No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित

शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि छ जनाले उम्मेदवारी दिएका छन्। जसमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाले मात्रै पूर्ण टिमसहित मैदानमा उत्रिएका हुन्। देउवालाई शेखर मैदानमा उत्रिएपछि भने निकै ठूलो संकट परेको छ। सुरुमा सिटौलाको साथले पुग्ने आँकलन गरेका देउवाले शेखरको टिम हेर्दा भने देउवा निराश बनेका छन्। उनले रामचन्द्रको साथ खोज्न शनिबार राति बोहराटार पुगेका थिए। रामचन्द्र पौडेलले भने आफूले शेखर कोइरालालाई साथ दिने प्रतिक्रिया दिएपछि देउवा थप सकसमा परेका छन्।
देउवा टिमभित्र व्यापक असन्तुष्टि पनि देउवालाई कमजोर बनाउने अर्को कारण हो। तर, देउवा समूहमा रहेर देउवाको चाकरी गर्नेहरुले भने प्रकाशमान पनि उम्मेदवार भएकोले शेखर कमजोर हुने ब्रिफिङ गरिरहेका छन्। तर, त्यो ब्रिफिङ निकै फितलो र निर्वाचनको समीकराणीय धरातलमा आधारित छैन। संस्थापनइतर समूहका साझा उम्मेदवार अहिले शेखर कोइराला हुन्।

महाधिवेशन प्रतिनिधिको रुझान हेर्दा डा. शेखर कोइरालाको टिममा पार्टीमा रुपान्तरण र पुस्तान्तरण चाहाना राख्ने पुस्ता एक ठाउँमा उभएिको छ। यो हुँदा पनि देउवा समूह सकसमा परेको हो। देउवाको टिम संरचना हेर्दा निकै कमजोर र पुङ, पुच्छर केही मिलेको छैन। देउवानिकट नेताहरूले देउवा पहिलो चरणमै पुनः सभापतिमा निर्वाचित हुने दाबी गरेका भए पनि महाधिवेशन प्रतिनिधिको रुझान र प्यानलको संरचनाले भने शेखरको टिमलाई बलियो देखाएको छ।

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाको बलियो धाप पाएको शेखर कोइरालालाई अर्का बलियो आधार युवाहरूको टेकोले मिलेको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा शेखर कोइरालाको टिमले देउवा पक्षको महोल भत्काउनेछ । पहिलो चरणमा कसैले बहुमत नजुटाए सभापतिकै दाबेदार अर्का नेता प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि शेखर टिममा आउनसक्ने संकेत यसअघि नै गरिसकेका छन्।
यसअघि साझा उम्मेदवारको खोजी गर्ने समयमा नै १४ औं महाधिवेशनमा देउवालाई दोहोरिन दिन नहुने भन्दै सबै नेताहरु सहमत भएका थिए। उक्त सहमति दोस्रो चरणमा पुग्दा पनि कायम रहने र देउवाबाहेकका उम्मेदवारहरुले शेखरलाई समर्थन गर्ने निश्चितजस्तै देखिन्छ।

निधि र सिंह दुवैले अब कांग्रेसमा देउवाको विकल्प हुनुपर्ने बताइरहेका छन्। पार्टीभित्र सुधारको वकालत गर्दै आएका नेता चन्द्र भण्डारी, धनराज गुुरुड, गगन थापादेखि डा मीनेन्द्र रिजालसम्म पदाधिकारी भएकाले होला धेरैले देउवालाई शेखरले पराजित गर्नसक्ने ताकत राख्छन्।

तीनै तहको निर्वाचनपछि देउवाले सबैभन्दा पहिला गरेको काम हो, पार्टी प्रवक्ता बनाउनु। जहाँ उनले यो पद नेता विश्वप्रकाश शर्मालाई दिएका थिए। युवामाझ चर्चित शर्मालाई देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी तोकेपछि पार्टीको बैठक डाकेका थिए। तर १४ औं महाधिवेशनमा आउँदा शर्मा देउवा खेमाबाट अलग्गिएका छन्। शनिबार बिहानै उनी शेखरकै समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा भए पनि प्रकाशमान सिंहको प्यानलमा पुगे।

गगन थापा र प्रदीप पौडेलले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि दबाबमा परेका प्रवक्ता शर्माले पनि स्वतन्त्र रुपमै भए पनि महामन्त्री लड्ने बताएका थिए। तर उनले सभापतिमा पुनः देउवालाई नै दोहोर्‍याएका भए पनि अहिले भने प्रकाशमानलाई जिताउनुपर्ने अभियानमा सामेल भएका छन्।
शनिबार १ सय ३४ केन्द्रीय कार्यसमिति पदका लागि ५ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिमा देउवा, कोइराला, सिंह, निधिसँगै कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दिएका छन्। दुई महामन्त्रीका लागि ६ जना र ८ सहमहामन्त्रीका लागि २९ जना भिड्दै छन्।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेशी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपांगताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानतः व्यवस्था छ।

यसरी १ सय ३४ पदमा हुने ५ सय ४८ को प्रतिस्पर्धाका लागि सोमबार मतदान हुने कार्यक्रम छ। उम्मेदवारी मनोयन दर्ता गराउन पुुगेका नेताहरूका विश्लेषणअनुसार सभापति पदमा दोस्रो चरणको निर्वाचन हुने देखिन्छ। कांग्रेसमा सभापति जित्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने व्यवस्था विधानमा छ। अन्यको हकमा बढी मत ल्याउनेहरू विजयी हुनेछन्।
निर्वाचनमा पहिलो चरणमा देउवालाई जित्न सहज नभएका कारण दोस्रो चरणमा भने देउवालाई पराजित गर्नसकने समीकरण शेखरको पक्षमा हुने देखिन्छ। प्यानलगत रूपमा बाँडिएका नेता र उनीहरूबीच कडा टक्कर हुने देखिएपछि महाधिवेशनमा आएका प्रतिनिधिहरूको बसाइ पनि लम्बिने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
नेपालको जग्गा कब्जा गरेपछि चीनले भुटानमाथि दाबी गरेको छ !

नेपालको जग्गा कब्जा गरेपछि चीनले भुटानमाथि दाबी गरेको छ !

चीनको खतरनाक कदमको पर्दाफास: ढुवानी कन्टेनरहरूमा मिसाइलहरू लुकाउँदै,के हो कारण ?

चीनको खतरनाक कदमको पर्दाफास: ढुवानी कन्टेनरहरूमा मिसाइलहरू लुकाउँदै,के हो कारण ?

चीनले कङ्गोको महत्वपूर्ण खनिजको नियन्त्रणमा यसरी जमायो कब्जा !

चीनले कङ्गोको महत्वपूर्ण खनिजको नियन्त्रणमा यसरी जमायो कब्जा !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .