सप्तरी: सप्तरीमा गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृ त्यु भएको छ ।
सोमबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्क नगरपालिका कल्याणपुरस्थित सडकको छेउमा रहेको सैलुनमा ट्याक्टर छिर्दा १ जनाको मृ त्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
ट्याक्टरको ठक्करबाट मृ त्यु हुनेमा सप्तरीको खडक नगरपालिका ६ का सिताराम पासवानका ७० बर्षीया श्रीमति अनारदेवी पासवान रहेको प्रहरीले जनाउको छ ।उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा मृ त्यु भएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.१त ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई राजमार्गको दक्षिणतर्फ रहेको स्थानीय प्रकाश साहको घरमा भाडामा रहेको शैलुन भित्र छिरेका थिए ।
घाइते मध्ये पासवनको आबस्था गम्भिर भएपछि थप उपचारका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ट्याक्टरको ठक्करबाट खडक नगरपालिका ९ लालपट्टीका ४५ बर्षीय श्याम ठाकुर, ३५ बर्षका किसुनलाल ठाकुर, राजबिराज नगरपालिका ९ मलेठका ३५ बर्षका रबिन्द्र ठाकुर र खडक नगरपालिका ६ चकवाका २३ बर्षको अर्जुन चौधरी घाइते भएका छन् ।
दुर्घटना भएको थाहा पाउनसाथ प्रहरी घटनास्थल पुगि घाइतेहरुको उद्धार गरि उपचारका लागि स्थानीय युनिभर्सल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
यता ठक्कर दिने ट्याक्टर ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।