• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निषेधाज्ञामा बढ्यो मानसिक रोगको औषधि खपत


मानसिक रोगको औषधि खपत

मानसिक रोगको औषधि खपत

काठमाडौं । मनोविज्ञ मधुविलाश खनालसँग यो लकडाउनको ६ महिनाको अवधिमा मात्रै झण्डै ४ दर्जनजति मानसिक समस्याका बिरामीहरूले मनोपरामर्शका लागि भेट गरे । यसरी आउनेहरूको समस्या आ–आफ्नै थियो । कोही नोकरी गुमेपछि मानसिक समस्यामा परेका थिए भने कोही लामो समयसम्म साथीभाइ भेटघाट गर्न नपाउँदा र विद्युतीय उपकरणको बढी प्रयोगले त्यो अवस्थामा पुगेका थिए ।

सधैं घरपरिवारबीच बसिरहँदा हुने पारिवारिक कलहका कारण पनि धेरै मानसिक समस्यामा पुगेका थिए । यसमध्ये सबैभन्दा धेरै नोकरी गुमेकाले अब कसरी घरपरिवार धान्ने भन्ने थियो भने किशोरकिशोरीहरूको समस्या त्यसपछि धेरै हुनेमा थियो ।

जागिर गयो भनेर मानसिक समस्यामा जानेहरूमध्ये कोही अस्थायी सरकारी जागिरे थिए भने धेरै एनजीओमा काम गर्नेहरू थिए ।

यसरी उनी कहाँ आउनेमध्ये धेरैले नियमित औषधि पनि खाने गरेका थिए । तर अहिले तीमध्ये करिब ६० प्रतिशत नियमित सम्पर्कमा रहेको र बाँकी ४० प्रतिशतले नियमित औषधि खाए पनि मनोपरामर्शको लागि सम्पर्क नगर्ने गरेको उनले बताए ।

उनी भन्छन् ‘औषधिले मात्रै पनि मनोरोग निको हुँदैन ।’ मानसिक समस्यामा परेपछि चिकित्सककहाँ जाँदा औषधि लेखिदिने परिपाटीका कारण पनि यो समयमा धेरै औषधि बिक्री हुने गरेको उनले बताए ।

जावलाखेलस्थित क्लिनिक वन फार्मेसीका सञ्चालक रघु राणाले अनलाइनबाट औषधिको अर्डर लिन थालेको केही महिनामा नै लकडाउन सुरु भएको थियो । आफ्नै फार्मेसी सञ्चालनमा रहेको उनले घरमा होम डेलिभरी गर्ने एउटा कम्पनीसँग सहकार्य गरेर औषधि घरघरमा पु¥याउन थालेपछि लकडाउनको अवधिभरमा मात्रै अपत्यारिलो यथार्थले उनलाई सताएको छ ।

कोभिडको समयमा अरू औषधिभन्दा धेरै मानसिक रोगसम्बन्धी औषधिको माग बढ्न थालेको उनले अनलाइनखबरलाई सुनाए । ‘औषधिको माग त लकडाउनको समय भएकोले होला अरूको पनि बढेको छ । तर त्यसमध्ये पनि सबैभन्दा धेरै मानसिक औषधिको माग बढेको छ’ उनले भने ‘हामी चिकित्सकको औषधि सिफारिसपत्र मागेर मात्रै मानसिक रोगसम्बन्धी औषधिको अर्डर लिने गर्छाैं । तर यसैको संख्या पनि अत्यधिक देखिएको छ ।’

त्यस्तै, अनलाइन डेलिभरीको काम गर्ने अनलाइन औषधि डटकमकी सञ्चालिका सबी सिंहले पनि लकडाउनको समयमा मानसिक रोगसम्बन्धी औषधिको माग अरू समयकोभन्दा धेरै भएको बताइन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा २६ करोड ४० लाख मानिस डिप्रेसनमा छन् । डिप्रेसन आत्महत्या गर्ने चरणको पहिलो खुड्किलो भएको मनोविश्लेषकहरू बताउँछन् ।

अहिले हामीले फेस गरिरहेको समस्यालाई मनोविश्लेषकहरू अभिघातजन्य अवस्था भन्छन् । यो कहिलै नसोचेको, नभोगेको र नदेखेको अकल्पनीय घटना घटेको अवस्थामा मान्छे मानसिक रूपमा समस्याग्रस्त हुने  हुने गरेको बताउँछन् मनोविश्लेषक बासु आचार्य । भूकम्प, विभिन्न आतंककारी हमला जस्ता समयमा सामान्य मान्छेले समेत यस्ता समस्या भोग्ने गरेको उनले बताए । यस्तो अवस्थामा मानसिक रूपमा सामान्य समस्या भएकाहरूको अवस्था झनै बिग्रने भएकोले पनि औषधिको खपत बढी भएको हुन सक्ने आचार्यले बताए ।

आचार्य यस्तो अवस्था अझै लम्बियो भने पीटीएसडी अर्थात् पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको अवस्था आउन सक्ने उनले बताए । यो भनेको अभिघातजन्य अवस्थापछि आउन सक्ने मानसिक समस्या हो । यो अवस्था जस्तो सुकै डरलाग्दो घटना वा अकल्पनीय घटना हुँदा यस्तो समस्या आउने उनले बताए ।

यसको समाधानका लागि औषधि र मनोपरामर्श नै मुख्य हतियार रहेकोले लकडाउनको समयमा यसको प्रयोग बढेको हुन सक्ने मनोचिकित्सकहरू बताउँछन् ।

आचार्यका अनुसार मान्छेले मानसिक समस्याको पहिलो चरणदेखि नै औषधि खाने गर्छन् भने अन्तिम चरणमा पुगेपछि आत्महत्या गर्ने गर्छन् । आत्महत्याको पनि छुट्टाछुट्टै चरण हुने गर्छ ।  पहिलो चरणमा मान्छे मर्न पाए पनि हुन्थ्यो भन्ने सोच बोकेर बसेको हुन्छ । उसले कुनै अकल्पनीय घटना घटेपछि त्यसलाई सम्हाल्न भन्दा बरू मर्नपाए हुन्थ्यो भन्ने सोच बनाउँछ । मानसिक समस्या भएकाहरूले दोस्रो चरणमा प्रवेश गरेपछि आत्महत्याको योजना बनाउने गर्छन् । आचार्यका अनुसार पहिलो चरणकाभन्दा दोस्रो चरणका व्यक्तिहरू तुलनात्मक रूपमा कम हुन्छन् । तेस्रो चरणमा आत्महत्याको प्रयास गर्ने गर्छन् । यो चरणमा पनि दोस्रो चरणको भन्दा कम व्यक्ति संलग्न हुन्छन् । आत्महत्याको प्रयास गर्नेमध्येका केहीले भने आत्महत्या नै गर्ने गरेको उनी बताउँछन् ।

आचार्य भन्छन् एक जना मान्छेले आत्महत्या गर्दा ऊसँगै २० जनाले आत्महत्याको प्रयास गरिरहेको हुन्छ भनेर मनोविज्ञानमा विश्लेषण गर्ने गरिन्छ । अहिले झण्डै २००० जनाले लकडाउनको ६ महिनाको अवधिमा मात्रै आत्महत्या गरेको भन्ने अपुष्ट तथ्यांक आएको छ । यसलाई आधार मान्दा ४० हजारले आत्महत्याको प्रयास लकडाउनको अवधिमा मात्रै गरेको हुन सक्ने आचार्य बताउँछन् । एक जनाले आत्महत्या गर्दा २० जनाले प्रयास गर्छन् भने आत्महत्या प्रयास गर्नेभन्दा धेरै आत्महत्याको बारेमा योजना बनाउनेहरू हुन्छन् । योजना पनि नबनाएर मर्न पाए आनन्द हुन्थ्यो भन्नेमध्ये पनि धेरै हुन्छन् । मर्नको लागि तयार भएका मान्छेलाई डिप्रेसनमा परेको भनेर भन्ने गरिन्छ । नेपालमा झण्डै ८ देखि १० लाखसम्म डिप्रेसनका बिरामी हुन सक्ने आचार्यको आकलन छ । मानसिक समस्या भएका त झण्डै ६० लाख जना रहेको उनी बताउँछन् ।

कोभिड १९ ले नेपाली समाजको सामाजिक आर्थिक र मानसिक स्वास्थ्यको विषयमा गरिएको एक अध्ययनले बन्दाबन्दी, आइसोलेसन, सामाजिक दुरी, क्वारेन्टिन आदिले नेपालीको समग्र शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक जीवनशैलीमा असर गरेको छ । लकडाउनका कारण मनोरञ्जनका सबै क्षेत्र बन्द गरिएको छ । सिनेमा हल, जिम, हेल्थ क्लब, मन्दिर, गुम्बा, चर्च र मस्जिदलगायत सांस्कृतिक केन्द्रहरू बन्द छन् । धार्मिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । यसले गर्दा मान्छेमा डर, चिन्ता र अनिश्चितता पैदा गरेकोले यसलाई तुरुन्तै सम्बोधन गर्नु आवश्यक रहेको उल्लेख गरेको थियो । यो रिपोर्ट सामाजिक मनोरोगसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल सेज जर्नलमा प्रकाशित छ ।

अर्काेतर्फ विश्व स्वास्थ्य संगठनले पनि २०३० सालसम्म विश्वमा सबैभन्दा धेरै मृत्युको कारण डिप्रेसन हुने प्रक्षेपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ
  • २०७७ भाद्र २०, शनिबार १६:१०
  • In "स्वास्थ्य"
  • बढ्दै आत्महत्या गर्नेको संख्या
  • २०७७ भाद्र २०, शनिबार १६:१०
  • In "देश"
  • गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
  • २०७७ भाद्र २०, शनिबार १६:१०
  • In "स्वास्थ्य"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल

ट्रम्पले भने युद्धमा मारिएका अमेरिकी सैनिकलाई "हरुवा"

टोक्योमा चीनविरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version