No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतको टनकपुर ब्यारेजबाट नेपालले सिचाईको लागि पाउने उपयोग गर्न नहर खन्दै

भारतको टनकपुर ब्यारेजबाट नेपालले सिचाईको लागि पाउने उपयोग गर्न नहर खन्दै

नेपालले आगामी नयाँ जनवरीदेखि टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउने भएको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउने भएको हो ।
सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले डिसेम्बरको अन्तिमदेखि टनकपुरबाट नेपालतर्फको भूभागमा पानी छाड्ने जानकारी दिएको छ । ‘पहिलोपटक टनकपुर ब्यारेजबाट हामीले पानी पाउँदैछौं,’ उनले भने, ‘यसले महाकाली सन्धि कार्यान्वयनमा एउटा इँटा थप्छ ।’

भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार भने तयार भइसकेको छैन । महाकाली सन्धिअनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीनसय क्युसेक तथा वषर्ायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ ।
नेपालले टनकपुर ब्यारेजबाट पाउने पानी उपयोगका लागि महाकाली सिँचाइ आयोजना तयार गरिरहेको छ । महाकाली सन्धिले टनकपुर बाँधको बायाँतर्फ हेड रेगुलेटर -पानी नियन्त्रक संयन्त्र) सहित नेपाल-भारत सीमासम्मको नहर भारतले नै निर्माण गर्नुपर्ने उल्लेख छ । सन्धिअनुसार टनकपुर ब्यारेजबाट भीमदत्त नगरपालिका-९ मटिनाको नेपाल-भारत सीमा १२ सय मिटर नहर बनाउनुपर्ने थियो ।

महाकाली सिंचाइ आयोजना बनेपछि मूल रुपमा व्रह्मदेव र त्रिभुवननगर क्षेत्रमा बाह्रैमास सिंचाइ सुविधा पुग्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिंचाइ पूर्वाधार भने तयार भइसकेको छैन

तर, लामो सयमको अन्तरविरोध समाधान गरेर भारतले गत डिसेम्बरदेखि मात्रै सन्धिअनुसार नहर बनाउन थालेको थियो । सीमासम्मको नहर आगामी डिसेम्बर अन्तिमसम्म तयार भएर पानी छोड्ने भारत सरकारले बताएको सिंचाइ विभागका उपमहानिर्देशक कृष्ण खनालले जानकारी दिए ।
नेपालले सन् २०१४ मा नै यो नहर तयार गर्ने गरी आफ्नो प्राविधिक प्रस्ताव पठाएको थियो । तर, भारतीय पक्षले प्राविधिक कारण देखाउँदै निर्माणमा आनाकानी गर्दै आएको थियो ।
पुस २०७७ मा तत्कालीन ऊर्जासचिव दिनेशकुमार घिमिरेको भारत भ्रमणमा सीमासम्म जोड्ने लिंक नहर भारतले तत्कालै निर्माण गर्ने सहमति भएको थियो । त्यसपछि मात्रै भारतले नहर निर्माणको काम तीव्र पारेको उपमहानिर्देशक खनालले बताए ।
आर्थिक वर्ष २०६३/६४ देखि नेपालले यही नहरबाट पानी ल्याएर सिंचाइ गर्ने गरी महाकाली सिंचाइ-तेस्रो आयोजनामा लगानी गरिरहेको छ । आयोजना अन्तरगत कञ्चनपुरको मटिनादेखि कैलालीको मालाखेतसम्म मूल नहर बनाइँदैछ । करिब ५५ किलोमिटरको मूल नहरमध्ये १२ किलोमिटर तयार भइसकेको खनालले जानकारी दिए । करिब २८ किलोमिटरसम्मको मूल खण्डमा निर्माणको काम चलिरहेको विभागले बताएको छ ।
यो आयोजना बनेपछि मूल रुपमा व्रह्मदेव र त्रिभुवननगर क्षेत्रमा बाह्रैमास सिंचाइ सुविधा पुग्नेछ । यो नहर बनेपछि कैलाली र कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने छ । यही नहरबाट आएको पानीलाई सिंचाइका लागि दोधारा चाँदनीसम्म पुर्याउने सरकारी योजना रहेको खनालले बताए ।
भारतले सन् १९२८ मा महाकालीको पानी उपयोग गर्न शारदा ब्यारेज बनाएको थियो । तर, नेपालले शारदा ब्यारेको पानी लिन सन् १९७५बाट मात्रै महाकाली पहिलो आयोजनामार्फत आफ्नो तर्फ पानी ल्याउन नहर खन्न थालेको थियो । पछि शारदा बाँधबाटै पानी ल्याउने गरी महाकाली दोस्रो आयोजना पनि बनाएर सिँचाइ सुविधा विस्तार गरिएको थियो । अहिले शारदा ब्यारेजबाट नेपालले पानी पाइरहेको छ । शारदा ब्यारेज कमजोर भएपछि वि.सं. २०४७ मा टनकपुरमा अर्को बाँध निर्माण गरिएको थियो । तर, टनकपुरबाट पानी दिन भने भारतले आनाकानी गरिरहेको थियो । अब टनकपुरबाट पनि नेपालले पानी पाउने तय भएको छ ।
भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार तयार भने नभइसकेको विभागका उपमहानिर्देशक खनाल बताउँछन् । ‘नहरहरु तयार हुने क्रममा रहेकाले अहिले नै सबै पानी उपयोग गर्न सक्ने अवस्थामा छैनौं,’ उपमहानिर्देशक खनाल भन्छन्, ‘करिब ३ हजार हेक्टरमा तत्कालै सिँचाइ सुविधा पुग्छ, शाखा नहरहरु विस्तार गरेर सकेसम्म अधिकतम् पानीको उपयोग गर्ने योजनामा छौं ।’
महाकाली तेस्रोको सन् २००१ मा विस्तृत सम्भाव्यता अध्ययन भएको थियो । ११ अर्ब १६ करोड रुपैयाँमा बन्ने अनुमान गरिएको आयोजनाको लागत अहिले ३५ अर्ब नाघ्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ । गुरुयोजनाअनुसार समयमा काम नहुँदा अनुमानित लागत २१४ प्रतिशतले बढेको महालेखाको ठहर छ । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
नर्सि‌‍ङ्गका लागि बेलायत नै किन?

नर्सि‌‍ङ्गका लागि बेलायत नै किन?

पशुपतिनाथमा बिहानै बाब रामदेवले दिए योग प्रशिक्षण

पशुपतिनाथमा बिहानै बाब रामदेवले दिए योग प्रशिक्षण

ब्राउन सुगर सहित दुई युवक पक्राउ

ब्राउन सुगर सहित दुई युवक पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .