• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ई-पासपोर्टबारे जान्नैपर्ने ११ कुरा


ई-पासपोर्टबारे जान्नैपर्ने ११ कुरा

काठमाडौं । मसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै सरकारले गत बुधबारदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) प्रचलनमा ल्याएको छ ।

परीक्षणकालीन वितरणको रूपमा सुरू भएको ई-पासपोर्टका लागि सेवाग्राहीले अनलाइनबाट आवेदन दिनसक्छन् ।

यसैबीच हामी ई-पासपोर्टबारे जान्नैपर्ने ५ कुराको जानकारी दिँदै छौं ।

१. विद्युतीय राहदानी के हो ?

हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् ।

यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।

ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

२. विशेषताहरु के छन् ?

नेपालले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो । पोलिकार्बोनेट सहितको डाटापेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो ।

साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण (३४ र ६६ पृष्ट), सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । सिम्यान्स अभिलेख किताब जारी गर्नको लागि भने आन्तरिक तयारीको कारणले केही बढी समय लाग्ने छ ।

३. के राष्ट्रियपरिचयपत्र वा यसको नम्बर अनिवार्य हो ? कहाँबाट लिन सकिन्छ ?

१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको हकमा अनिवार्य हो । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन ।

जुनसुकै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचय पत्रको लागि निवेदन दिन सकिने व्यवस्था छ । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ ।

४. हाल कुन कुन ठाउँमा विद्युतीय राहदानीको लागि निवेदन दिन सकिन्छ ?

हाल राहदानी विभागमा ३४ पृष्ठको विद्युतीय साधारण राहदानीको लागि मात्र निवेदन दिन सकिन्छ । केही हप्ता पछि क्रमिक रुपमा जिल्ला प्रशासन तथा तोकिएका इलाका प्रशासन कार्यालयहरुबाट निवेदन दिन सकिने छ ।

हाल विदेशस्थित कूटनीतिक नियोगहरुबाट निवेदन दिन सकिने छैन । करिब दुई महिना पछि मात्र नियोगहरुमा आवेदन दिन सक्ने व्यवस्था मिलाइने छ ।

५. म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?

हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।

६. म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन?

राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ ।

यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।

७. विद्युतीय राहदानी जारी भए पछि उपलब्ध हुने अरु सुविधाहरु के के छन् ?

विदेशस्थित कुटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरुले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागबाट राहदानी उत्पादन हुन्छ । मेशिन रिडेबल राहदानीको जस्तै भौतिकरुपमा फर्म भरेर तस्विर टासेर पठाउनु पर्दैन ।

यसले गर्दा हाल लाग्ने गरेको समय भन्दा कम्तिमा पनि आधा समयमा नै विदेशस्थित कुटनीतिक नियोगहरु र जिल्ला प्रशासन कार्यालयहरुले राहदानी प्राप्त गर्न सक्छन । मेशिन रिडेबल राहदानीको लागि आइसिआर फर्म स्क्यान गर्दा धेरै त्रुटी हुने सम्भावना हुन्छ ।

तर विद्युतीय राहदानीमा डिजिटल रुपमा फर्म भर्नु पर्ने हुनाले त्रुटी हुने सम्भावना पनि कम हुन्छ । समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो र लाइन बस्नुपर्ने हुँदैन ।

विश्वमा हाल चलेको सबै भन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वासयोग्य हुनुको साथै विदेश यात्रामा सहजता हुन्छ । विद्युतीय गेटहरुमा पनि आफै स्क्यान गरेर जान सकिने सक्छ । लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनाले एमआरपी जस्तै तस्विरहरु नमिलेर दु:ख पाउनु पर्ने पनि हुँदैन ।

८. राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर कसरी लिने ?

हाललाई नेपालबाट विद्युतीय राहदानी बनाउनेहरुको हकमा राष्ट्रिय परिचय पत्र वा सो को नम्बर आवश्यक पर्ने हुनाले यथासमयमा नै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रको लागि निवेदन दिई राष्ट्रिय परिचय पत्र वा नम्बर लिइराख्न अनुरोध गरिएकाे छ ।

राष्ट्रिय परिचपपत्र पाउन समय लागे पनि त्यसको नम्बर भने तुरुन्त पाउन सकिने हुनाले कुनै समस्या हुँदैन । लामो समयको लागि विदेश जानेहरुले पनि राष्ट्रिय परिचयपत्र लिन वा सो सम्भव नभएमा निवेदन दिएर राष्ट्रिय परिचयपत्रको परिचय नम्बर लिन अनुरोध गरिएकाे छ ।

९. विद्युतीय राहदानीको लागि कसरी निवेदन दिने ?

राहदानी विभागले वेबसाइटमा विद्युतीय राहदानीको लागि बुकिङ्ग खुला गरेको छ । यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फर्म भरेर बुकिङ्ग गऱ्यो, उसको पालो पहिले आउँछ । यसमा सोर्सफोर्स भनसुन केही चल्दैन ।

विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिंची प्रिइन्रोलमेन्ट पोर्टल मार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ ।

आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जानु पर्दछ । मिति र समय बुक नगरी जानेहरुको हकमा निवेदन लिन नसकिने विभागले जनाएकाे छ ।

फाराम भर्दा जन्म मिति, नाम आदि विवरण दोहोराई तेहेराई हेरेर कुनै गल्ती नगर्नुहाेस् । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुन: बनाउनु परेमा राहदानी नियमावलीअनुसार थप दस्तुर लाग्ने हुन्छ । अत: फाराम भर्ने भराउने कार्य गर्दा विशेष सावधानी अपनाउनुहाेस् ।

१०. विद्युतीय राहदानी लिन समय नपाएमा हालको मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि?

अन्तरिम समयमा विद्युतीय राहदानीको धेरै माग भएमा र बुकिङ्गको समय लिन नसकिएको अवस्थामा यदि विदेश जान अत्यावश्यक पऱ्यो भने कारण र प्रमाण सहित आएमा मात्र हालको मेशिन रिडेबल राहदानी लिन सकिन्छ ।

११. विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ?
विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ ।

विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दुर्त सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै बाह्र हजार दस्तुर तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ ।

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा २० हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । विस्तृत विवरणको लागि यो लिंक थिच्नुहाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भक्तपुरमा आजदेखि दिन थालियो विद्युतीय राहदानी
  • २०७८ मंसिर ५, आईतवार १४:०४
  • In "मुख्य समाचार"
  • मंसिर १ गतेदेखि ‘२० युनिटसम्म बिजुली फ्री’
  • २०७८ मंसिर ५, आईतवार १४:०४
  • In "देश"
  • एक महिनामा नेपाल भित्रिए झण्डै ९ सय विद्युतीय गाडी
  • २०७८ मंसिर ५, आईतवार १४:०४
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

भरपर्दो देखिएन टेस्लाको कार, अन्तिममा पर्‍यो विश्वसनीय ब्राण्डको सूचीमा

सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं : प्रचण्ड

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version