काठमाडौं । विगत एक वर्षदेखि चीनले डोक्लाम नजिकै भुटानी भूभाग कब्जा गरी निर्माण कार्य गरिरहेको छ । यस अवधिमा उनीहरूले सीमावर्ती १०० वर्ग किलोमिटर क्षेत्रमा चारवटा गाउँ बनाए । ओपन सोर्स इन्टेलिजेन्स २म्ष्तचभकाब हालै एक उपग्रह छवि ट्वीट गरेर उही दावी गर्यो। सन् २०१६ मा भारत र चीनबीच डोकलाममा भिडन्त भएको थियो । विज्ञहरूले चीन र भुटानको विवादित भूभागमा चीनको कब्जा भारतका लागि चिन्ताको विषय भएको बताउँछन् । यद्यपी केन्द्रले यस विषयमा आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।
भुटानसँगको सीमा विवाद लामो समयदेखि चलिरहेको छ । यो समस्या समाधान गर्न चीनले भुटानलाई निरन्तर दबाब दिइरहेको छ। यस पटक चीनले भुटानी भूमिमा सिधै गाउँहरू निर्माण गरेर तनावको नयाँ वातावरण सिर्जना गरेको छ। स्याटेलाइट इमेजमा चारवटा गाउँ कैद भए पनि चीनले चारभन्दा बढी गाउँ बनाएको विज्ञहरुको दाबी छ । त्यति मात्र होइन, क्षेत्रमा ठूलो संख्यामा सेना तैनाथ गरिएको छ ।