No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनबाट किनिएको हवाइजहाज नेपालको लागि ऋणको बोझ

चीनबाट किनिएको हवाइजहाज नेपालको लागि ऋणको बोझ

चीन स्वयंले आर्थिकरुपमा धान्न नसकेको हावाइजहाजहरु नेपाललाई किन्न बाध्य बनाएको खुलासा भएको छ । संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार चीनले ३.७ बिलियन मूल्य बराबरको तीनवटा जहाज नेपाललाई किन्न बाध्य बनाएको खुलासा भएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार वि.सं. २०७० देखि २०७२ भित्रमा दुईवटा ६० सिटर एम.ए–६० र १७ सिटर वाई–१२ ई हवाइजहाज नेपालले चीनबाट खरिद गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो ।

नेपालले यी हवाइजहाजहरु उडाएर पैसा कमाउने र यसकै कमाइबाट ऋण तिर्ने योजना बनाएका थियो । तर यी जहाजहरु अहिले नचल्ने अवस्था थन्किएका छन्। अथवा भनौं भने हात्ती किन्न सजिलो तर पाल्न गाह्रो’ भनेजस्तै भयो । यति मात्र कहाँ हो र यी जहाजहरु युरोप र अ‍ेमेरिकामा उडान भर्नलाई भने प्रतिबन्धित छन् ।

कारण यो हो की यी चिनियाँ जहाजहरुले एफ. ए. ए. (अमेरिका) र ई. ए. एस. ए. (युरोप) – नियम अधिन उडान भर्ने प्रमाणिकता प्रमाण पत्र हासिल गरेका छैनन् । यी सबै तथ्यलाई नियाल्दा नेपाललाई चीनबाट खरिद गरिएको उक्त जहाजबाट घाटा नै हुनेछ ।

अब यस विषयको पृष्ठभूमितिर लागौँ, २०७० सालमा नेपालको संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालय र चीनबीच चिनियाँ हवाईजहाज खरिद सम्बन्धी एउटा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार एउटा एम.ए.-६० र एउटा वाई १२ ई. जहाजहरु (२.९ बिलियन रुपैयाँ बराबर) अनुदानस्वरुप दिने अनि एउटा एम.ए. ६० र तीनवटा वाई १२ ई. (३.७ बिलियन रुपैयाँ बराबर) ऋणस्वरुप दिने भन्ने कुरामा सहमति भएको थियो । उक्त ऋण ‘एक्सपोर्ट इम्पोर्ट ब्यांक अफ चाइना’ द्वारा दिइने १.५ प्रतिशत ब्याज दरको हिसाबमा र यो ऋण बिस वर्ष भित्रमा चुकाउनु पर्ने गरी सम्झौता भएको हो । साथै यसका अतिरिक्त स्पेयर पार्टस र फ्लाइट ट्रेनिङ पनि चीनले नै दिने भनिएको थियो ।

उक्त हवाइजहाज खरिद प्रकृया प्रतिस्पर्धा विहिन ‘डील’ थियो । कारण यस किसिमका खरिद प्रकृयाहरुमा अन्तराष्ट्रिय रुपमा टेण्डरको आह्वान गर्नुपर्ने नियम छ । तर त्यो नियमको पालन गरिएन । यसै विषयलाई आधार मान्दै उक्त हवाइजहाज खरिद प्रकृया ग्लोबल टेण्डर आह्वान नगरिकन गरिएको द्धिपक्षीय सम्झौताले नेपाललाई दुई बिलियन रुपैयाँको क्षति भएको छ । यसकारण उक्त खरिद प्रकृया तुरुन्त रोकिनु पर्छ भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत दायर भएको थियो ।

सर्वोच्चमा मुद्दा दायर हुँदाहुँदै पनि, २०७१ सालमा चीनले एक/एक वटा एम. ए.-६० र वाई. १२ ई. जहाजहरु अनुदानस्वरुप नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दिइयो । जति बेला नेपाल सरकार झण्डै २६ वटा हवाईजहाजहरु किन्ने योजनामा थियो । उक्त जहाजहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको केही समयपछि नै नेपाल वायुुसेवा निगमले उक्त चिनियाँ जहाजहरु आर्थिकरुपले अति खर्चिलो एवं निकृष्ट निष्पादन भएको भन्दै जहाजै चलाउन बन्द गरेको थियो । यसै परिपेक्षमा तत्कालिन पर्यटन मन्त्री (२०७२) कृपाशुर शेर्पाले संसदीय विकास समितिसँग विचार विमर्श गर्दै भने, ‘ चीनद्वारा अनुदानस्वरुप दिइएका दुईवटै जहाज नेपाल वायुसेवा निगमलाई बोझ तुल्य हुन गएको, आर्थिकरुपले अति खर्चिलो र निकृष्ट निष्पादन भएको छ ।’

उनका अनुसार, यी जहाजका कलपुर्जाहरु पनि अति महंगा छन्, बीमा किस्त पनि साहिकभन्दा महंगो छ, राख्ने र हेरचाह खर्च पनि चर्को भएकोले यी चिनियाँ जहाजहरु नेपाल वायुसेवा निगमलाई एक किसिमले बोझ नै साबित भएको छ । यसकारण, अन्य तीनवटा चिनियाँ जहाजहरु किन्ने पक्षमा नेपाल सरकार नरहेको स्पष्ट पारेका थिए ।

यति सबै हुँदाहुँदै पनि जब पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए (२०७३), उनले फेरि ती रहेका तीनवटा जहाजहरु किन्ने निर्णय गर्दै भने,’ यदि ती जहाजहरु नकिनेमा मेरो नेतृत्वको सरकार बदनाम हुनेछ । साथै नेपाल चीन सम्बन्ध पनि चिसिने छ।’ प्रचण्डको यस्तो सत्ता मोहले गर्दा देश फेरि ऋणको भूमरीमा फसेको छ ।

भ्रखरै नेपाल सरकारले ८ सदस्यीय उप समिति गठन गरेर दुईवटा एम.ए. ६० र तीनवटा वाई १२ ई. चिनियाँ जहाजहरुलाई भाडामा दिने विषयमा सुझाव पेस गर्न भनेको छ । उक्त उप समितिले घरेलु उडान कम्पनीलाई भाडामा दिने कि, अन्तराष्ट्रिय सञ्चालकहरुलाई दिने , कोही पनि इच्छुक सञ्चालनकर्तालाई भाडामा दिने भन्ने विषयसहित भाडाको मूल्य पनि निर्धारण गर्नेछ र सरकारलाई सुझाव दिनेछ ।

कस्तो किसिमको सुझाव उपसमितिले पेस गर्ने हो भन्ने कुरा अहिले नै अनुमान लगाइ हाल्न सकिने अवस्था छैन । कारण, नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारी चीनतर्फ झुकाव राख्ने ब्याक्ति रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
भारत र रुस बिच हतियार उत्पादन सम्बन्धि सम्झौता

भारत र रुस बिच हतियार उत्पादन सम्बन्धि सम्झौता

जनकपुरमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाइँदै

जनकपुरमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाइँदै

प्रदेश २ : फतुवा विजयपुर नगरपालिकामा करोडौँको अनियमितता !

प्रदेश २ : फतुवा विजयपुर नगरपालिकामा करोडौँको अनियमितता !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .