• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र


मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र

जनकपुरधाम । जिल्ला सरकारी वकिल कार्यालय सिरहाले मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरेको छ ।

सरकारी वकिल कार्यालय सहायक जिल्ला न्यायाधिवक्ता अनिल रेग्मीले मंसिर ८ मा ईप्रका मिर्चैयाका अनुसन्धान अधिकृत ईन्सपेक्टर अवध किशोर ओझालाई लेखेको पत्र आज सार्वजनिक भएको हो । उच्च सरकारी वकिल कार्यालय राजविराज, सप्तरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने निर्णय गरेकाले सरकारी वकिल कार्यालयले यादवलाई पक्राउ गर्न भनिएको छ ।

कोरोना संक्रमणका कारण गरिएको लकडानमा राहत वितरण गर्दा दुई पक्षबीच झडप भएको थियो । झडपमा मिर्चैयाका आमोद भनिने विजयकुमार यादव घाइते भएका थिए ।

उनले ज्यान मार्ने उदेश्यका साथ आक्रमण गरेको भन्दै प्रहरीमा मेयर यादव, शिवशंकर कापरी लगायतविरुद्ध उनीहरुले जाहेरी दिएका थिए । तर सरकारी वकिलको कार्यालयले मेयर साहमाथि मुद्दा नचलाउने निर्णय गर्यो । त्यसपछि पीडित भनिएका आमोद उच्च अदालत राजविराज पुगे ।

सरकारी वकिल कार्यालय सिरहाका अनुसार उच्च सरकारी वकिल कार्यालय राजविराज सप्तरीबाट ०७८ मंसिर ३ मा प्रतिवादी यादवउपर थप अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने निर्णय भएको छ । सो निर्णयबमोजिम यादवलाई हाजिर हुन र हाजिर नभए पक्राउ गरी बयानका लागि पेश गर्न सरकारी वकिल कार्यालयले मिर्चैया प्रहरीलाई पत्राचार गरेको छ ।

पत्राचार गरेको ७ दिन बितिसक्दा पनि मिर्चैया प्रहरीले मेयर यादवलाई हाजिर हुन भनेका छैन । मेयर यादव भन्छन्, ‘राजनीतिक प्रतिशोधका कारण परमादेश जारी गराइएको छ । घटनाहुंदा म यहाँ थिइनँ । त्यही भएर प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने भनिसकेको थियो ।’

उनले हाजिर हुन पत्र नआएको र औपचारिक पत्र पाएपछि झुठो मुद्दाको फेस गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पर्सा मुद्दा दर्ता
  • २०७८ मंसिर १५, बुधबार १५:४७
  • In "मधेश प्रदेश"
  • रास्वपा सभापति रवि लामिछानेसँग आज विहानैदेखि बयान लिइने
  • २०७८ मंसिर १५, बुधबार १५:४७
  • In "BannerNews"
  • तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)
  • २०७८ मंसिर १५, बुधबार १५:४७
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

बाजुरा विमानस्थलमा तारा एयरको बिमान खराब भएपछि यात्रुले धक्का लगाउनु परे

मालपोतका अधिकृत ५० हजार घुससहित अख्तियारको फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version