• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले महाधिवेशनमा देउवाको सम्मान , प्रचण्ड भए गुमनाम


एमाले महाधिवेशनमा देउवाको सम्मान , प्रचण्ड भए गुमनाम

काठमाडौं । चितवनमा फेरि एकपल्ट पाैराणिक धार्मिक ग्रन्थबारे राजनीतिक शास्त्रार्थ चल्याे । राम जन्मभूमिनजिकै सरयु नदी भएको, अनि त्यो चितवनमै भएको ओली दाबीले अन्य ठाउँमा कस्तो प्रतिक्रिया पाउला भन्ने हेर्न बाँकी छ । प्रचण्डको चुनाव क्षेत्र पसेर उनले भने आज शुक्रबार वाहवाही लुटे ।

राेचक के भने देशकाे ठूलाे राजनीतिक पार्टी नेकपा एमालेले दशौँ महाधिवेशन गर्दैगर्दा छेउकाे एक पुस्तक स्टलमा ‘गीता तिम्राे ज्ञान अमृत’ नामक पुस्तक बिक्री भइरहेकाे थियाे । बिक्री पनि के भन्नु, ३ सय ४६ पेज माेटाे पुस्तककाे दाम जम्मा १५ रुपैयाँ मात्र हुनु नै राेचक कुरा थियाे । याद रहाेस्, पहिले एमालेका कार्यक्रमहरूमा कार्ल मार्क्स, एंगेल्स, लेनिन, मदन भण्डारी आदिका पुस्तक बिक्री हुन्थे ।

एमाले दशौँ महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा छेउकाे एक पुस्तक स्टलमा बिक्रीका लागि राखिएको ‘गीता तिम्राे ज्ञान अमृत’ नामक पुस्तक ।

कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले नारायणी किनारमा रामायणको कीर्तन लगाउँदै गर्दा, अनि गायत्री मन्त्रकाे पहिलाे लाइन जपेर सूर्य चिह्नको चुनावी महिमा गाउँदैगर्दा अर्का कम्युनिस्ट अध्यक्ष प्रचण्ड भने आजै महाभारत भन्ने ठाउँमा हेलिकोप्टर लिएर उडे । महाभारत काभ्रेमा पर्छ ।

माओवादी केन्द्रका तर्फबाट एमाले दशौँ महाधिवेशनमा शुभकामना बाँड्न आएका लीलामणि पोखरेलका अनुसार प्रचण्ड ‘अति महत्त्वपूर्ण काममा व्यस्त भएकाले’ महाभारत गएका हुन् । तर, आफ्नो निर्वाचनक्षेत्रमा आयोजित प्रतिस्पर्धी पार्टीको विशाल सभामा स्वागत गर्ने गज्जबको मौका भने प्रचण्डले गुमाउन पुगे ।

भीमनिधि तिवारीकाे काव्य पङ्क्ति छः ‘ओठले नहाँसे पनि दाँतले हाँस्नुपर्छ, मनले बहिष्कार गरे पनि मुखले नमस्कार गर्नुपर्छ ।’ राजनीतिमा याे कुरा झन् बढी लागू हुन्छ ।

प्रचण्ड तिनै सांसद हुन्, जसलाई एमाले कार्यकर्ता र समर्थकले भोट हालेर ०७४ को आमचुनावमा जिताएथे । अनि त्यसअघि ०७० को सिरहा चुनावमा उनका लागि एमाले प्रत्यासी लीला श्रेष्ठको सम्भावना ‘संरचनागत गडबडी’ गर्न सहमत गराएर सिट सुरक्षित गराइएको थियो । प्रचण्डले ओठले नहाँसे पनि दाँतले हाँस्ने माैका गुमाए । मनले मुर्दावाद भने पनि मुखले धन्यवाद भन्ने माैका गुमाए । ओलीले प्रधानमन्त्री छँदा बेला ठाेरीमा रामभूमि रहेकाे भन्दै ताम्दानमा बालुवाटारबाट रामसीता मूर्ति पठाई चुनावी कार्ड फालिसक्दा प्रचण्ड भने डिक्सनरीकाे अप्ठ्यारो शब्द ‘किंकर्तव्यविमूढ’ बन्न पुगेका छन् ।

जबकि, ओलीले ‘परमादेश सरकारका प्रधानमन्त्री’ भनी दर्जनौँपटक हुर्मत लिइएका, अनि शपथग्रहणमा समेत नगएर बेइज्जत गरिएका शेरबहादुर देउवा भने नारायणगढ पुगेर शुभकामना दिन भ्याए । देउवा प्रधानमन्त्री भएयताका पाँच महिना ओलीले उनलाई भेटेका थिएनन् । संसद्‌मा देउवा बाेल्ने बेला ओली उठेर हिँडिदिन्थे । तैपनि देउवाले आफ्नाे माैका पर्नेबित्तिकै कांग्रेसकाे सदावहार प्रतिद्वन्द्वी पार्टी एमालेलाई शुभकामना दिएर लोकतान्त्रिक संस्कार देखाए ।

जबकि, ओलीले ‘परमादेश सरकारका प्रधानमन्त्री’ भनी दर्जनौँपटक हुर्मत लिइएका, अनि शपथग्रहणमा समेत नगएर बेइज्जत गरिएका शेरबहादुर देउवा भने नारायणगढ पुगेर शुभकामना दिन भ्याए । देउवा प्रधानमन्त्री भएयताका पाँच महिना ओलीले उनलाई भेटेका थिएनन् । संसद्‌मा देउवा बाेल्ने बेला ओली उठेर हिँडिदिन्थे । तैपनि देउवाले आफ्नाे माैका पर्नेबित्तिकै कांग्रेसकाे सदावहार प्रतिद्वन्द्वी पार्टी एमालेलाई शुभकामना दिएर लोकतान्त्रिक संस्कार देखाए । प्रचण्ड आफूलाई कत्ति न हिराे ठान्छन् । तर, देउवा अभिनयमा पाेख्त छन् । यिनै देउवा त हुन्, जसले आफ्नै गृहजिल्लादेखि रूपन्देहीसम्म, प्युठानदेखि जिल्लाजिल्लासम्म आफूसँग असहमत कांग्रेसीहरूमाथि जिल्ला अधिवेशनहरूमा बल प्रयाेग गराइरहेका छन् । तैपनि चितवनमा उनकाे लाेकतान्त्रिक अभिनय सफल नै रह्याे ।

एमालेको १०औँ महाधिवेशन उद्घाटन समारोहमा उपस्थित नेताहरू । 

प्रचण्डले भने याे माैका गुमाउन पुगे । उनले अस्तिसम्म दुई अध्यक्ष भएर बसेको पार्टीका अर्का अध्यक्षलाई भावनात्मक अपिल गर्न सक्थे । उनले शब्दैमा सही, फेरि एक हुन सक्ने संकल्प गर्न ओलीलाई इमोसनल दबाब दिन सक्थे । केही नभए पनि आफ्नो क्षेत्रका मतदातासामु आफूलाई सहिष्णु देखाउन बल गर्ने थिए । उनलाई केही नाेक्सान थिएन, बरू फाइदै थियाे । राजनीतिक संस्कारका लागि, कम्तीमा चुनावी फाइदाका लागि ।  शिलापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री
  • २०७८ मंसिर ११, शनिबार १९:२५
  • In "देश"
  • पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने
  • २०७८ मंसिर ११, शनिबार १९:२५
  • In "देश"
  • राम्रो बजार नहुँदा अफगानिस्तानका ३० प्रतिशत पुस्तक बिक्रेताले व्यापार बन्द
  • २०७८ मंसिर ११, शनिबार १९:२५
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

दुई छोराछोरीको विष खुवाएर हत्या गरी आमाले गरिन् आत्महत्या, साँझ श्रीमानसंग फोनमा भएको थियो विवाद

मेयरको राजीनामा माग्दै जनकपुरधामका वडाअध्यक्ष काठमाडौंमा

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त, यादवले दिए राजीनामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version