम्म प्रचण्डले प्राय हरेक भाषणमा केपी शर्मा ओलीलाई दोष दिने गरेका थिए तर अहिले आएर समिक्षा गर्नुपर्ने देखि एमसीसी बारे छलफल गर्न केपी शर्मा ओलीको घर नै जान तयार सम्म भएको बताए । यसले देखिन्छ कि प्रचण्ड र केपी शर्मा ओलीको सम्बन्ध सुधार्न चिनियाँ शक्ति लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
भारत , ताईवानको बलियो हुँदै गरेको सम्बन्धले चीनलाई तनाव

भारत , ताईवानको बलियो हुँदै गरेको सम्बन्धले चीनलाई तनाव

एमसीसीलाई विफल पर्ने, ओली प्रचण्ड विचको सम्बन्ध सुधार गराउन चिनियाँ कुटनीतिक पहल तिव्र

एमसीसीलाई विफल पर्ने, ओली प्रचण्ड विचको सम्बन्ध सुधार गराउन चिनियाँ कुटनीतिक पहल तिव्र

भारतको प्रस्ताव स्वीकृत, प्रहरी प्रतिष्ठान निर्माण लागत पौने ९ अर्ब

भारतको प्रस्ताव स्वीकृत, प्रहरी प्रतिष्ठान निर्माण लागत पौने ९ अर्ब

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .