No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अन्तरिक्षमा कसरी बित्छ यात्रीको दैनिकी ?


अन्तरिक्षमा कसरी बित्छ यात्रीको दैनिकी ?

काठमाडौं । अन्तरिक्षमा मानवले पहिलो पाइला टेकेको छ दशक बितिसकेको छ । त्यो समयदेखि आजसम्म आउँदा मानिसको अन्तरिक्ष यात्रामा धेरै फरक आइसकेको छ ।

यो अवधिमा अन्तरिक्षमा मानिसहरूले धेरै अध्ययन-अनुसन्धान परीक्षण गरिसकेका छन् र अझै पनि थप परिष्कृत प्रविधिसँग अगाडि बढिरहेका छन् ।

हामीले अन्तरिक्षमा जाने यात्रीहरूका बारेमा धेरै सुनेका छौं । केही नयाँ पुस्ता अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित अगाडि पनि बढेका छन् । तर सायद हामी सबैलाई थाहा नहुन सक्छ, आखिर अन्तरिक्षयात्री के गर्छन् त अन्तरिक्षमा ? कस्तो हुन्छ उनीहरूको दैनिकी ?

यहाँ हामी तपाईंलाई अन्तरिक्षमा अन्तरिक्षयात्रीको सामान्य दैनिकी कस्तो हुन्छ भनेर बताउनेछौं ।

तपाईंलाई लाग्नसक्छ, अन्तरिक्षमा गएका अन्तरिक्षयात्रीको काम र उनीहरूकाे दैनिकी पनि हाम्रो जस्तै हुन्छ । विहानै उठ्ने काम गर्ने, अनि सुत्ने ।

यद्यपि साेचेजस्ताे सहज छैन अन्तरिक्षको दैनिकी । अन्तरिक्षयात्रीहरू वास्तवमा धेरै व्यस्त हुन्छन् ।

उनीहरूले यानमा रहेर धेरै वैज्ञानिक परीक्षण गर्नुपर्ने हुन्छ । यो सँगै उनीहरूले यानको स्थिति, सरसफाई, उपकरणहरूको मर्मत र रेखदेख लगायतका काम पनि गर्नुपर्ने हुन्छ ।

अनुसन्धान परीक्षणको कामसँगै अन्तरिक्षयात्रीले आफ्नो स्वास्थ्यको लागि पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ । उनीहरू यानभित्रै व्यायाम पनि गर्छन् । अनि कहिलेकाहिँ घुम्नका लागि यानबाट बाहिर पनि जान्छन् ।

अन्तरिक्षमा विहानी 

अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा दिनको कुरा गर्दा सुरु गरौं विहानको दैनिकीबाट । विहान उठेर के गर्छन् त अन्तरिक्षयात्रीहरू ? पृथ्वीमा जस्तै अन्तरिक्षमा पनि अन्तरिक्षयात्रीको विहानको दैनिकी लगभग उस्तै हुन्छ ।

विहानको नित्य कर्म जस्तै; दाँत माझ्ने, मुख धुने, नुहाउने अनि व्यायाम गर्ने । फरक यत्ति छ कि, पृथ्वीमा व्यायाम नगर्ने छुट पनि हुन्छ । तर अन्तरिक्षमा त्यो छुट छैन ।

हड्डी र मांसपेशीमा हुने समस्यालाई रोक्नका लागि अन्तरिक्ष यात्रीहरूले दिनमा करिब दुई घण्टा व्यायाम गर्नुपर्ने हुन्छ । माइक्रोग्र्याभिटीमा शरीरलाई स्वस्थ राख्न पनि व्यायामको आवश्यकता पर्दछ ।

त्यस्तै प्रत्येक अन्तरिक्षयात्रीको लागि छुट्टै ‘हाइजिन किट’ (सरसफाईको सामग्री) हुन्छ, जसमा नुहाउने साबुन, स्याम्पु, ब्रस, मन्जन, काइयो, रेजर, कैंचीदेखि सबै कुरा हुन्छन् । यसरी विहानको नित्य कर्मपछि पृथ्वीमा जस्तै उनीहरू पनि आफ्नो ब्रेकफास्ट (विहानको नास्ता) लिन्छन् ।

अन्तरिक्षमा काम

अन्तरिक्ष यात्रीहरूले पृथ्वीको परिक्रमा गरिरहँदा धेरै काम गर्छन् । अन्तरिक्षयात्रीको मुख्य काम भनेको अध्ययन अनुसन्धान नै हो । अन्तरिक्षयात्रीहरूले विभिन्न साइन्स एक्सपेरिमेन्टहरू गर्ने ग्राउन्डबाट भएका गतिविधिहरू निगरानी गर्ने काम गर्छन् ।

यसैबीच उनीहरूले आफ्नो शरीरले माइक्रोग्र्याभिटीमा कतिको एडजस्ट गरिरहेको छ भनेर जाँच्नका लागि पनि समय-समयमा विभिन्न मेडिकल परीक्षणहरू गर्नुपर्ने हुन्छ ।

त्यसैगरी यानको उपकरण, सपोर्ट सिस्टम र क्लिनिङ फिल्टरहरू ठीक अवस्थामा भए/नभएको र केही समस्या आएमा उपकरणहरूको मर्मत गर्ने लगायतका काम पनि हुन्छन् ।

यता पृथ्वीमा रहेको मिसन कन्ट्रोल सेन्टरले पनि हरेक दिन विभिन्न कामका लागि निर्देशन पठाउने गर्छन् र सोही निर्देशनअनुरुप अन्तरिक्षयात्रीहरू काम गर्ने गर्छन् ।

अन्तरिक्षमा खाना 

पृथ्वीमा जस्तै अन्तरिक्षमा पनि दिनको तीनपटक खाना खाने गरिन्छ; विहानको नास्ता, दिउँसोको खाना र बेलुकीको खाना । यद्यपि पृथ्विमा खाने खानाभन्दा अन्तरिक्षमा खाने खाना निकै फरक हुन्छ ।

न्युट्रिसनिस्ट अर्थात पोषणविद्हरूले अन्तरिक्षयात्रीका लागि उनीहरूलाई भिटामिन र खनिजहरूको सन्तुलित आपूर्ति उपलब्ध गराउने विशेष खानाहरू छनौट गरी पठाइन्छ ।

पृथ्वीमा बसेको मानिसलाई भन्दा अन्तरिक्ष यात्रीहरूको लागि क्यालोरी आवश्यकता फरक हुन्छ । जस्तो कि, एक जना महिलालाई अन्तरिक्षमा करिब १,९०० प्रतिदिन क्यालोरीको आवश्यकता हुन्छ भने एउटा पुरुषलाई दैनिक ३,२०० क्यालोरीको आवश्यकता हुन्छ ।

सोही अनुरुप अन्तरिक्षयात्रीका लागि विभिन्न खानेकुरा जस्तै फलफूल, पिनट बटर, कुखुराको मासु, सिफुड, चकलेट, ब्राउनी, कफी, चिया, सुन्तलाको जुस लगायत उपलब्ध गराइएको हुन्छ ।

अन्तरिक्षमा निन्द्रा 

लामो दिनको कामको थकानपछि सबैभन्दा मिठो भनेको रातको निन्द्रा हुन्छ । पृथ्वीमा जस्तै अन्तरिक्षमा पनि अन्तरिक्षयात्रीहरू सुत्ने एउटा समय हुन्छ । यद्यपि अन्तरिक्षमा पृथ्वीमा जस्तो विहान र बेलुका ठ्याक्कै नछुटिने हुँदा अन्तरिक्षयात्रीहरू आफ्नो ‘मिसन डे’ सकिएपछि निदाउने गर्छन् ।

अर्को कुरा माइक्रोग्र्याभिटीका कारण अन्तरिक्षयात्रीहरू कुनै पनि अवस्था वा आसनमा सुत्न सक्छन्, तर उनीहरूले आफूलाई बाँधेर राख्नुपर्छ, ताकि उनीहरू निन्द्रामा कतै उडेर नजाउन् । सुन्दा रोचक र केही हास उठ्दो जस्तो लागेपनि यो सहज भने छैन ।

उनीहरू एउटा क्याबिनमा स्लिपिङ ब्यागमा सुत्ने गर्छन् र कहिलेकाहिँ मोसन सिकनेस (कुनै सवारीमा यात्रा गर्दा टाउको दुख्ने, चक्कर लाग्ने वा उल्टी हुने समस्या) का कारणले उनीहरू सुत्न सक्दैनन् ।

अन्तरिक्षमा पनि आठ घण्टाको निन्द्रालाई अनिवार्य गरिएको छ, तर निद्रा विभिन्न कारणले बिग्रिने समस्या धेरै हुनसक्छ ।

अन्तरिक्षमा छुट्टी

अन्तरिक्षमा धेरै कुरा पृथ्वीमा जस्तै हुन्छभन्दा मनमा लाग्न सक्छ, के अन्तरिक्षमा छुट्टी हुन्छ ? जसरी यहाँ हप्ताको एक दिन छुट्टी हुन्छ । पक्कै पनि अन्तरिक्षमा बस्नु भनेको सधैं काममात्र गर्नु भने होइन ।

अन्तरिक्ष यात्रीहरू पनि छुट्टी लिन्छन्, अनि रमाइलो गर्न मन पराउँछन् । यदि तपाईं केही महिनाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा बस्दै हुनुहुन्छ भने तपाईंको दैनिकी परिक्षण र अनुसन्धान मात्र होइन ।

मानिसलाई मानसिक स्वास्थ र गुणस्तर जीवनका लागि पनि आफ्नै दैनिकीबाट पनि छुट्टी चाहिन्छ, जुन दिन उनीहरू रमाइलो गर्छन् र आफ्नो मस्तिष्कलाई आराम दिन्छन् । अन्तरिक्षमा छुट्टिको रोचक पक्ष भनेको साइट-सिन (बाहिरको पर्यावरण अवलोकन) हो ।

अन्तरिक्षयात्रीले अन्तरिक्षबाट बाहिरको सुन्दर दृश्य हेर्न सक्छन्, प्रत्येक ४५ मिनेटका लागि हुने सुर्योदय र सुर्यास्त अवलोकन गर्न सक्छन् ।

अन्तरक्षियात्रीहरूलाई पनि पालैपालो गरेर हप्तामा एक दिन छुट्टी दिइन्छ । पृथ्वीको परिक्रमा गर्दा अन्तरिक्ष यात्रीहरूलाई आफ्नो व्यस्त तालिकाबाट विश्रामको आवश्यकता हुन्छ ।

कहिलेकाहिँ महिनौंसम्म काममात्र गर्नुपर्दा अन्तरिक्षयात्रीलाई पनि तनाव हुने गर्छ । यसैले पृथ्वीमा रहेका मिसनका योजनाकारले अन्तरिक्ष यात्रीलाई आराम गर्न, व्यायाम गर्न र केही रमाइलो गर्नका लागि प्रत्येक दिन समय निर्धारण गर्छन् । स्टेसन चालक दलका सदस्यले काम गर्दा रमाइलोको लागि पनि समय व्यवस्थापन गरेको हुन्छ ।

अन्तरिक्षमा हुने परीक्षणमा कहिलकाहिँ सामान्य खेलौनाहरू पनि प्रयोग गरिन्छ । योसँगै स्पेस स्टेसनमा, अन्तरिक्षयात्रीहरूको लागि मुभी, संगीत, पुस्तकहरू, तास लगायत अन्य खेलको पनि व्यवस्था गरिएको हुन्छ । साथै उनीहरूले सोही समयमा पृथ्वीमा भएको आफ्नो परिवारसँग पनि सम्पर्क गर्नसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
पाकिस्तानको पूर्वाधार परियोजनाका लागि ६ अर्ब डलर ऋण दिन चीन अनिच्छुक !

पाकिस्तानको पूर्वाधार परियोजनाका लागि ६ अर्ब डलर ऋण दिन चीन अनिच्छुक !

नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले बढ़ाए हाथ :- किफायतुल्ला

नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले बढ़ाए हाथ :- किफायतुल्ला

अनुदानको बारेमा गलत सूचना आउनु अचम्मको कुरा ‘ नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं

अनुदानको बारेमा गलत सूचना आउनु अचम्मको कुरा ‘ नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .