• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव


नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

काठमाडौं । उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्टिबलिटी’ कानुनी प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ ।

प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल नम्बर पोर्टिबलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ मा आवश्यक पर्दा आफ्नो एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो व्यवस्था लागु भएमा नेपाल टेलिकम, एनसेल वा स्मार्टका सेवाग्राहीले आफ्नै नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सक्ने छन् । अर्थात् नेपाल टेकिलमका प्रयोगकर्ताले एनसेल वा स्मार्ट, एनसेलका प्रयोगकर्ताले टेलिकम वा स्मार्ट र स्मार्टका प्रयोगकर्ताले टेलिकम वा एनसेलको नेटवर्कमा स्विच गरेर सेवा लिन सक्ने छन् । यो व्यवस्थापछि पुरानो सिमकार्डकै नम्बरबाट नयाँ सेवा प्रदायकको नम्बर लिने पाइनेछ ।

सरकारले यो सेवा दिने गरी कुनै एक कम्पनीलाई नम्बर पोर्टिबिलिटी क्लियरिङ हाउसका रुपमा अनुमतिपत्र दिने छ । त्यसका लागि चाहने पूर्वाधारको स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मत लगायतका काम सो कम्पनीको हुनेछ ।

दूरसञ्चार प्राधिरकणले प्रतिस्पर्धाका माध्यमबाट यस्तो सेवा प्रदायकको छनोट गर्नेछ । छनोट भएकालाई अनुमति पत्र दिने र नम्बर पोर्टिबिलिटीको सेवा सञ्चालनका सबै जिम्मा सोही कम्पनीको हुने मस्यौदामा उल्लेख छ । एक पटक छनोट भएको कम्पनीले ५ वर्षका लागि अनुमति पत्र पाउने छ ।

यस्तो अनुमति पाएको कम्पनीले नेपालका मोबाइल सेवा प्रदायकलाई नम्बर पोर्टिङका लागि सहयोग तथा समन्वय गर्नेछ । यस्ता कम्पनीले नेपालको कानुनअनुसार तथ्यांक सुरक्षाको काम पनि गर्नुपर्ने छ ।

यस्तो सेवा भेदभावरहित हुनुपर्ने मस्यौदामा उल्लेख छ । सेवाग्राहीले आफूले पोर्टिङ गर्न चाहेको प्रापक (आफ्नो भन्दा फरक) सेवा प्रदायककोमा गएर निवेदन दिनुपर्ने छ । प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको नम्बर मात्रै पोर्टिङ सुविधाका लागि छनोट गर्नुपर्ने छ ।

सो सेवा प्रदायकले कुनै शुल्क विना र शून्य मौज्दात भएको अवस्थामा समेत पोर्टिङ सम्बन्धी एमएमस पठाउने गरी यो सेवा दिनुपर्ने मस्यौदामा उल्लेख छ ।

कुनै सेवा प्रदायकको सेवा लिन थालेको ९० दिन पुगेका ग्राहकले मात्रै पोर्टिङको सुविधा पाउनेछन् । ग्राहकको आफ्नो (दातृ) सेवा प्रदायक र प्रापक सेवा प्रदायकमा ग्राहकले बुझाएका विवरण मिल्नुपर्ने छ । दातृ सेवा प्रदायकसँग सेवाग्राहीको कुनै आर्थिक दायित्व भए त्यसको भुक्तानी भइसकेको हुनुपर्नेछ ।

नम्बर ब्लक गरेको वा कुनै सेवा रोक लगाएको अवस्था भए सेवा लिन सकिने छैन । यस्ता शर्तहरू पुरा गरेर अनुमति पाएका प्रयोगकर्ताले एउटै नम्बरबाट फरक–फरक नेटवर्कमा पोर्टिङ गरेर सेवा लिन सक्ने छन् ।

पोर्टिङ प्रक्रियामा गएको जानकारी मोबाइल क्लियरिङ हाउसले प्रयोगकर्तालाई एसएमएसमार्फत दिने छ ।

त्यसका लागि ग्राहले बदलेको नयाँ सेवा प्रदाकयले सिमकार्ड उपलब्ध गराउनेछ । तर, मोबइल नमबर भने पुरानै सेवा प्रदायकको नै हुनेछ । पोर्टिङपछि सेवा लिइरहँदा दातृ सेवा प्रदायकले यस्ता ग्राहकको सेवामा कुनै खालको अवरोध गर्न पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै नम्बर, पर्दैन छुट्टाछुट्टै सम्झिन
  • २०७८ मंसिर ५, आईतवार १५:५४
  • In "BannerNews"
  • सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी
  • २०७८ मंसिर ५, आईतवार १५:५४
  • In "समाचार"
  • अब सरकारी सेवा हातहातमै, कागजात बाेक्ने र लाइन बस्ने झन्झट अन्त्य
  • २०७८ मंसिर ५, आईतवार १५:५४
  • In "देश"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

अन्तरिक्षमा कसरी बित्छ यात्रीको दैनिकी ?

पाकिस्तानको पूर्वाधार परियोजनाका लागि ६ अर्ब डलर ऋण दिन चीन अनिच्छुक !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version