No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफ्ना छोराछोरीलाई यौन शिक्षा कुन उमेरमा दिनुपर्छ ?

आफ्ना छोराछोरीलाई यौन शिक्षा कुन उमेरमा दिनुपर्छ ?

करुणाजी नमस्कार । म केही समययता तपाईंका प्रश्नोत्तर पढ्न थालेकी छु । सत्य कुरा भन्नुपर्दा यसअघि यौनसम्बन्धी समाचार पढे पनि ज्ञानमूलक सामग्री पढ्ने मौका भने तपाईंबाटै पाएकी हुँ । यसका लागि धन्यवाद दिँदै केही प्रश्न सोधेकी छु । आशा छ, उत्तर पाउनेछु ।

तपाईं नेपालीलाई यौन शिक्षाको कमी छ भन्ने गर्नुहुन्छ । तर यौन शिक्षा कसरी दिने भन्ने कुरा मेरो दिमागमा पस्दै पसेन । कारण विद्यालयमा यस्तो कुरा पढाउने कुरा भएन । घरमा त यस्तो शिक्षा कसरी सिकाउन सकिन्छ र ? यसकारण यौन शिक्षाका बारेमा राम्रोसँग बुझाइदिनु हुन अनुरोध गर्दछु । कुन उमेरमा यस्तो शिक्षा दिँदा ठीक हुन्छ ।

– विनिषा

विनिषाजी, नेपालीहरुमा यौन शिक्षा लिने उपयुक्त माध्यम छैन । अर्थात यो जीवनको गम्भीर कुरा हो र यसलाई सबैले बुझ्ने गरी उचित व्यवस्थापन गर्ने शिक्षा दिनुपर्छ भन्ने कुरा थाहा भए पनि सरकारी निकायले यसलाई महत्व दिएको छैन ।

केही गैरसरकारी संस्थाले यसका बारेमा चासो देखाए पनि नेपाली समाजले यसलाई शिक्षायोग्य मानेको छैन । यही कारण समाजमा बलात्कार, हाडनाता करणी, यौनमा असन्तुष्टि र आत्महत्या जस्ता दुःखद घटनाहरु घटेका छन् ।

आमाबुवालाई के भ्रम हुन्छ भने मेरा छोराछोरीले यौन सम्पर्क गरेका छैनन्, हस्तमैथुन पनि गर्दैनन् । अरुका सन्तानभन्दा सोझा छन् । तर, यथार्थ त्यस्तो हुँदैन

यौन सबैको अनिवार्य आवश्यकता भए पनि नेपाली समाजमा यो कति आवश्यक हो भनेर हामी कहिल्यै सार्वजनिक चर्चा गर्दैनौं ।

मानव यौनिकतासँग जैविक, भावनात्मक, शारिरीक र आध्यात्मिक पक्षहरु हुन्छन् । जैविक पक्ष भन्नाले प्रजनन् स्वस्थ्यसँग सम्बन्धित हुन्छ । भावनात्मक वा शारीरिक भन्नाले दुई व्यक्तिवीचको सामीप्य र उसले प्रस्तुत गर्ने भावना, माया, विश्वास र हेरचाह पर्दछन् । आध्यात्मिक पक्षमा दुई व्यक्तिवीच कुनै न कुनै, कतै न कतै सम्वन्ध छ भन्ने बुझिन्छ ।

परम्पराअुनसार किशोर किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन र यस विषयलाई खुलेर कुरा गर्नु नहुने मान्यता राख्छन् । एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिँदैन । धेरैजसो यौनका विषयहरुका बारेमा साथी, सञ्चारमाध्यम वा बाहिरी माध्यमवाट मात्र थाहा हुन्छ, जसका कारण ती जानकारी अपर्याप्त हुने र त्यसले फरक मान्यता सिक्ने हुन्छ ।

किशोर किशोरीलाई यौनप्रति निकै चासो हुनु स्वाभाविकै हो । यस्तो चासोका कारण यौनसम्बन्धी कुनै गलत सूचना उनीहरुले पाए भने त्यसले उनीहरुको यौन जीवन समस्यामा पनि पर्न सक्छ । यसले उनीहरुका यौन अङ्गमा विकृति आउन सक्छन् ।

किशोरावस्थामा नै यौनसँग सम्वन्धित बढी मात्रामा जिज्ञासाहरु हुन्छन् । तर, हामी जानी नजानी त्यही बेलामा यौनका रहस्यमयी बिषयहरुमा किशोरावस्थामा रहेकाहरुलाई कम जानकारी दिइरहेका हुन्छौं । यसले गर्दा उनीहरुको खुल्दुली अझ ब्यापक हुने गर्छ । यो समस्या नेपालमा मात्र होइन, पश्चिमा देशहरुमा पनि छ ।

तुलनात्मकरुपमा पश्चिमा देश यौनका मामलामा खुला भनिए पनि यौनका विषयमा आवश्यक र प्रभावकारीरुपमा जानकारी नदिइएका कारण सानो उमेरमा नै गर्भवती हुने गरेका तथ्यहरुले देखाएका छन । साथै यौनजन्य रोग पनि पश्चिमी देशमा बढेको पाइएको छ । यसको कारण पनि यौनसँग सम्वन्धित प्रभावकारी र आवश्यक मात्रामा जानकारीहरुको अभाव नै हो । यिनै समस्याहरुलाई कम गर्नका लागि धेरै देशहरुमा यौन शिक्षालाई जोड दिइएको पाइएको छ यद्दपि अभिभावक र धार्मिक समूहले यौन शिक्षालाई धेरै विरोध गर्ने गरेको पनि पाइएको छ ।

यौन शिक्षाले पुरुष र महिलाको विशेषताका बारेमा अध्ययन गर्दै व्यक्तिको यौनिकताकोे बारेमा पनि वर्णन गर्छ । यौनिकताको विषय हरेक मानवलाई महत्वपूर्ण हुन्छ, बालबालिका पनि यसमा समाहित हुन्छन् र उनीहरुलाई पनि आफ्नो पहिचान के हो भन्ने जान्ने उत्सुकता हुन्छ । यौन शिक्षाले सुरक्षा, प्रस्तुती, सुधार अनि विकासका बारेमा आफ्नो मूल्यमान्यताले स्वीकारेको व्यवहारअनुसार वर्णन गर्छ ।

यौन शिक्षामा विभिन्न शारिरीक, मनोवैज्ञानिक र सामाजिक पक्षहरुलाई प्रतिकृया कसरी जनाउने र त्यस अनुसार प्रजनन् हुने पनि पर्छ । यौन शिक्षा समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्वन्धी हरेक शिक्षा भन्ने बुझिन्छ । यौन शिक्षा विद्यालय जाने बालवालिकालाई दिन सकिन्छ, जसले समाजमा परिवारमा आउन सक्ने हरेक खतरालाई न्यूनीकरण गर्दछ । यौन शिक्षामा यौनिकताको शिक्षा पनि पर्दछ । जस्तै, परिवार नियोजन, प्रजनन् स्वास्थ्य । (बच्चा गर्भमा आउने, राख्ने अनि पाउने) अनि आफ्नो शरीरको चित्र, यौनसँग सम्वन्धित धारणा, यौन आनन्द, मूल्य मान्यता निर्णय लिने, सञ्चार, सम्बन्ध, यौन रोगसँग कसरी बच्ने जस्ता धेरै कुरा यौन शिक्षासँग सम्बन्धित सामाग्री हुन् । यस्ता विषय विस्तृतमा अध्ययन गर्नुपर्ने कुरा हुन् ।

धेरैलाई यौन शिक्षा किशोर वा युवालाई मात्र आवश्यकता पर्छ भन्ने लाग्छ । यौन शिक्षा अरु कुरा जस्तै साधारणबाट जटिलतातर्फ उन्मुख हुन्छ । फलस्वरुप ७–८ वर्षको उमेरदेखिनै यौन शिक्षा विद्यालय, अभिभावकबाट शुरु गर्न सकिन्छ ।

कतिपय देशहरुमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा राखिएको छ । स्वाथ्य, विज्ञान जस्ता विषयमा प्रजनन् स्वास्थ्य, यौन रोग, शरीरका विषयहरुमा पढाइन्छ । हाम्रो देशमा पनि यी विषयहरु विद्यालयको केटाकेटीलाई कुनै न कुनै रुपले शिक्षा दिन सुरु गरिएको छ ।

यी विषयहरुको शरुवात भएता पनि अझै खुलेर कुरा गर्ने, यौनिकताको चर्चा नगर्ने, अभिभावकले खुलेर भन्ने जस्ता कुराहरु चाहि कम भएको पाइएको छ । हाम्रो समाजमा यौन व्यवहार जस्तै हस्तमैथुन विवाह अगाडिको यौन सम्वन्ध, स्वप्न दोष आदि विषयमा अझै राम्ररी खुलेर चर्चा भएको छैन ।

आमाबुवालाई के भ्रम हुन्छ भने मेरा छोराछोरीले यौन सम्पर्क गरेका छैनन्, हस्तमैथुन पनि गर्दैनन् । अरुका सन्तानभन्दा सोझा छन्, आदि । यथार्थमा त्यसो होइन । समाजले यौनलाई एक किसिमको खुलेर कुरा गर्न हुँदैन भनेर मानेका कारण उनीहरु नखुलेका मात्र हुन् । यौन शिक्षाले यौन दुव्र्यवहार, यौनजन्य हिंसा जस्ता अपराधिक कृयाकलाफाई पनि कम गर्छ ।

स्केत स्राेतः गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई

शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई

देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो

शेखरलाई लाभ : पार्टीभित्र देउवाविरोधी माहोल, डडेल्धुराको सभापति ठेकेदारलाई बनाएको भन्दै बदनाम

गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ

गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...