काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकालाई कुनै पनि हालतमा चीनलाई बदनाम गर्ने अधिकार नभएको उल्लेख गरेका छ्न ।
अमेरिकाले सिनजियाङलाई लिएर प्रस्ताव पारित गरेपछि चीन अहिले अमेरिका प्रती झस्कियेको छ । चिनको सिनजियाङमा निर्मित उत्पादनको निर्यातमा प्रतिबन्ध लगाएको कारण अहिके चीन संकट पर्ने भएकोले चीनको यो बयान आएको छ । सरल भाषामा भन्नुपर्दा, सिन्जियाङमा निर्मित कुनै पनि उत्पादन अमेरिकामा अब आउन प्रतिबन्ध लागे पछि चीन झन झस्किएको छ् ।
चीनले भन्याे निर्णय फिर्ता लिनु पर्छ
सञ्चारमाध्यमसँग कुरा गर्दै वाङले यस्ता कार्यले बजार अर्थतन्त्रका सिद्धान्त र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार नियमहरूलाई गम्भीर रूपमा कमजोर पार्ने बताएका हुन । अमेरिकाले लगाएको प्रतिबन्धले चिनियाँ संस्था र उद्यमहरूको हितलाई गम्भीर रूपमा हानि पुर्याउँछ । चीनले यसको कडा निन्दा गर्दै अमेरिकाको निर्णय अस्वीकार गरेको र अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन आग्रह गरेको पनि गरेको बताए ।
अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटले डिसेम्बर १६ मा चीनको सिनजियाङ प्रान्तबाट आयातमा प्रतिबन्ध लगाउने अन्तिम स्वीकृति दिएको थियो। तर, जबर्जस्ती श्रमबाट उत्पादन नगरेको प्रमाणित भएको वस्तुलाई विधेयकले छुट दिएको छ । ह्वाइट हाउसको प्रारम्भिक हिचकिचाहट र विपक्षीको समर्थनमा विधेयक पारित भएको हो । अमेरिकाले अहिले सिन्ज्याङ प्रान्तमा जारी उईगर मुस्लिमहरु माथि भैइरहेको हिंसा हत्या मानवअधिकार उल्लंघनका बारेमा आवाज उठाउदै आएकोले चीन माथी विभिन्न समयमा प्रतिबन्ध लगाउदै आएको छ ।