• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु


गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमितहरुको संख्या बढेसँगै संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दै गएको छ। कोरोना संक्रमणबाट  नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा मात्र ७ जना बिरामीको मृत्यु भइसकेको छ। शिक्षण अस्पताल नेपालगन्जमा एक जना र क्वारेन्टाइनमा एकजना गरेर बाकेमा मात्रै ९ जनाको मृत्यु भएको। मृत्यु भएका ९ जनामध्ये बाँके जिल्लाका मात्रै ६ जना छन्। बाँकेका अस्पताल र क्वारेन्टाइनमा मृत्यु भएका ९ जना मध्ये ७ जना निमोनियाका कारण फोक्सोमा समस्या भएर मृत्यु भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताए। अस्पतालमा भर्ना भएको २ देखि ७ दिनको अवधिमा मृत्यु संक्रमितहरुको मृत्यु भएको थियो।  अपहेलनामा परिने डर अधिकांश बिरामीहरु ज्वरो रुघाखोकी जस्ता समस्या भए पछि घर मै सामान्य औषधी खाएर बस्ने  र स्वास्थ्य समस्या जटिल बन्दै गएपछि मात्रै अस्पतालमा जाने क्रम पछिल्ला दिनहरुमा बढ्दै गएको छ। अस्पताल गएपछि कोरोना परीक्षण गराउनुपर्छ। र पोजिटिभ आयो भने १४ दिनसम्म आइसोलेशनमा बस्नुपर्छ। छिमेकीहरुबाट हुने अपहलेनाहरु खेप्नुपर्छ  भन्ने गलत सोचाईका कारण अधिकांश मानिसहरुले कोरोना परीक्षण गराउनै नमान्ने समस्या अहिले पनि कायमै  रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका मेडिसिन विभागका प्रमुख डा आशिम किदवाईले बताए। कोरोनाको संक्रमण बढ्दै गएपछि बिरामी तथा उनका आफन्तहरुले   घरमै ज्वरो नाप्ने क्रम बढ्दै गएको छ। तर कोरोनाका शंकास्पद बिरामीहरुको ज्वरो भन्दा पनि  शरीरमा अक्सिजनको मात्राको अवस्था के कस्तो छ भनेर नाप्नु जरुरी हुन्छ। तर, अझै पनि घरमै अक्सिजनको मात्रा नाप्ने चलन हाम्रो समाजमा सुरु भइसकेको छैन। जसकारण स्वास्थ्यमा समस्या भएर  अस्पतालमा पुग्दा बिरामीको शरीरमा अक्सिनको मात्रा घटेर स्वास्थ्य अवस्था गम्भीर बनिसक्दा पनि  बिरामी तथा उनका आफन्तहरुले थाहा पाउँदैनन्। शरीरमा अक्सिजनको मात्रा कम भएका र निमोनिया रोगले ग्रस्त भएका संक्रमितहरुको मृत्यु हुने जोखिम धेरै हुने डा किदवाइले बताए। गम्भीर अवस्थामा अस्पतालमा पुगेका बिरामीहरुलाई शिक्षण अस्पताल कोहलपुरले उपलब्ध साधनस्रोत र औषधि दिएर उपचार गर्दै आएको छ। नेपालगन्ज र कोहलपुरका अस्पतालहरुमा रेमिडिसिभिर इन्जेक्शन उपलब्ध हुनुभन्दा पहिले नै कोरोनाको संक्रमण र निमोनियाका कारण बाँकेमा  ७ जना बिरामीहरुको मृत्यु भइसकेको छ। सिरियस अवस्थाका संक्रमितहरुको उपचारमा  रेमिडिसिभिर इन्जेक्शन प्रभावकारी देखिएको छ। त्यसैगरी, संक्रमितहरुको उपचारमा प्रभावकारी मानिएको प्लाज्माथेरापी पनि हालसम्म नेपालगन्ज र कोहलपुरमा अस्पतालहरूमा भर्ना भएका संक्रमितहरुले पाउन नसकेको शिक्षण अस्पताल कोहलपुरका फिजिसियन डा अनिल श्रेष्ठले बताए। बाँकेमा हालसम्म मृत्यु भएका संक्रमितको विवरण १ ) जेठ ४ गते  नरैनापुर– ५ का २५ वर्षीय युवाको  क्वारेन्टाइनमै मृत्यु। २) असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी ४६ वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ४ दिनमा मृत्यु। ३) असार ३ गते कैलाली  लम्की चुहाकी ४३ वर्षीया महिलाको महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ५ दिनमा मृत्यु। ४) साउन २५ बाकेको कोहलपुरकी ७० वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको ३ दिनमा मृत्यु। ५) साउन २५ गते अछामका ५० वर्षीय पुरुषको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ६ दिनमा मृत्यु। ६) भदौ १  गते बाँके नेपालगन्जका ६२ वर्षीय पुरुषको शिक्षण अस्पातल  नेपालगन्जमा  भर्ना भएको  ४ दिनमा मृत्यु। ७) भदौ २ गते बर्दियाका ७० वर्षीय पुरुषको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  २ दिनमा मृत्यु। ८) भदौ ७ गते गते बाँके नेपालगन्जका ३७ वर्षीय पुरुषको शिक्षण अस्पाताल  नेपालगन्जमा  भर्ना भएको  ४ दिनमा मृत्यु। ९) भदौ ११ गते बाँकेकी ७० वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ३ दिनमा मृत्यु। thahakhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु
  • २०७७ भाद्र १४, आईतवार १८:५४
  • In "मधेश प्रदेश"
  • बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु
  • २०७७ भाद्र १४, आईतवार १८:५४
  • In "देश"
  • विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु
  • २०७७ भाद्र १४, आईतवार १८:५४
  • In "कोशी प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

कोरोना संक्रमितले दैनिक २ हजार तिरेर होटल आइसोलेसनमा बस्‍न पाउने

सुन्दर ओठ पछाडि लुकेकाका राजहरु

पार्टीको झगड़ा पछि सरकार, हाललाई मजदूर र किसानलाई राहत सरकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version