No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह प्यानलसहित मैदानमा छन् भने विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले एकल उम्मेदवारी दिएका छन्। छ जना उम्मेदवारहरुमध्ये डा. शेखर कोइरालाले अब्बल टिम छनोट गरेका छन्। शेखर कोइराला बीपीको लिगेसी उनबाट नै राजनीति सिकेका व्यक्ति भएको र विभिन्न आन्दोलनहरुमा अह्म भूमिाका खेलेका पात्र हुन्।

उनले लामोसमयदेखि बीपीको म्यासेन्जरको रुपमा काम गरेका थिए भने शान्ति सम्झौता गर्ने क्रममा गिरीजालाई लिएर दिल्ली लैवाने पात्र पनि शेखर नै हुन्। संस्थापनइतरले साझा उम्मेदवार तय गर्न लामो रस्साकस्सी र छलफलहरु गरेको भए पनि अन्तमा साझा उम्मेदवार चयन गर्न प्रकाशमान बाधक बनेपछि शेखर र प्रकाशमानको साझा उम्मेदवारी परेको हो। तर, पनि शेखरले जित्ने आधारहरु स्पष्ट देखिएका छन्।

के छन् आधारहरु ?

अब्बल टिम

नेपाली कांग्रेसमा पुस्तान्तरण र हस्तान्तरणको नारा निकै चर्कोरुपमा आएको छ। अन्य उम्मेदवारहरुले यसलाई नारामात्रै बनाएका छन्, तर डा. शेखरले पनि यसलाई व्यवहारमा नै उतारेका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका डा. शेखरले आफूसँग कांग्रेस रुपान्तरण गर्ने युवा जोश र पार्टीको अनुभवसहित होस सम्हालेका नेताहरु रहेको बताएका थिए।
डा. शेखरले सभापतिमा उम्मेदवारी दिएसँगै अब पार्टीमा रामचन्द्र पौडेलसहित उनीसँग राजनीति गरेको पुस्ता अभिभावकीय जिम्मेवारीमा पुगेको छ। रामचन्द्र पौडेलले त उम्मेदवारी नै दिएका छैनन् भने अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. रामशरण महतलगायतका नेताहरु केन्द्रीय सदस्यमा बसेका छन्।
डा. शेखरको टिममा युवा जोश भएका चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन् भने गगन थापा र डा. मिनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। त्यसैगरी सहमहामन्त्रीको उम्मेदवारतर्फ खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार भएका छन्।
युवाहरुले शेखरको टिममा पर्याप्त स्थान भएका छन्। कांग्रेसमा करिब ८०० जना महाधिवेशन प्रतिनिधिहरु युवाहरु आएका छन्। जसलाई आकर्षित गर्नका लागि शेखरलाई पर्याप्त स्पेश रहेको छ। यसको लाभ शेखरको टिमबाहेकले उठाउनसक्ने देखिँदैन।

संस्थापनइतरको आधिकारिक टिम

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावमा संस्थापनइतर समूह (रामचन्द्र पौडेल) पक्षले सभापति पदका लागि शेखर कोइरालालाई आधिकारिक उम्मेदवार बनाएको छ। पौडेल पक्षले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो। संस्थापनइतरमा प्रकाशमान विद्रोह गरेका हुन्। विद्रोह गरेर अलग गएको भए पनि प्रकाशमानले महामन्त्रीका लागि अर्को उम्मेदवार पनि पाउन सकेनन्। सहमहामन्त्तीका उम्मेदवारहरु पनि नपाएका सभापतिका उम्मेदवारले जित्नसक्ने कुनै अवस्था नै छैन।
संस्थापनइतर समूहका शीर्ष नेताहरु नै शेखरको केन्द्रीय सदस्यमा बसेका कारण उनीहरुले शेखरका लागि लिगेसीको मतलाई आकर्षित गर्नसक्छन्। संस्थापन इतरको सबै मत तान्न सक्ने नेताहरु रामचन्द्र, शशांक, अर्जुननरसिंह, बलबहादुर, रामशरणलगायतका नेताहरुको समर्थन शेखरलाई नै रहेको छ।
निर्वाचन दोस्रो चरणमा गएको अवस्थामा प्रकाशमानले पनि शेखरलाई नै सहयोग गर्ने पनि आन्तरिक सहमति भएको बुझिएको छ। नेता पौडेलले आफ्नो पक्षबाट शेखर कोइरालालाई सभापतिका लागि आधिकारिक उम्मेदवारको रुपमा उभ्याएको भन्दै विज्ञप्ति समेत सार्वजनिक गरेका छन्। उनले प्रकाशमानप्रति आक्रोशित हुँदै असन्तुष्टि व्यक्त गरेका छन्।

