No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भन्सारमा अनुमति नपाउँदा पर्यटक आउजाउ ठप्प

भन्सारमा अनुमति नपाउँदा पर्यटक आउजाउ ठप्प

लुम्बिनी । रूपन्देहीको कालीदहस्थित लुम्बिनी छोटी भन्सारले भारतीय गाडीलाई भन्सार सुविधा उपलब्ध नगराउँदा पर्यटक र सर्वसाधारण मर्कामा परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित उक्त छोटी भन्सार कामविहीन हुँदा कक्ररहवा नाका हुँदै सवारीसाधनको आउजाउ ठप्प छ ।

कार्यालयमा गएर भारतीय नम्बरका सवारीसाधनको भन्सार गर्न पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीय पर्यटन व्यवसायी कुँवर चन्दन सिंहले बताए । ‘दुई/तीन जनामात्रै कर्मचारी छन्,’ उनले भने, ‘भन्सार सुविधा नमिल्दा पर्यटक आउन सकेका छैनन् ।’

  • २४ घण्टाअघिको पीसीआर रिपोर्ट पेस गर्नुपर्ने नियमले झन्झट

सबैतिर नाका खुले पनि कक्ररहवा बन्द हुँदा सर्वसाधारण, पर्यटक र व्यवसायीले सास्ती बेहोर्नु परिरहेको छ । उक्त नाकाबाट भारतीय पर्यटकलाई लुम्बिनी प्रवेश गर्न सहज छ । तर नाका ठप्प हुँदा आगमन बन्द छ । पश्चिमी भारतबाट लुम्बिनी आउँदा यहींबाट कम दूरीमा सजिलो बाटो तय गरेर पुगिन्छ । ‘बेलहियाभन्दा यो नाकाबाट लुम्बिनी आउँदा करिब सय किमि कम पर्छ,’ लुम्बिनी होटल संघका सहकोषाध्यक्ष किरणचन्द्र पौडेलले भने, ‘त्यसैले पश्चिमबाट आउनेलाई यही नाका सजिलो हुन्छ ।’ सडकमा ट्राफिक जाम पनि कम छ ।

नाका पार हुन नपाउँदै ८ किमिमा लुम्बिनी पुगिन्छ । ‘यही नाका भएर होटलका कोठा बुक गरी ८ भारतीय पर्यटक आउँदै थिए,’ पर्सास्थित होटल ग्रान्ड कस्मोका सञ्चालक अक्ररम खानले भने, ‘तर भन्सारबाट अनुमति नमिलेपछि उतै फर्किए ।’कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय अहिले बिस्तारै उग्रिंदो छ । तर यहाँको अवस्था त्यस्तो छैन । अरू नाकाबाट आवतजावत सहज छ, कालीदहबाट मात्र नहुँदा सरकारको नीति दोधारे रहेको आरोप खानको छ । यसले थलिएको पर्यटन व्यवसाय अझ समस्यामा परिरहेको उनले बताए ।

सरकारको नीतिले समस्या भइरहेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले बताए । ‘२४ घण्टाअघिको पीसीआर रिपोर्ट र सीसीएमसीको अनलाइन फाराम भरेको फोटोकपी पेस गरेपछि मात्र आउन दिने नीति छ,’ उनले भने, ‘त्यो उताबाट आउने कसैले मान्दैनन् ।’ उनले यहाँ कर्मचारी अभाव नभएको बताए । कार्यालयमा एक जना नायब सुब्बा र तीन जना कार्यालय सहयोगी कार्यरत छन् । उनीहरूलाई एकमहिने पालो बनाएर मूल भन्सार कार्यालय भैरहवाले यहाँ पठाउँछ ।

भन्सारका कारण चारपांग्रे सवारीसाधन भएर आउने पर्यटक आवतजावत ठप्प छ । पैदल यात्रा गर्ने जोसुकैलाई कुनै रोकटोक छैन । ‘हामीकहाँ पनि पहिले यस्तै समस्या थियो,’ कृष्णनगर भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले भने, ‘अहिले नीति केही लचिलो बनाएका छौं ।’ कोरोना महामारीका कारण सरकारले २०७६ चैत १० देखि यात्रुसहित नेपाल प्रवेशमा भारतीय नम्बर प्लेटका गाडीलाई प्रतिबन्ध लगाएको थियो । गत असोज १४ बाट सरकारले सहज बनाउँदै नाका पुनः खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध : मुकुल वासनीक

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध : मुकुल वासनीक

गोलबजार नगरबासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शनः प्रमुख प्रशासकीय अधिकृत पौडयाल

गोलबजार नगरबासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शनः प्रमुख प्रशासकीय अधिकृत पौडयाल

सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन

सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .