No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काँग्रेस महाधिवेशन : प्रारम्भिक नतिजाले प्रधानमन्त्री देउवा उत्साहित, सभापतिमा दोहोरिने निश्चित

काँग्रेस महाधिवेशन : प्रारम्भिक नतिजाले प्रधानमन्त्री देउवा उत्साहित, सभापतिमा दोहोरिने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका, जिल्ला, क्षेत्रीय र केन्द्रीय प्रतिनिधि निर्वाचन लगभग सम्पन्न भएको छ । परिणामहरु धमाधम आइरहेको छ ।

प्रारम्भिक परिणामअनुसार देशभर संस्थापन अर्थात सभापति एवं शेरबहादुर देउवा पक्ष हावी भएको छ । पछिल्लो परिणाम हेर्दा संस्थापन पक्ष निकै अगाडि देखिएको छ । बालुवाटार स्रोतका अनुसार परिणामले प्रधानमन्त्री देउवा उत्साहित छन् ।

मंसिर अन्तिम साता काठमाडौमा हुने १४औं महाधिवेशनको नतिजाको दृश्य स्पष्ट पार्ने केन्द्रीय प्रतिनिधि चयनका परिणाम सुखद आएसँगै देउवा सभापतिमा दोहोरिने निश्चित जस्तै छ ।

त्यसमाथि संस्थापन इतर अर्थात रामचन्द्र पौडेल समूहभित्र एकता नहुनु, महामन्त्री शशांक कोइरालादेखि प्रकाशमान सिंहसम्म उपगुट हुनु, सभापतिमै भिड्न खोज्नुले पनि यसपालि सभापतिमा देउवाले नै बाजी मार्ने परिस्थिति बन्दै गएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनको परिणामले पनि त्यहीँ देखाएको छ ।

प्रारम्भिक मत परिणाम

विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरुको परिणाम सार्वजनिक भइरहेको छ । प्रदेश २ बाहेकका अरु प्रदेशमा लगभग महाधिवेशन प्रतिनिधिको निर्वाचन भइसकेको छ । जिल्लाका परिणामहरु आइरहेका छन् ।

प्रारम्भिक मत परिणामअनुसार काँग्रेसमा संस्थापन पक्षका प्रतिनिधिहरु बढी आएका देखिएको छ । संस्थापन पक्षका प्रतिनिधिहरु ७० प्रतिशतको हाराहारीमा आएका छन् । विभिन्न जिल्लाबाट प्राप्त मंगलबार अपराह्नसम्मको मत परिणामअनुसार अधिकांश जिल्लामा देउवा पक्षका प्रतिनिधिहरु आएका छन् ।

दोस्रोमा पौडेल पक्ष, तेस्रो स्थानमा कृष्णप्रसाद सिटौला पक्षका प्रतिनिधि चुनिएका छन् । सभापतिको दौडमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि पक्षको भने प्रतिनिधित्व साघुरो छ ।

प्रदेश १ को मोरङमा शशांक-शेखर कोइराला पक्षका प्रतिनिधि आएबाहेक अन्य जिल्लामा देउवाको पक्षीय प्रतिनिधिको वर्चश्व देखिएको छ । त्यसैगरी पौडेलको प्रभाव रहेको ठानिने गण्डकी प्रदेशमा पनि देउवा पक्षका प्रतिनिधिहरु ६० प्रतिशतको हाराहारीमा निर्वाचित भएका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने देउवाको एकलौटी देखिएको छ । यी प्रदेशमा प्रारम्भिक नतिजामा देउवाको ७० प्रतिशतभन्दा बढी प्रतिनिधि आएका छन् । पौडेल समूहमा उम्मेदवारीमा सबैले दाबी गरेर एकता नहुँदा यसको असर महाधिवेशन प्रतिनिधि चयनमा पनि देखिएको नेताहरु स्वीकार्छन् । जसको फाइदा देउवालाई पुगेको छ ।

परिस्थिति यसरी नै अघि बढ्दै गए प्रधानमन्त्री देउवा फेरि सभापतिमा दोहोरिन कसैले रोक्न नसक्ने निश्चित छ । फेरि नेतृत्व प्राप्त गर्न सहज हुने परिस्थिति बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सिमेन्ट उद्योगमा धमाधम बिजुली : प्रतिबोरा १० रुपैयाँसम्म घट्न सक्छ भाउ

सिमेन्ट उद्योगमा धमाधम बिजुली : प्रतिबोरा १० रुपैयाँसम्म घट्न सक्छ भाउ

भोजन नै चिकित्सा

भोजन नै चिकित्सा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .