No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भोट मागिरहेका भीम रावललाई कार्यकर्ताले भने : अध्यक्षमा हारेपछि पार्टीबाट भाग्‍न पाइँदैन

भोट मागिरहेका भीम रावललाई कार्यकर्ताले भने : अध्यक्षमा हारेपछि पार्टीबाट भाग्‍न पाइँदैन

नेकपा एमालेका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। ओलीले सहमतिका लागि कुनै संवाद नगरेपछि मैदानमा उत्रिएका उनले दुई दिनदेखि भोट मागिरहेका छन्।

चितवनमा जारी दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सुरु नहुँदै उपाध्यक्ष रावलले अध्यक्षका लागि मत माग्न थालेका थिए।

१० गते बिहानदेखि नै ३२ पृष्ठको सानो पुस्तक छपाएर रावलका शुभेच्छुकहरुले मत माग्न थालेका थिए।

शुभेच्छुकहरु भीम रावलको पर्चासहित मत माग्दैछन्। तपाईँले चिनेकालाई नि भन्नुस् है कम्रेडहरु! भन्दै शुभेच्छुकहरु लागि परेका छन् । उपाध्यक्ष रावल पनि आफैँ फिल्डमा उत्रिएर मत मागिरहेका छन्।

अध्यक्षका उम्मेदवार रावल अहिले सेभेन स्टार होटलभित्र मत माग्दै हिँडिरहेका छन्।

रावलले दौडधूप तीव्र बनाउँदै महाधिवेशन प्रतिनिधिहरु बसेको समूहमा मत मागिरहेका छन्। ‘एकचोटी मलाई पनि पार्टी चलाउन दिनुहोस्’, यसो भन्दै उनी प्रतिनिधिहरूलाई नमस्कार गरिरहेका छन्।

तर अनौठो के छ भने महाधिवेशन प्रतिनिधिका अधिकांश समूहले रावललाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन्।

‘तपाईँलाई पनि थाहा छ त अहिलेको स्थिति,’ सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयरसमेत रहेका निलम खनालले रावललाई भने, ‘माहोल तपाईँको पक्षमा छैन। तपाईँ त हाम्रो नेता हो, अहिलेकै पदमा दोहोरिनु न। तपाईंले त सर्वसम्मत बनाउन पहल गर्नु पर्ने हो नि।’

उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दा रावल मुसुक्क हाँसिदिन्छन्। ‘मलाई पनि एक पटक मौका दिनुस् न, मैले उपाध्यक्षका रुपमा पार्टी राम्रो चलाइन र?,’  उनी हाँस्दै जवाफ दिन्छन्।

अध्यक्षबाट नाम फिर्ता गर्न आग्रह गर्ने प्रतिनिधिहरूसँगै पार्टी छाडेर नजानु भन्ने प्रतिनिधिहरूलाई पनि रावलले भेटेका छन्।

सुनसरीका प्रतिनिधिहरु बसेको एक समूहमा पुगेका रावलले यस्तै आग्रह फेस गएका थिए। एमाले सुनसरीका अध्यक्षसमेत रहेका खेमराज पोखरेलले रावललाई भने, ‘हारियो भने भाग्न पाइँदैन नि!’

पोखरेलको आशय अध्यक्षमा हारेपछि पार्टी छोड्न पाइँदैन भन्ने थियो। पोखरेलले त्यति भनिसक्दा रावलले जवाफ दिइहाले, ‘भाग्ने भए त्यत्रो घनिष्ठ सम्बन्ध भएको माधव नेपाललाई तपाईँ पार्टी फुटाउन पाउनु हुन्न खबरदार भन्थेँ होला त?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

म्युजिक भिडियोमा ‘रेमिट्यान्स’ लगानी बालुवामा पानी

म्युजिक भिडियोमा ‘रेमिट्यान्स’ लगानी बालुवामा पानी

एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित

एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .