लुम्बनी । भगवान वुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक साँस्कृतिकलाई प्रोत्साहित गर्ने उद्देश्यबाट लुम्बिनी साँस्कृतिक नगरपालिका १ मा विवाहपञ्चमीको अवसरमा रामजानकी र हनुमान मन्दिरको शिलान्या गरिएको छ ।
विवाह पञ्चमीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमलसिनाले ५ करोडको लागतमा निर्माण गरिने रामजानकी र हनुमान मन्दीरको शिलान्याश गर्नु भएको हो । धार्मिक, साँस्कृति रुपमा पर्यटन क्षेत्रको रुपमा विस्तार गर्ने अभिप्रायबाट संसकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त लगानीमा उक्त मन्दीरको शिलान्याश गरिएको नगरपालिकाको इन्जिनियर राजेश कोहारले जानकारी दिए ।
करिव ५ करोड ३१ लाख ९९ हजार ४२ रुपैयाको लगानीमा बन्ने लागेको उक्त रकम मध्ये ६५ प्रतिशत मन्त्रालय र ३५ प्रतिशत नगरपालिकाबाट बोहोर्नेछ । १ विगहा १ धुरको क्षेत्रफलमा रामजानकी, हनुमान मन्दीर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिंग, शौचालय, पोखरी, ब्रिज र कम्पाउण्ड वाल निर्माण हुने इन्जिनियर कोहारले बताए ।
मन्दीरको शिलान्याश गर्दा मर्यादा पुरुषोत्तम रामको पवित्र नगरी अयोध्याबाट पवित्र माटो र सिताराम नामांकित इँटा ल्याएर शिलान्या गरिएको बताइएको छ । सो कार्यक्रममा भारत अयोध्याको नगर पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगरको प्रमुखलाई राम जन्मभूमिबाट ल्याइएको पवित्र माटोर सिताराम नामांकित इँटा हस्तान्तरण गरेका थिए ।
बाबुल लुम्बिनी संस्कृतिक एसोसिएट प्रालीले ३ करोड ८५ लाख ४७५ रुपैयाको लागतमा १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको सो नगरपालिकाले जनाएको छ । शिलान्याश समारोहमा राम जन्मभुमि अयोध्या हनुमानगढीका महन्त सन्त राजु दासजी महाराज र हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थितमा सम्पन्न भएको थियो ।
सनातन हिन्दु धर्मावलम्बिहरुको अनुसार नेपाल भारत विच बेटीरोटीको मात्रै सम्बन्ध नभई सनातन हिन्दु धर्मको पवित्र गन्तव्यको रुपमा एकअर्कालाई चिनिदै आएको छ । भारतमा राम जन्मभुमि तथा विभिन्न ज्योतिरलिंगहरुको छन् भने नेपालमा भगवान बुद्धको जन्मस्थल, माता जानकीको जन्मस्थल, पशुपतिनाथ, कहि नपाइने शालिग्रामको पवित्र नदी लगायत विभिन्न देवी देउताहरुको उदगम स्थालको रुपमा प्रख्यात रहेको हुँदा दुवै देशका जनताहरु धामिर्कक यात्रा गर्ने गरेका छन् । नेपाल भारत विच सदियौं देखि कायम रहेको धार्मिक पर्यटनलाई धेरै महत्वको साथ लिने गरिन्छ ।