No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“चिनीया लगानी, निर्माण र हस्तक्षेपकारी भुमिका”

“चिनीया लगानी, निर्माण र हस्तक्षेपकारी भुमिका”

एजेन्सी । चिनीया लगानी र चिनिया ठेकेदार द्धारा सिन्धुपाल्चोकको बाह्रविसेमा निर्माण भईरहेको २२० के।भी सवस्टेसन निर्माणमा चिनिया पक्षले गम्भिर लापरवाही र ढिलासुस्ती गरिरहेका छन् । चिनिया पक्षले कार्यसम्पादन सन्तोष जनक नगरेको भन्दै नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले काममा लापरवाही र ढिलासुस्ती गरेकोले यदी चिनिया पक्षले कार्य सम्पादन छिटो पुरा नगरे ठेक्का नै तोड्ने चेतावनी दिएका छन् ।

चिनीया कम्पनिहरु ग्वाङसी ट्रान्समीसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ ईलेक्ट्रोनिक्सले सो २२० के।भी सव स्टेसनको निर्माण गरिरहेका छन् । करीब २ वर्ष अघीको भन्दा काम सन्तोषजनक नभएको यो सव स्टेसन निर्माणमा चिनिया ठेकेदारले गम्भिर लापरवाही गरेका छन् । खिम्ती , तामाकोशी र भोटेकोशी नदी क्षेत्रमा निर्माण हुने जलविधुत आयोजनाको विधुत काठमाण्डौ उपत्यकामा ल्याउन तामाकोशी काठमाण्डौ उच्च क्षमताको प्रसारण लाईन र सव स्टेशनको निर्माण सुरु गरिएको थियो ।

प्राधिकरणको आयोजना अन्र्तगत रामेछापको न्यु खिम्ती , बाह्रविसे र काठमाण्डौ लप्सीफेदीमा ४०० के।भीको सव स्टेसनको निर्माणको काम पनि चिनिया ठेकेदारहरुले गरिरहेका छन् । एसियाली विकास बैंकको सहुलियतपुर्ण ऋणमा बनिरहेका यी सब स्टेसनहरुको निर्माणमा चिनिया ठेकेदारहरुको लापरवाही र ढिलासुस्तीले गर्दा लागत पनि बढेर गएको छ । निर्माण सम्झौता पछी चिनिया पक्षले किस्ता रकम चाही दिन बाध्य बनाउने तर काममा चाही चासो नदिने गर्ने गरेका छन् । चिनीया लगानी र चिनिया ठेकेदार द्धारा निर्माण सुरु गरेका धेरै आयोजनाहरुलाई अलपत्र पारेका छन् ।

काठमाण्डौमा निर्माण भईरहेको चक्रपथ विस्तार आयोजनालाई पनि चिनिया पक्षले अलपत्र अवस्थामा छाडेका छन् । यति मात्र होईन चिनिया पक्षले लगानी गरेर संञ्चालन गरिरहेका नेपालका उधागहरुमा पनि गैर कानुनी रुपमा काम गरिरहेको पाईएको छ । एक स्वतन्त्र र सार्वभौम राष्ट्रको नियम र कानुुनको धज्जी उडाउंदै चिनिया पक्षले बारम्बार नेपाल माथि उघोषित आक्रमण गर्ने गरेको छ । चिनीया लगानीमा विरगंज–पथलैया औधोगिक कटीडोरको भलुहिमा सञ्चालित अन्नपुर्ण लेदर र्टेनिङ्ग ईण्डस्ट्रिज प्रा।लि ले एस।एच कोड र उत्पादन फरक पारेर काचो छालाको निर्यात गरिरहेको छ ।नेपाल बाट अप्रसोधित कांचो छाला निर्यात गर्न बन्देज लगाएको छ तर नेपालको कानुनलाई चुनौती दिदै चिनीया पक्षले कांचो छालाको निर्यात गरिरहेको छ ।

यस उधोगका चिनीया लगानीकर्ता क्यो जिङ्गले सर्सीया भन्सार प्रमुख डा। लाल बहादुर खत्रीलाई भेटी आफ्नो सामान भन्सारले रोकेकोमा छोड्नका लागि घुमाउरो पारामा दवाव दिएका थिए । चिनले नेपालको राजनैतिक , आर्थिक र अन्तराष्ट्रिय नितीमा वितेका केही बर्षहरु देखी अप्रत्यासित हस्तक्षेपलाई बढाउंदै लगिरहेको छ ।

आर्थिक प्रलोभन र बाध्यकारी नियमहरु थोपारेर आफु अनुकुल निर्णय गराउने , आफुले भने जस्तो भए काम गर्दिने नत्र काम नगर्ने परराष्ट्र नितीमा प्रत्यक्ष आफ्नो प्रभुत्व लाद्न खोज्ने जस्ता हस्तक्षेपकारी भुमिकालाई बढाउंदै लगिरहेको छ । कोरोना कहरको समस्या देखाई विगत २ वर्ष देखी उतरी सिमामा चिनीया पक्षले अघोषित नाकाबन्दी नै लगाएको छ । निर्माण आयोजनाका निर्माणधीन कामहरु अलपत्र पार्ने , सिमामा अघोषित नाकाबन्दी लगाउने , चिनीया लगानीमा सञ्चालित उधोगहरुबाट गैरकानुनी सामानहरुको निर्यात गर्ने , सिमा अतिक्रमण परियोजना निर्माण गर्ने भन्दै खर्वौ डलरको ऋणभार जस्ता प्रभुत्ववादी चिन्तनले नेपाललाई हस्तक्षेप गरिरहेको छ ।

यस्ता हस्तक्षेपकारी प्रवृतिले नेपाल र नेपालीले अनावश्यक दुःख भोग्नु परिरहेको र नेपाल र चिन विचको कुटनैतिक सम्बन्धमा पनि दरार उत्पन्न गराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

Next Post
इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल

इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल

धार्मिक अतिवादीहरूको भिडले श्रीलंकाका एक प्रबन्धकलाई निर्ममतापूर्वक कुटपिट र जिउँदै जलाए के ईश्वर निन्दा ?

धार्मिक अतिवादीहरूको भिडले श्रीलंकाका एक प्रबन्धकलाई निर्ममतापूर्वक कुटपिट र जिउँदै जलाए के ईश्वर निन्दा ?

चीनले मिसाइल ढुवानी गर्न कन्टेनर प्रयोग गर्दै , विश्वभरका बन्दरगाहहरूमा तस्करी गर्ने तयारी

चीनले मिसाइल ढुवानी गर्न कन्टेनर प्रयोग गर्दै , विश्वभरका बन्दरगाहहरूमा तस्करी गर्ने तयारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .