No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोनाले अक्रान्त प्रदेश २ को अवस्था अझै भयावह हुने, रोकथाम किन भएन् ? के गर्दैछ सरकार ?

कोरोनाले अक्रान्त प्रदेश २ को अवस्था अझै भयावह हुने, रोकथाम किन भएन् ? के गर्दैछ सरकार ?

धनुषा : प्रदेश २ मा कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको छ । समाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा हालसम्म ९ हजार ७ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ८७ जनाको मृत्यु भइसकेको छ । जनस्वास्थ्य विज्ञका अनुसार यस प्रदेशमा संक्रणम र मृत्युदर अझै बढ्ने छ ।

कोरोना नियन्त्रण तथा रोकथामकालागि प्रदेश सरकारले गठन गरेको विज्ञ समुहका सदस्य डा. रामकेवल साह प्रदेश २ मा कोरोना संक्रमण फैलिनुका मुख्यतः ४ कारण औँल्याउँछन् । जनघनत्व, खुला सीमा, गरिबी र स्वास्थ्य व्यवस्था कोरोना फैलिने मुख्य कारक तत्त्व रहेको उनको विश्लेषण छ ।

यस प्रदेशमा हालसम्म देखिएको संक्रमितको संख्या अन्य प्रदेशभन्दा तुलनात्मक रूपमा सबैभन्दा धेरै देखिनु स्वाभाविक रहेको बताउँदै उनले प्रदेश २ को तथ्यांक प्रस्तुतिसमेत अफवाहपूर्ण ढंगले भइरहेको आरोप लगाए ।

‘जनसंख्याको घनत्वको अधारमा हेर्दा अन्य प्रदेशभन्दा धेरै बढी संक्रमण फैलियो भन्न मिल्दैन । २० प्रतिशत जनसंख्या रहेको यो प्रदेशमा संक्रमितको संख्या देखेर मात्र विश्लेषण गर्नुहुँदैन,’ डा. साहले भने, ‘सबै जिल्ला भारतीय सीमासँग जोडिएको छ । ३ प्रतिशत भू भागमा २० प्रतिशत जनसंख्या छन् । यहाँ डाटाको प्रस्तुति गलत तरिकाले भइरहेको छ । ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले यूपी र बिहारमा संक्रमण नियन्त्रण नभए यहाँ पनि रोक्न सकिन्न ।’

प्रदेश २ मा गरिबी सबैभन्दा धेरै भएकाले कामको शिलशिलामा भारत ओहोरदोहोर र चेतनाससँगै सतर्कतासमेत नरहेकाले संक्रमण फैलिने क्रम नरोकिएको उनले बताए । प्रदेश २ सरकारले संक्रमण नियन्त्रण तथा रोकथामक लागि गठन गरेको विज्ञ समूहका सदस्य समेत रहेका उनी प्रदेशको स्वास्थय व्यवस्था सुधारतर्फ पहिल्यैदेखि सरकारले कुनै पहल नगर्दा अहिले यस्तो परिस्थिति सिजर्ना भएको उल्लेख गरे ।

‘यहाँ २००७ सालपछि राम्रो विद्यालय, विश्वविद्यालय, अस्पताल बन्न सकेन् । एकै रातमा तारा तोड्न सकिन्न नि १,’ उनले थपे, ‘२० वर्षपछि समेत अस्पतालमा दरबन्दी थप भएको छैन् । स्तरउन्नति भएको छैन् । अहिले यो तुरन्त हुनुपर्छ ।’

कोरोना परीक्षण सबै जिल्लामा सर्वसुलभ हुनुपर्ने उनको सुझाव छ । ‘सबैठाउँमा मेसिन नभए पनि सबै जिल्लामा स्वाब संकलन गर्ने सहजता हुनुपर्छ । रिपोर्ट २४ घण्टाभित्र आउनुपर्छ । यहाँ जनसंख्याको आधारमा मेसिनको एकदमै न्यून क्षमता छ । प्रदेश सरकारलाई केन्द्रले राम्रो सहयोग नगरेकाले परीक्षणको दायरा बढ्न सकेको छैन्,’ उलने भने ।

प्रदेशमा भएका अस्पताल, मेडिकल कलेज सबैलाई कोभिड अस्पताल बनाउनुपर्ने बताउँदै डा. साहले कोभिड नियन्त्रण मात्र सरकारले गरेर सम्भव नरहेको बताए ।

समाजिक अगुवा, धार्मिक संगठन, पेसागत संगठन, जातीय संगठनले संजाल बनाएर समाजिक सेवामा आउनुपर्ने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले अवस्था अझै भयावह हुनसक्ने बताउँदासमेत सरकारले यसतर्फ खासै तयारी नगरेको प्रति उनले चिन्ता व्यक्त गरे ।

‘प्रदेश सरकार आफ्नो स्रोत साधन अनुसार रोकथाममा लागेको छ । तर, यसको व्यवस्थापन संघीय सरकाले गर्नुपर्छ । सरकारले यहाँ न जनशक्ति र न उपकरण पठाइ रहेको छ,’ उनले गुनासो पोखे । जनस्तरमा समेत भौतिक दूरी, मास्क, सेनिटाइजरलगायतका साधनको प्रयोग अझै राम्ररी हुन नसकेको उनले बताए ।
खुला सीमा, स्वास्थ्य व्यवस्था र अनुशासनहीनताले प्रदेशमा संक्रमितसँगै संक्रमणबाट मृतकको संख्या बढ्दै गएको स्वास्थ्य विशेषज्ञ तथा सुरक्षा निकायका प्रमुखको विश्लेषण छ । सीमा सशस्त्र प्रहरी बलसँगै नेपाल प्रहरीसमेत खटाइए पनि लुकुछिपी आउजाउ भइरहेकाले संक्रमणको जोखिम बढिरहेको नेपाल प्रहरी प्रदेश २ का प्रमुख डिआइजि धीरजप्रताप सिंहले स्वीकार गरे ।

उनका अनुसार सरकारले भारतबाट आउन सिरहाका माडर, रौतहटको गौर र वीरगञ्ज नाका मात्र खुला गरिएको छ । तर, सीमाक्षेत्रका बासिन्दा मलखाद, खाद्यान्नलगातयका सामग्री खरिदका लागि लुकिछिपी भारततर्फ ओहोरदोहोर गर्ने क्रम अझै जारी छ ।

‘मल किसानलाई आवश्यक छ । एक बोरा मल ठूलो कुरा होइन् । तर मल लिन जानु र भारतबाट संक्रमित भएर आउनु ठूलो कुरो हो,’ डिआइजी संहले भने, ‘प्रहरी रातदिन खटिएकै छ । खुला सिमानाले चुनौती छँदैछ । हामीले भारतबाट लुकिलुकी आउने केहीलाई पक्राउ पनि गरेका छौँ । ओहोरदोहोर रोक्न सीमामा झडपका घटना पनि भएका छन् ।’

प्रदेशमा दिनहुँ आन्दोलन, विरोध प्रदर्शन र आन्दोलनमा ठूलो संख्यामा भीडभाड हुने गरेकाले संक्रमण नियन्त्रण थप चुनौती भएको उनको भनाइ छ । कोरोना रिपोर्ट पोजिटिभ आएका करिब ४० जनाले गलत सम्पर्क नम्बर र ठेगाना दिएकाले सम्पर्कमै आउन नसकेको डिआइजी सिंहले बताए ।

उनका अनुसार लकडाउन भएको ७० प्रतिशत व्यक्ति मास्क लगाउन आनाकानी गर्ने गर्थे । तर, प्रहरीको सक्रियता र कारबाहीपछि ३० प्रतिशतले मात्रै मास्क लगाउन आलटाल गरेका छन् । प्रहरीले मास्क नलगाउने १ लाख २० हजार जनालाई कारबाही गरेको उनले बताए ।

लकडाउन खुलेपछि भारतबाट फर्किएकाहरू सोझै समुदायमा गएर मिलेका कारण संक्रमण अझै बढेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्यको ठम्याइ छ । ‘भारतबाट फर्किर कोरोना पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ हुनुपर्थ्यो, त्यो भएन । जसले गर्दा समुदाय जोखिम बढ्यो,’ उनले भने । सीमामा ओहोर दोहोर रोक्न कडा निगरानीसँगै सशस्त्र प्रहरीले माइकिङ, साइकल, मोटरसाइकल पेट्रोलिङ थालेको उनको भनाइ छ ।

प्रदेश सरकारले के गर्दैछ ?

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सीमित स्रोतसाधन तथा जनशक्ति परिचालन गरी संक्रमण नियन्त्रण तथा रोकथामको प्रयास गरिरहेको जनाएको छ । स्वास्थय निर्देशनालय प्रदेश २ का जनस्वास्थय प्रशासक तथा प्रवक्ता विजय झाका अनुसार प्रदेश सरकाले अस्पताल स्तरोन्नति, हरेक जिल्लामा ५ सय बेडको आइसोलेसन निर्माण र उपकरण खरिदमा तीव्रता दिएको छ । प्रदेश सरकारले हालसम्म २ वटा पीसीआर मेसिन खरिद गरेको र ७ वटा अझै खरिद गर्ने योजना रहेको उनले बताए ।

‘८ वटै जिल्लामा पीसीआर मेसिन र ४ वटा अटोमेटेड मेसिन राख्ने कुरो भइरहेको छ । यो महिनाको अन्त्यतिर थप ३ वटा पीसीआर मेसिन खरिद हुँदैछ,’ झाले भने, ‘जम्मा ५० वटा भेन्टिलेटर खरिद गर्ने योजना छ । पहिलो चरणमा ३० वटा खरिद हुन लागेको छ ।’ प्रदेशका सरकारी अस्पतालमा हालसम्म १४ वटा भेन्टिलेर जडान गरिएको उनले बताए । तर, संक्रमणको अवस्था झनै भयावह बन्दै गएकाले प्रदेश सरकारको यो प्रयासमात्र पर्याप्त नरहेको जानकार बताउँछन् । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

Next Post
भेन्टिलेटर आभावमा सप्तरीमा एक संक्रमितको मृत्यु

भेन्टिलेटर आभावमा सप्तरीमा एक संक्रमितको मृत्यु

चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै

चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै

इन्द्रजात्रा आइतबारबाट सुरु भएको छ ।

इन्द्रजात्रा आइतबारबाट सुरु भएको छ ।

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .