• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शेखरलाई लाभ : पार्टीभित्र देउवाविरोधी माहोल, डडेल्धुराको सभापति ठेकेदारलाई बनाएको भन्दै बदनाम


देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो

काठामाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर विस्थापित गर्नुपर्ने आवाजहरु बलियो बन्दै गएका देखिन्छन्। संस्थापनइतरमा शेखर कोइराला बलियको बन्दै गइरहेको समयमा देउवा हतासमा देखिन्छन्। जसका कारण सभापति देउवाले आफ्नो समूहका आकांक्षी तथा व्यक्तिहरुलाई बाहिर जान नदिन बुधबार बैठकसमेत बोलाएका छन्।

सभापतिमा आफू दोहोरिने घोषणा गरेका देउवाको कांग्रेसभित्रै भने उनको विरुद्धमा ठूलो आवाजहरु निस्किन थालेको छ। नेपाली कांग्रेसमा उनकै नेतृत्व भएको समयमा कम्युनिस्ट गठबन्धन बनेको र कांग्रेसले इतिहासबै सबैभन्दा लज्जास्पद हार व्यहोरेको कुरालाई सभापतिमा दोहोरिने इच्छा व्यक्त गरेका देउवालाई ठूलो धक्का लागेको हो।

देउवाले समयमा उचित निर्णय गर्न नसक्दा र कम्युनिस्ट घटकहरुलाई मिल्ने छुट दिएर देउवाले मुलुकलाई पनि ठूलो क्षति पुर्याएको भन्दै विश्लेषणहरु भइरहेका छन्। सभापति देउवाले पार्टी प्रतिपक्षमा हुँदा तत्कालीन सत्तासँग मिलेर लाभ लिएको र स्वार्थको भागबण्डा गरेका कारण प्रखर प्रतिपक्षी बन्न नसकेको, संविधान र लोकतन्त्र नै ओलीले अप्ठ्यारोमा पारेको समयमा स्पष्ट अडान राख्न नसकेकोलगायतका कारणहरुले गर्दा देउवाले आगामी निर्वाचनमा ठूलो सकस पर्ने देखिन्छ।

त्यसैगरी सभापति देउवाले आफ्नै गृहजिल्लामा प्रहरी परिचालन गराएर अर्को पक्षलाई पर्ण बाइपास गर्दै एकलरुपमा अधिवेशन गराएको भन्दै देउवाको अधिनायकवादको पनि चर्को विरोध भइरहेको छ। सभापति देउवाविरुद्ध डडेल्धुराका निवर्तमा सभापति कर्ण मल्ललगायतको समूह पार्टी मुख्यालय सानेपामा आएर धर्ना बसेको थियो।

उनीहरुको समस्या समाधान गर्नुको साटो सभापति देउवाको निर्देशनमा निर्वाचन आयोगले पनि उनीहरुमाथि अन्याय गरेको भन्दै पार्टीभित्रै उनको विराधे भएको थियो। जसका कारण देउवाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि बोलाउन सकेका छैनन्।

डडेल्धुरामा एक ठेकेदारलाई सभापति बनाउनका लागि आफूहरुलाई बाइपास गरेको मल्ल समूहको आरोप छ। मल्ल समूहले जनयुद्धको समयमा आफ्ना तत्कालीन विद्रोही शक्ति माओवादी केन्द्रलाई सहयोग गरेको र कांग्रेसका नेता कार्यकर्ताहरुलाई दुःख दिएका भीम बहादुर साउँदले अहिले कांग्रेस बलियो हुँदा पनि पैसा र पहुँचका आधारमा अर्को समूहलाई पूर्ण बाइपास गरेको भन्दै मल्ल समूह आक्रोशित बनेको हो।

उनीहरुले नेविसंघका असफल अध्यक्ष नैनसिंह महरले र सभापतिका विश्वासपात्र रमेश लेखकको सल्लाहमा देउवाले उक्त निर्णय लिएको मल्ल समूहको आरोप छ। रमेश लेखक र नैनसिंह महरले देउवालाई बद्नाम गराएको लाभ पनि शेखरलाई नै हुने देखिन्छ। महर र लेखक दुबै शेखरसँग पनि उत्तिकै नजिक रहेका छन्।

पार्टीभित्र उठेको देउवाविरोधी आवाज, गृहजिल्लामा नै देउवाविरुद्ध भएको विद्रोह, सरकारमा हुँदा नागरिकलाई सुशासन र विकासमा ध्यान दिन नसकेको, अदालत प्रकरणमा देउवा चुकेको, किचेन क्याबिनेटमा महर र लेखकजस्ता बदनाम पात्रलाई राखेर पार्टीका लागि खटिएका पात्रहरुलाई प्रवेश नै नदिएकोलगायतका कारणले गर्दा धेरैले देउवाको साथ छोेडेका छन्। जसको लाभ शेखरलाई नै हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काँग्रेस महाधिवेशन : प्रारम्भिक नतिजाले प्रधानमन्त्री देउवा उत्साहित, सभापतिमा दोहोरिने निश्चित
  • २०७८ मंसिर २३, बिहीबार १२:४३
  • In "देश"
  • कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा
  • २०७८ मंसिर २३, बिहीबार १२:४३
  • In "BannerNews"
  • कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने
  • २०७८ मंसिर २३, बिहीबार १२:४३
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत र मधुलिकाको शुक्रबार अन्तिम संस्कार

हुवावे प्याटेन्टले उइगर स्पटिंग टेकको प्रयोग उल्लेख गरेको छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version