देउवा समूहमा व्यापक असन्तुष्टि

सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई भित्र्याएको भए पनि आफ्नै समूहभित्र भने व्यापक असन्तुष्टि देखिएको छ। देउवाले सिटौला समूहका प्रदीप पौडेललाई ल्याएर महामन्त्रीको उम्मेदवार बनाएका छन्। महामन्त्रीका लागि देउवा समूहमा नै निकै अब्बल र क्षमतावानसँगै पौडेलभन्दै कयौं सिनियर नेताहरुले महामन्त्रीका लागि दाबी गरेका थिए।
देउवा समूहमा महामन्त्तीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी साउदलगायतका नेताहरुले महामन्त्तीको दाबी गरेको भए पनि देउवाले भने कुनै धरातल र जिल्लामासमेत कमजोर रहेका प्रकाशशरण महत र सिटौला समूहका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका हुन्।
लामो समयदेखि देउवालाई सहयोग गर्दै आएका गोपालमान श्रेष्ठले पनि कुनै पद पाएनन्। सभापतिले आफूलाई छोड्ने बताउँदै आएका श्रेष्ठले उपसभापतिमा भए पनि आफूलाई राख्नुपर्ने बताएका थिए। तर, उनी देउवाको टिममा परेनन्। टिममा नपरेपछि श्रेष्ठले पनि ठूलो असन्तुष्टि व्यक्त गरेका छन्।
त्यसैगरी राप्रपाबाट आएका सुनिल थापाले पनि कुनै पदाधिकारी पाएनन्। १३ औं महाधिवेशनपछि कांग्रेसमा आएका थापा त्यस समय सहमहामन्त्ती थिए। तर, अहिले कुनै पदाधिकारी पाएनन्। त्यस्तै देउवा समूहमा नै अब्बल नेतृ डा. डिला संग्रौलाले पनि कुनै पदाधिकारी पाइनन्। उनले सहमहामन्त्रीके आकांक्षा राखेकी थिइन्।
देउवाले आफूलाई मात्रै केन्द्रमा राखेर टिम बनाएको र लामो समयदेखि टिम निमार्णका लागि काम गरेका नेताहरुलाई पाखा लगाएका भन्दै व्यापक असन्तुष्टि बढेको हो। महामन्त्तीका दाबेदार एनपी साउलाई प्रकाशमान र निधिले आफ्नो समूहमा आउन अपिल नगरेका पनि होइनन्। तर, उनले भने आफू व्यापक असन्तुष्ट भए पनि भित्रै बसेर विद्रोह गर्ने भन्दै प्रकाशमान समूहलाई जितको शुभकामना दिएका छन्।

देउवा समूहसँगको विद्रोह

देउवा समूहमा व्यापक असन्तुष्टिमात्र होइन, केही नेताहरुले विद्रोहसमेत गरेका छन्। १३ औं महाधिवेशनमा सभापति देउवासँगै रहेका अर्जुननरसिंह केसीले शेखर कोइरालालाई साथ दिएका छन्। त्यसैगरी १३ औं महाधिवेशनमा देउवालाई साथ दिएका विश्वप्रकाश शर्मा अहिले देउवासँग छैनन्। त्यसैगरी १३ औं महाधिवेशनमा नै देउवालाई साथ दिएका अब्बल व्यक्ति विमलेन्द्र निधिले पनि देउवाविरुद्ध विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिएका छन्।
देउवालाई प्रभावशाली हस्तीले साथ छोडेका कारण सिटौलाको साथले मात्रै उनी बलियो हुने देखिँदैन। यी कारणहरुलाई हेर्दा शेखरको टिम बलियको र उनको टिमले नै अबको नेतृत्वका लागि जित हात पार्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित

शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित

नेपालको जग्गा कब्जा गरेपछि चीनले भुटानमाथि दाबी गरेको छ !

नेपालको जग्गा कब्जा गरेपछि चीनले भुटानमाथि दाबी गरेको छ !

चीनको खतरनाक कदमको पर्दाफास: ढुवानी कन्टेनरहरूमा मिसाइलहरू लुकाउँदै,के हो कारण ?

चीनको खतरनाक कदमको पर्दाफास: ढुवानी कन्टेनरहरूमा मिसाइलहरू लुकाउँदै,के हो कारण ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .