• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै


चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै

पोखरा : फेवातालमा विगत १२ वर्षदेखि डुङ्गा चलाएर आफनो जीविकोपार्जन गर्दैआउनुभएकाे लक्ष्मी नेपालीले डुङ्गा चलाउन नपाएको करिब छ महिना पुग्यो । कोरोनाका कारण आफनो व्यवसाय नै ठप्प भएपछि घर भाडा तिर्ने पैसा नहुँदा हाल उहाँ समस्यामा पर्नुभएको छ ।

‘अब त भाडा तिर्नुपर्यो नि । बन्द कहिलेसम्म हो, कति पर्खनु ?’ घरबेटीले भनेको सुनाउँदै नेपाली भन्नुहुन्छ, ‘कमाइ नभएको कति भइसक्यो भाडा कसरी तिर्नु ? एक हप्ताको म्याद दिएर भरबेटीले भाडा मागेका छन् ।’

हरेक दिन फेवताल आउँदै डुङ्गा हेर्दै फर्कर्ने गरेको सुनाउँदै केही दिन ज्यामीकाम गरे पनि अहिले त्यो पनि नभएकाे सुनाउनुभयाे ।

सिन्धुलीका बिमल तामाङ पनि डुङ्गा कहिले चलाउन पाइएला अनि सहज तरिकाले आफनो रोटीको जोहो गरौँला भनेर हरेक दिन फेवा किनारमा आउँदै टोलाएर बस्ने गरेको पाँच महिना बढी भइसक्यो । काम बन्द हुँदा खानेदेखि घरभाडा तिर्न समस्या परेको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।
‘लकडाउन चाँडै खुल्ला र आफनो काम गर्न पाइएला भनी घर पनि गइएन  । खुल्ला भन्दै बस्दै गर्दा अब त रोगले भन्दा भोकले मरिएका की जस्तो भयो । अन्य काम पाएको छैन’, तामाङले गुनासो गर्नुभयो ।

यो नेपाली र तामाङको मात्र समस्या हैन । फेवातालमा डुङ्गा चलाएर आफनो जीविकोपार्जन गर्दैआएका करिब पाँच सय डुङ्गा व्यवसायीको चुलो जलाउनेदेखि घरभाडा तिर्नेसम्मको समस्याले उनीहरूलाई सताएको छ । उनीहरूमध्ये ४० जना महिला डुङ्गा व्यवसायी रहेका छन् ।

कोभिड-१९ को कारण सबै क्षेत्र ठप्प जस्तै रहेकाले त्यसको प्रत्यक्ष असर फेवातालमा पनि परेको हो । कोरोनाअघि दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक तालमा डुङ्गा शयरका लागि आउने गरेकोमा कोरोनाका कारण हाल पर्यटकको आगमन शून्य छ भने डुङ्गा मनोरञ्जनभित्र पर्ने भएकाले प्रसाशनले सञ्चालनमा समेत रोक लगाएको छ ।

पोखराका आउने अधिकांश पर्यटकले तालको बीचमा रहेको तालबराही मन्दिरको दर्शनसँगै ताल वरिपरि अवलोकनका लागि डुङ्गा चढ्ने गरेका थिए । जसका कारण व्यवसायीहरूको घरमा चुलो जलेको थियो । अहिले यो दुवै बन्द अवस्थामा रहेकाले समस्या खडा भएको हो ।
फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले डुङ्गा व्यवसायीको समस्या सुरुमा सामान्य देखिएपनि हाल जटिल बन्दैगएको बताउनुभयो । लकडाउन सुरुसँगै सङ्गठनले उनीहरुलाई केही राहत दिएपनि बन्दाबन्दी लम्बिएका कारण समस्याको विकल्प नभेटिएको गुनासो गर्नुभयो ।
उहाँले भन्नु भयो, ‘व्यवसाय खुल्ला गर्न सिडीयो कहाँ पुगेका थियौँ । डुङ्गा व्यवसायीलाई यातायातभित्र नभई मनोरञ्जनभित्र राखिँदो रहेछ । मनोरञ्जन अत्यावश्यकभित्र नपर्ने भएकोले सञ्चालनमा गर्न रोक लगाइयो ।’
उहाँले कोरोना भाइरसको महामारी बढदै गएकोले सावधानी अपनाउनु महत्त्वपूर्ण रहेको बताउँदै व्यवसायीहरूलाई डुङ्गा सञ्चालन नहुँदासम्म अन्य काम खोजेर तत्कालको समस्या टार्न पनि आग्रह गर्नुभएको छ ।gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बसमा आधा मात्रै, विमानमा सिटभरि
  • २०७७ भाद्र १४, आईतवार १८:३९
  • In "समाचार"
  • ज्यान मारा खोलामा ‘डुड्डायुग’ अन्त्य
  • २०७७ भाद्र १४, आईतवार १८:३९
  • In "कोशी प्रदेश"
  • कोठा भाडा तिर्न नसकेपछि मासिक ९०० रूपैयाँमा बाथरूम भाडामा लिएर बस्छिन् युवती
  • २०७७ भाद्र १४, आईतवार १८:३९
  • In "अन्तराष्ट्रिय"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

इन्द्रजात्रा आइतबारबाट सुरु भएको छ ।

गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु

कोरोना संक्रमितले दैनिक २ हजार तिरेर होटल आइसोलेसनमा बस्‍न पाउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version