No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन्

आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन्

 प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ ।  महाधिवेशन मिति नजिकिँदै जाँदा आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन् भन्ने चर्चा समेत सुरु भएको छ ।

नेतृत्वमा आन्तरिक जोड घटाउ भइरहे पनि बाहिर भने खुलेर आफूले चाहेको पद ‘यही हो’ भन्न सक्ने अवस्थामा नेताहरु भने पुगिसकेका छैनन् । यो महाधिवेशन ‘सहमतिको महाधिवेशन’ बनाउने अध्यक्ष केपी ओलीलगायतका नेताहरुको चाहनाका कारण पनि नेताहरु आफुलाई मन लागेको पदमा उम्मेदवारी घोषणा गर्न सकिरहेका छैनन् ।

महाधिवेशनमार्फत पुनः अध्यक्षमा ओली नै दोहोरिने निश्चित भइसके पनि अध्यक्ष बाहेकका अन्य १४ केन्द्रीय पदाधिकारी पदमा को–को नेता आउने हुन् भन्ने चासो एमाले वृत्तमा बढ्दै गएको छ । वडादेखि पालिका र महाधिवेशन प्रतिनिधिसमेत सहमतिमा चयन गरेको एमालेले दशौं महाधिवेशन पनि सहमतिमै गरेर पार्टी एकताको सन्देश दिने बताउदै आएको छ । पार्टी विभाजनको पीडा भएर पनि त्यसलाई बिर्सन र परिपूर्ति गर्न देखावटी एकता देखाउन पनि सहमतिमा नेतृत्व छनोट गर्नुपर्ने एमालेमा बाध्यतामा छ ।

तर, नेतृत्वमा आकांक्षी धेरै हुने भएपछि उनीहरुको व्यवस्थापन गर्न उतिकै चुनौति रहेको नेताहरुको बुझाइ छ । यो महाधिवेशनमा केन्द्रीय पदाधिकारीको आकांक्षा राख्ने धेरैजसो नेताहरु यसअघिको महाधिवेशनमार्फत नै पदाधिकारी भैसकेका छन् । र, उनीहरुले अहिलेको पदभन्दा माथिल्लो पदको आकांक्षा राख्नु स्वभाविक पनि मानिन्छ ।

त्यतिमात्रै होइन, अन्य पार्टीबाट आएका नेताहरुलाई समेत व्यवस्थापन गर्नुपर्ने र पार्टीमा लामो समय काम गरेकालाई पनि अवसर दिनुपर्ने बाध्यता एमालेमा छ । यस्तो अवस्थामा १५ पदाधिकारीका लागि झण्डै दोव्वरको संख्यामा आकांक्षीहरु मैदानमा छन् । मैदानमा भएपनि उनीहरुले सार्वजनिक रुपमा मुख भने खोलिसकेका छैनन् ।

एमालेले गत असोजमा विधान परिवर्तन गरेर पहिलाको पदाधिकारी पदमा केही हेरफेर गरेको छ । यद्यपि संख्या भने उत्तिकै छ । जस्तो कि– अध्यक्ष, महासचिव एक–एक जना भए–पनि पाँच उपाध्यक्षको व्यवस्थालाई केही परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष एकसहित अन्य चार उपाध्यक्षको व्यवस्था गरेको छ भने महासचिव र उपमहासचिव एक–एक तथा ७ सचिव रहने व्यवस्था गरेको छ ।

रावल र भुसालले के गर्लान् ?

‘सहमतिको महाधिवेशन बनाउने भनिएको छ । भित्री चाहाना एउटा भएपनि अहिलेको अवस्थामा बाहिर बोल्न उपयुक्त हुने अवस्था छैन । त्यसैले पनि अहिले नै मुख खोल्न समस्या छ । पछि के हुन्छ त्यसअनुसार अघि बढ्नुपर्नेछ’, हाल उपाध्यक्ष रहिसकेका एक नेताले रातोपाटीसँग भने,‘सहमति भनेर पाखा नै लगाउने काम भयो भने त मान्न कठीन छ ।’

विगतमा अध्यक्ष ओलीविरुद्धको आन्दोलनमा लागेका र पार्टी विभाजनका बेला ओलीलाई नै साथ दिएका नेताहरुमध्ये उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल विद्रोही नेताका रुपमा चिनिन्छन् । तर, दुवै नेता अध्यक्ष ओलीले पार्टी एकताका लागि भनेर गरेको १० बुँदे अक्षरश कार्यान्वयन नगरेको भन्दै चिढिन पुगेका छन् ।

विगतमा तेस्रो धार भनेर चिनिएका उनीहरुमध्ये धेरै नेताहरु अध्यक्ष ओलीको कित्तामा पुगे पनि रावल र भुसाल भने अहिलेसम्म आफुलाई फरक कित्तामा उभ्याइरहेका छन् । रावलले त वडा, पालिका र महाधिवेशन प्रतिनिधि छनोटमा ओली पक्षले एकलौटी गरेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पनि जनाइसकेका छन् । उनले सुदुरपश्चिम पुगेर आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनुपरे पछि नहट्ने समेत बताइसकेका छन् ।

भुसाललाई पनि आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार रुपमा कतिपयले लिने गरेका छन् । तर, उनी आफैले भने केही बोलेका छैनन् । यस्तो अवस्थामा रावल र भुसालमध्ये एकले ओलीलाई सर्वसम्मत अध्यक्ष हुनबाट रोक्न पनि उम्मेदवारी दिन सक्ने अड्कलबाजी भइरहेको छ । नजित्ने निश्चित भए पनि उनीहरुमध्ये एकले अध्यक्ष पदमा उम्मेदवारी दिए ओली थप आक्रोशित बन्ने देखिन्छ ।

एमालेका एक नेताले रातोपाटीसँग भने, ‘१० भाइको टिमबाट भीम रावल वा घनश्याम भुसालमध्ये एकजना सहमतिकै आधारमा अध्यक्षमा उठ्ने सम्भावना छ । अथवा, रावल अध्यक्ष र भुसाल महासचिवमा प्यानल बनाएर उठ्ने सम्भावना पनि छ । तर, यसबारे रावल र भुसालबीच छलफल हुन बाँकी छ ।’

उपाध्यक्षका दाबेदार को-को ?

एमालेको नवौं महाधिवेशनमा निर्वाचित भएका पदाधिकारीहरूमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरूमा क्रमशः वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विद्यादेवी भण्डारी र भीम रावल नवौं महाधिवेशनमा निर्वाचित भएका नेता हुन् । त्यस्तै महासचिवमा ईश्वर र उपमहासचिवमा घनश्याम भुसाल, विष्णु पौडेल निर्वाचित भएका थिए भने सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका थिए ।

उपाध्यक्षद्वय विद्यादेवी भण्डारी राष्ट्रपति भएको र वामदेव गौतम पार्टी छाडेकाले उनीहरुले कुनै पदमा दावा गर्ने छैनन् । यी दुईबाहेक हाल पार्टीमा रहेका तीनजना उपाध्यक्षले खोज्ने भनेको अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष नै हो । अध्यक्ष ओलीबाट रिजर्भ भैसकेको छ ।

बरिष्ठ उपाध्यक्षमा हालका तीन उपाध्यक्षले आकांक्षा राख्नु स्वभाविक मानिन्छ । त्यतिमात्रै होइन, यसअघि महासचिव भैसकेका ईश्वर पोखरेल पनि बरिष्ठ उपाध्यक्षका दावेदार हुन् । किनभने, उनलाई महासचिवमा तेहर्याउने सुविधा विधानले दिएको छैन । यसो हुँदा उनको  वरिष्ठ उपाध्यक्षमा दावी रहने नै भयो । उनले सांकेतिक रुपमा आफूलाई बरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा उभ्याई नै सकेका छन् । यस्तो हुँदा बरिष्ठ उपाध्यक्षका लागि नै धेरैजनाको प्रतिस्पर्धा हुने देखिन्छ ।

अझ सोही पदमा नेकपा विभाजनमा अध्यक्ष ओलीलाई साथ दिएका रामबहादुर थापा बादल र जस्तोसुकै समस्यामा पनि साथ दिएका सुवास नेम्वाङले पनि सोही  पदमा आकांक्षा देखाएका छन् । वरिष्ठ उपाध्यक्ष अध्यक्षपछिको दोस्रो पद भएकाले पनि यो पदमा पुग्न नेताहरुको जोडबल रहनु स्वभाविक भएको बताउँछन् ।

यसरी हेर्दा वरिष्ठ उपाध्यक्ष पदका लागिमात्रै पनि ६ जना दाबेदार सहजै देखिन्छन् । यी ६ मध्ये वरिष्ठ उपाध्यक्ष नपाए केहीले मात्रै उपाध्यक्षमा चित्त बुझाउन सक्छन् । यीमध्ये उपाध्यक्षमा चारजनाले चित्त बुझाए पनि २ जना पदाधिकारीबाट बाहिरिन बाध्य हुन्छन् ।

उपाध्यक्षपछि सर्वाधिक नेताहरुको चाहनाको अर्को पद हो–महासचिव । यो पदका आकांक्षी पनि उत्तिकै छन् । हाल सचिव रहेका, उपमहासचिव रहेका र अन्य पार्टीबाट आएकाहरु पनि महासचिव पदका आकांक्षी छन् । त्यसबाहेक नवौं महाधिवेशनमा पदाधिकारीमा नपरेकाहरु पनि यसपटक महासचिवका लागि आकांक्षी छन् ।

यो पदमा ओली निकट मानिने हालका उपमहासचिव विष्णु पौडेल, नवौँ महाधिवेशनमा उपमहासचिव पराजित शंकर पोखरेल, उपमहासचिवमै पराजित रघुजी पन्त, हालका सचिव पृथ्वी सुब्बा गुरुङ पार्टी विभाजनमा माधव नेपाल छोडेर ओलीतिरै बसेका सुरेन्द्र पाण्डे लगायतका अन्य नेताहरुले समेत दावी गर्ने अवस्था छ ।

नेता गुरुङले त यसअघि अध्यक्ष ओलीलाई भेटेर आफू महासचिव पदको दावेदार भएको सन्देश सुनाइसकेका छन् । एमाले स्रोतका अनुसार गुरुङले ओलीलाई महासचिव नभए उपाध्यक्ष पाउनुपर्ने बताएका छन् । जानकारहरुका अनुसार महासचिव पदमा ओलीले नचाहेको व्यक्ति आउने सम्भावना छैन । यस्तोमा ओलीले कसलाई रोज्छन्, त्यो नै यो पदमा पुग्न सक्छ ।

पावरको हिसावले पनि अध्यक्ष पछिको शक्तिशाली पद महासचिव हो । अहिले महासचिव हुन सके अर्कोपटक अध्यक्षको दावी गर्न समेत सहज हुने र संगठनमा पकड रहने भएकाले यो पद धेरैको रोजाइ बन्न पुगेको हो ।

को पर्ला ओलीको रोजाइमा ?

एमाले नेताहरुका अनुसार पदाधिकारीको जुनसुकै पद पाउन अध्यक्ष ओली सकारात्मक हुन जरुरी छ । किनभने, अध्यक्ष आफू बन्ने भएपछि उनले आफू अनुकुलकै टीम बनाउने छन् । तर, ओलीलाई पनि नेताहरुको व्यवस्थापन गर्न कठीन रहेको ओली निकटकै नेताहरुले बताउने गरेका छन् । त्यसका लागि ओलीको विश्वास जित्नुको विकल्प नरहेको उनीहरुको बुझाइ छ ।

तर, सचिव पृथ्वी सुब्बा गुरुङ पदाधिकारीको जुनसुकै पदमा पनि अहिलेको अवस्थामा स्पस्ट र उच्च दृष्टिकोण भएका नेताहरु आउनुपर्ने बताउँछन् । भन्छन्,‘चुनाव भए पनि नभए पनि एमालेको भोलि अध्यक्ष हुने केपी ओली नै हो । त्यसकारण अध्यक्षको सोचाइ र दृष्टिकोणमा यो पार्टीलाई कस्तो बनाउने, समृद्धिको अभियानलाई कसरी अघि बढाउने र कसलाई कसरी अघि बढाउने भन्ने मूल्यांकन पक्कै पनि होला ।’

उनले पार्टीमा योगदान, निरन्तरता र क्षमतासहितको विश्लेषणका आधारमा नेताहरुले जिम्मेवारी पाउनुपर्ने पनि धारणा राखे । ‘पार्टीलाई सांगठनिक र वैचारिक हिसावले कसले अघि बढाउन सक्छ भन्ने र हामीले राज्यलाई कस्तो बनाउने भन्ने कुरालाई ख्याल गर्नुपर्छ’, गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
बीआरआई परियोजना अन्याेलमै

बीआरआई परियोजना अन्याेलमै

राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा नेपालको धार्मिक भ्रमणमा

राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा नेपालको धार्मिक भ्रमणमा

पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै

पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .