No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदा नेतृत्वप्रति असहमति शुरु

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदा नेतृत्वप्रति असहमति शुरु

काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति असहमति प्रकट हुने क्रम बढेको छ। पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट हुन थालेको हो।

जनवर्गीय संगठनको सम्मेलन हुने, पदाधिकारी खाली रहने, प्रदेशमा पनि आकांक्षी धेरै हुने तर पदाधिकारी चयन नहुने र उनीहरूले निर्वाचनको माग गर्ने अवस्था आएपछि नेता–कार्यकर्ताले लोकतान्त्रिक विधि अपनाउनुपर्ने भन्दै केन्द्रको निर्देशनलाई अवज्ञा गर्न थालेका छन्। सर्वसम्मतिको नाममा माओवादी केन्द्रले लोकतान्त्रिक विधिलाई रोकेपछि प्रदेश कमिटीहरू आफैं निर्वाचनमा जान थालेका छन्।

माओवादी केन्द्रले प्रदेशको नेतृत्व चयन गरिरहेका बेला प्रदेश तहका नेता–कार्यकर्ताले आन्तरिक प्रतिस्पर्धालाई महत्व दिन थालेका छन्। वाग्मती प्रदेशले लोकतान्त्रिक विधिबाटै पदाधिकारी चयन गरेको छ।

प्रदेशमा आकांक्षी नेताहरूको संख्या धेरै भएकाले पदाधिकारी छनोट हुन सकेको छैन। ७ वटा भूगोल र ३ गैरभूगोल गरी १० मध्ये ४ वटा प्रदेशमा पदाधिकारी चयन भएका छैनन्। लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ र प्रदेश २ मा नेतृत्व चयन हुन बाँकी छ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार प्रदेश १ मा ७ गते बैठक राखिएको र त्यहींबाट नेतृत्व चयन हुनेछ। प्रवासको पनि नेतृत्व टुंगिएको उनले जानकारी दिए। माओवादीमा प्रदेशबाहेक वडा र गाउँपालिकामा जबर्जस्ती सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए। सोही अनुसार जनवर्गीय संगठन अनेरास्ववियुका अध्यक्षमात्रै चयन भएका छन्। प्रेस सेन्टर नेपालको पदाधिकारी चयन हुन बाँकी छ। सेन्टरमा पनि अध्यक्षमात्रै चयन भएका छन्। प्रदेश संगठनमा सदस्यहरू तोकिएका छन् तर पदाधिकारी चयन हुन सकेका छैनन्।

जसले गर्दा पार्टीभित्र माथिल्लो तहमा रहेका नेताहरूको मुख ताक्ने प्रवृत्ति बढेको भन्दै पार्टीभित्रै गुनासो बढेको मात्र होइन, नेतृत्वको आलोचना पनि हुन थालेको छ। साथै पार्टी पदाधिकारीमा चुनाव हुनुपर्ने आवाज उठ्न थालेको छ। दाहालले ३२ वर्षदेखि माओवादी पार्टीको नेतृत्व गरिरहेका छन्। उपाध्यक्ष, महासचिव, उपमहासचिव,सचिव र कोषाध्यक्ष गरी बहुपदीय संरचनाको संगठन बन्ने भए पनि माओवादीभित्र अध्यक्षबाहेकका सबै पदमा निर्वाचन हुनुपर्ने आवाज उठेको हो।

पार्टीभित्र महासचिवमा सबैभन्दा बढी रस्साकस्सी हुने भएकाले पनि अहिले सबै पदमा निर्वाचन हुनुपर्ने आवाज उठेको छ । संगठन विभागको जिम्मेवारी सम्हालिरहेका जनार्दन शर्मा र चीनमा उपचार गराइरहेका वर्षमान पुनबीच महासचिवमा प्रतिस्पर्धा हुने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्। हलबाटै पदाधिकारी कति रहने भन्ने निश्चित गरिने कार्यालय सचिव ढकालले बताए। ‘पार्टी बहुपदीय संरचनामा जाने निश्चित छ’,उनले भने।

पार्टीभित्र मूल नेतृत्व परिवर्तन नहुने माओवादी केन्द्रका नेताहरूले बताएका छन्। ‘मूल नेतृत्व परिवर्तन नहुने भएपछि त्यसबाहेकका पदमा रस्साकस्सी चल्छ’, एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार महासचिवमा हालका प्रवक्ता कृष्णबहादुर महराले पनि लबिङ गरिरहेका छन्। त्यसबाहेक शर्मा र पुनले पनि आफ्नो तर्फबाट तयारी गरेको स्रोतको दाबी छ।

पुन उपचार छोट्याएर नेपाल आउन लागेका छन्। त्यसैगरी नारायणकाजी श्रेष्ठले दाहालपछिको वरीयता र पद खोजिरहेका छन्। ‘उहाँले आफ्नो मर्यादाक्रम पनि खोजिरहनुभएको छ। उहाँले अध्यक्षपछिकै पद चाहेको हुनुपर्छ, सिनियर नेता भएका कारणले पनि त्योबाहेक सम्भावना छैन’, ती सदस्यले भने। त्यस्तै पम्फा भुसाल, देव गुरुङ,लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, लेखनाथ न्यौपानेलगायतले पनि पदाधिकारीका लागि तयारी गरिरहेका छन्।

एमालेमा करिब ४५ प्रतिशत पदाधिकारी युवा रहेका र कांगेस महाधिवेशनबाट पनि पदाधिकारीमा युवा आएपछि आफूहरूलाई समेत दबाब परिरहेको माओवादीका एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार निर्वाचन नभए दाहालले चाहेका नेतामात्र पदाधिकारीमा आउन सक्छन्। बाँकी स्थायी कमिटी र पोलिटब्युरोमा अटाउने उनले बताए।

माओवादीको अन्तरिम विधानमा २ सय ९९ जनाको केन्द्रीय समिति, त्यसको एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ सदस्य रहेको स्थायी कमिटीको व्यवस्था छ। तर पदाधिकारीको संख्या कति बनाउने भन्ने यकिन भैसकेको छैन। नागरिकन्युज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
इमरान खानको पार्टीले लज्जास्पद हार

इमरान खानको पार्टीले लज्जास्पद हार

चीन उइघुर अल्पसंख्यकको दमनमा संलग्न देखाएको वा सेनालाई मद्दत गरेको आरोप लगाउँदै प्रतिबन्ध

चीन उइघुर अल्पसंख्यकको दमनमा संलग्न देखाएको वा सेनालाई मद्दत गरेको आरोप लगाउँदै प्रतिबन्ध

गृहमन्त्री बालकृष्ण खाणले ल्याए नयाँ प्रस्ताव।।

गृहमन्त्री बालकृष्ण खाणले ल्याए नयाँ प्रस्ताव।।

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .