• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ज्यान मारा खोलामा ‘डुड्डायुग’ अन्त्य


ज्यान मारा खोलामा ‘डुड्डायुग’ अन्त्य

विमल दहाल

माइ । कसैले माईखोला भनेको सुने मात्रै पनि झस्कन्छिन्– माई नगरपालिका–६ महमाईकी सरस्वती तुम्वाहाम्फे । नझस्किउन् पनि कसरी ? साविक दानावारी र महमाई गाविस जोड्ने माइखोलामा आएको बाढीले २०७३ सालमा तुम्वाम्फेका आफन्तलाई बगाएको थियो । माईखोलामा पुल नहुँदा डुङ्गाको सहारा लिएर खोला तर्ने क्रममा डुङ्गा पल्टिएर उनका आफन्त र छिमेकी गुमाएको पीडाले अहिले पनि उनलाई झस्काउन छाडेको छैन ।

सामाजिक क्षेत्रमा समेत आबद्ध तुम्वाम्फे २०७३ सालको असोज २८ गते शुक्रवार दशैको द्वादशीका दिन आफन्तहरु टीका लगाउन आएका बेला पहिलोपटक माइत ससुराली आइ नपुगी बगेको दुखद् घटना सुनाउँदा उनका आँखा रसाए । ‘बिगतमा जतिनै पीडा र दुःख भए पनि अब भने महमाईका लागि सुखका दिन आएका छन्– तुम्वाम्फेले भनिन् ।

महमाईबासीका लागि त्यो दिन कालो दिन थियो । लामो झरी परेको दिन र हरेक दशैमा त्यो घटनाले झस्काउँछ– तुम्वाम्फेले दुखित् मुद्रामा भनिन् । दानाबारी र महमाईको बीचको माईखोलामा पक्की पुल निर्माण भएपछि भने महमाईबासीको दिनचर्या नै फेरिएको छ । ज्यानमारा उक्त खोलामा पक्की पुल बनेसँगै डुंगायुगको अन्त्य भएको स्थानीय बताउँछन् । बिगतमा जस्तो खोला तर्दा मृत्युलाई शिरानी लगाएर घरबाट बिदा हुनुपर्ने बाध्यता अब अन्त्य हँुदै गएको माई–६का वडासचिब स्थानीय रमेश गिरी बताउँछन् ।

विकासका पूर्वाधार निर्माण भएसँगै इलामको महमाई क्षेत्र अहिले सुगम बन्दै गएको छ । दानाबारी र महमाईको बीचमा रहेको चण्डालघाटस्थित माई खोलामा गतआर्थिक वर्षमा ५ सय ५० मिटर लामो पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । इलामको कर्णाली भनेर चिनिने अतिदुर्गम क्षेत्र महमाई पुल निर्माणसँगै सुबिधा सम्पन्न बन्दै गएको हो ।

बिगतमा माई खोलामा आएको बाढीको कारण बिरामी परेका मान्छेको उपचारका लागि अस्पताल पु¥याउन नपाई ज्यान जाने अवस्था थियो । खोला तार्ने कुनै माध्यम थिएन । २०६३ सालदेखि स्थानीय युबाहरुको पहलमा काठको डुङ्गा सञ्चालनमा ल्याई यातायात सहज बनाइएको भए पनि २०७३ साल असोज २८ गते दशैको तेस्रो दिन डुङ्गामा यात्रा गरिरहेका २ बालबालिकासहित ८ जनाको डुङ्गा पल्टिँदा ज्यान गएको थियो । डुङ्गा यात्राको बिकल्प पक्की पुलको माग गर्दै स्थानीयहरुले सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएका थिए । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निर्बाचन क्षेत्र सीमनामा रहेको माई खोलामा गत बर्ष इलाइट कन्ट्रक्सन कम्पनीले पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

डुङ्गा पल्टिँदा बगेका माई–७ का यामबहादुर खड्का टीका लगाउन दशैँमा मोरङ गएका थिए । घर फर्किंदा मोरङबाट उनले बहिनी र जुम्ल्याहा भाञ्जी पनि लिएर आए । घर पुग्ने बेलामा माई खोला तर्नुपर्ने । वर्षौदेखि उनीहरु डुङ्गामार्फत खोला पार गर्थे, सो दिन पनि त्यसै गरे । ‘यात्रु धेरैजना थिए । २ पल्ट गरेर तार्नुभन्दा पनि चालकले मानेनन्, घटना भएको दिन स्मरण गर्दै उनी भन्छन्– ‘टेन्सन नलिनु केही हुँदैन भन्दै डुङ्गा चलाए, हिँडिसक्दा डुङ्गा डुब्यो ।’ यामबहादुरलाई पौडिन आउँदैन थियो । डुबेपछि उनलाई श्वास बन्द भएजस्तै भयो ।

भित्रभित्रै देब्रे हातले नाक थुनेँ, दाहिने हात चलाएँ, अब चाहिँ बाच्दिँन होला जस्तै लागेको थियो, मसँगै डुङ्गामा चढेकी बहिनी र दुईवटी भाञ्जीलाई सम्झिएँ, त्यति नै बेला एकजना भाइले मेरो देब्रे हात समातेर मलाई निकाल्नुभयो, र म बाँचेँ । आफू बाँचे पनि २ वटी भाञ्जी गुमाउँदा उनी शोकमा डुबेका सम्झन्छन । मृतकद्वय पुष्पा र अञ्जली खड्का उनका भाञ्जी हुन् ।

कहालिलाग्दो विगतका दिन र घटनालाई सम्झदै स्थानीय समेत रहेका संबिधानसभाका सदस्य नगेन्द्रकुमार कुमाल भन्छन्– माई खोलामा दिउँसो एक्कासि डुङ्गा डुब्यो भन्ने खबर आयो । केही दिन अघि रिखुवा खोलामा खोला तर्ने क्रममा डिलमा बसेका २ जनाको रुखले किचेर मृत्यु र केही घाइते भएका थिए । तिनै घाइते व्यक्तिलाई अस्पताल राखेर ल्याउने क्रममा बिरामी र आफन्त समेत बगेका थिए । कोही उपचार गरेर आएका त कोही दशैंमा टीका लगाउन आएका पाहुना परे ।

महमाईबासीका लागि दुखद् रह्यो त्यो घटना

खोलामा बगेका २१ महिला र १३ पुरुष गरी ३४ जनाको उद्धार तत्काल गरिएको थियो । सोही दिन घटनास्थलमै ५ वटा र भोलिपल्ट झापाका विभिन्न स्थानमा ३ वटा शव भेटिएको थियो । डुङ्गामा कति यात्रु सवार थिए, यकिन तथ्याङ्क हालसम्म कोहीसँग छैन । सो समयमा डुङ्गा दुर्घटनामा परी ज्यान जोगाएकाहरु भन्थे– ‘५० जनाभन्दा बढी नै थियौँ ।’

यता माई खोलाको चन्डालघाटमा पक्की पुल बनेसँगै महमाई र दानाबारीबीच ढकने, सिमले र सेल्फी डाँडा चेप्टीमा झोलुङ्गे पुल निर्माण भई यातायात सहज बन्दै गएको छ । यसैबीच इलामको माई नगरपालिका वडा नम्बर–१का ३ बालिकालाई २०७६ असार २८ गते शनिबार माई खोलाले बगाएर हालसम्म बेपत्ता बनाएको छ । स्कुलबाट घर फर्कने क्रममा माई नगरपालिका–१की १५ वर्षीया सुनीता साउदेन, सोही वडा र उमेरका अन्य दुई बालिका आकृति लिम्बू र निशा सुनुवारलाई खोलाले बगाएको थियो । हालसम्म उनीहरु बेपत्ता नै छन् । माई नगरपालिका–६ महमाईको भगवती मावि गोतामेटारबाट स्कुलमा शुक्रबार परीक्षा सकेर शनिबार घर फर्केने क्रममा खोला तर्दा तीनैजना बगेका थिए । हालसम्म उनीहरु बेपत्तानै रहेका छन् ।

बिद्यार्थीका परिवारलाई संघीय सरकारवाट १ लाख, प्रदेश सरकारबाट २ लाख र स्थानीय सरकार माई नगरपालिकाबाट १ लाख ५० हजार गरी जनही ४ लाख ५० हजार प्रदान गरेको माईका मेयर दीपककुमार थेवेले जानकारी दिए ।

तीन जना विद्यार्थी खोलामा बगेपछि माई–१ को ज्वाले, माझीटार, घन्टे र सहवीरेबाट स्कुल आउने बिद्यार्थीको संख्या आधा घटेको शिक्षक दिनेशकुमार भगत बताउँछन् । ३५÷४० जना बिद्यार्थी नियमित स्कुल आउँथे, अहिले तीन जना बिद्यार्थी खोलामा बगेर बेपत्ता भएदेखि १५ जना मात्र आएका छन्– शिक्षक सुन्दर बुढाथोकीले भने । माई खोलामा पुल नबन्दा सो क्षेत्रका बिद्यार्थी अहिले पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् । घण्टेबाट बिहीबारेसम्मको ८ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भइरहेकाले केही महिनामा यातायात सहज बन्ने माई–६का वडाध्यक्ष मुखराज आङ्दम्बेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार
  • २०७८ भाद्र १४, सोमबार २१:४९
  • In "BannerNews"
  • सरकारले सडकको बीचमा ढलरूपी धराप थाप्यो– त्यही धरापले बच्चा ‘निल्यो’ !
  • २०७८ भाद्र १४, सोमबार २१:४९
  • In "बागमती प्रदेश"
  • मधेश प्रदेशको कुपोषण अन्त्य गर्न आरजुको पहल, प्रदेशको विकासका लागि अग्रसरता लिइन्
  • २०७८ भाद्र १४, सोमबार २१:४९
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके

चीनले सैन्य गतिविधि बढाउँदा अर्बौँको लडाकू विमान किन्दै ताइवान

अफगानिस्तानमा भारतकाे लगानी ३ बिनियन डालर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version