• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतमा नेपाली विद्युत प्रति युनिट २० रु सम्म


भारतमा नेपाली विद्युत प्रति युनिट २० रु सम्म

काठमाडौं। नेपालले भारतको खुला बजारमा बिडिङ गरेर बेचेको बिजुलीको मूल्य प्रति युनिट अधिकतम २० रुपैयाँसम्म पाएको छ। यो अवस्थालाई समीक्षा गरिरहेका विद्युत प्राधिकरणका अधिकारीहरु ऊर्जाको निर्यात व्यापारको भविष्यप्रति निकै आशावादी देखिएका छन्।
भारतको खुला बजारमा प्रवेश पाएको एक हप्तामा प्राधिकरणले एक करोड ६८ लाख रुपैयाँ बराबरको ५६ लाख १६ हजार युनिट विद्युत निर्यात गरेको छ।

पावर एक्सचेन्ज मार्केटमा बिक्री भएको कुल विद्युत र यस वापत नेपालले पाउने रकम हरेक ७/७ दिनमा बिलिङ गर्ने नियम अनुसार पहिलो हप्ता एक करोड ६८ लाख ६६० रुपैयाँ बराबरको विद्युत बिक्री भएको विद्युत प्राधिकरणको अर्थ निर्देशनालय स्रोतले जनाएको छ।

नेपालले पहिलो हप्ता ५६ लाख १६ हजार युनिट बिजुली एक करोड ६८ लाख रुपैयाँमा बिक्री गरेको छ। पहिलो हप्ताको औसत मूल्य भने प्रति युनिट ३ रुपैयाँ मात्रै छ।

भारतमा विद्युत आपूर्तिमा सहजता आएसँगै शुक्रबारको बिडिङमा प्रति युनिट न्यूनतम २ रुपैयाँदेखि अधिकतम ६.५१ (भारु) सम्ममा मात्रै खरिद बिक्री भइरहेको छ। नेपालले पनि यसै मूल्यभित्र रहेर विद्युत निर्यातको लागि बिडिङ गर्ने भएकाले अहिले भने नेपाली बिजुली सस्तो दरमै बेच्नुपर्ने देखिन्छ।

कात्तिक १६ गते देखि भारतमा विद्युत बिक्रीको अनुमति पाएको नेपालले पहिलो दिन प्रति युनिट साढे चार रुपैयाँ हाराहारीमा विद्युत बिक्री गरेको थियो।

नेपालका उद्योगी व्यवसायीले प्राधिकरणले आफूलाई मागेजति विद्युत नदिएर भारततर्फ निर्यात सुरु गरेको र त्यो पनि उद्योगले तिर्ने महसुलभन्दा निकै कम मूल्यमा बेचेको भन्दै सरकारको आलोचना गरेका थिए। व्यापार घाटा कम गर्न नेपालले भविष्यमा गर्न सक्ने व्यापार ऊर्जाकै रहेको समीक्षा भइरहँदा प्राधिकरणलाई सरकारले काम गर्न बाटो सहज गरिदिएको छ। त्यसैले सुरुवातमा ऊर्जा व्यापारमा अपेक्षित फाइदा नभए पनि प्राधिकरणका अधिकारीहरु भारतीय बजारमा टिक्नु नै ठूलो कुरा हुने बताइरहेका छन्।
कसरी हुँदैछ विद्युत निर्यात?
विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्दा न्यूनतम २ रुपैयाँदेखि अधिकतम २० रुपैयाँ युनिटसम्ममा बिक्री गर्न पाएको जनाएको छ।

नेपालले अहिले भारतीय बजारमा ९६ वटा ब्लकमार्फत ३९ मेगावाटको सीमाभित्र रहेर विद्युत निर्यात गरिरहेको छ। १५ मिनेटको एउटा ब्लक तय गरिएको हुन्छ। विद्युतको माग र आपूर्तिमा तल-माथि भइरहँदा १५/१५ मिनेटमै बिजुलीको मूल्य घटबढ हुने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिजमाण्डूलाई बताए।

‘बिजुलीको माग उच्च र आपूर्ति न्यून भएको बेलामा हामीले प्रति युनिट १० देखि २० रुपैयाँसम्म पनि पाएका छौं। माग कम हुँदा भने प्रति युनिट २ रुपैयाँमा पनि बेच्नु परेको छ,’ उनले भने।

अहिले अधिकतम २० रुपैयाँ युनिटमा छोटो समयका लागि मात्रै विद्युत निर्यात भए पनि आगामी दिनमा भने लामो समयसम्मै यो मूल्यमा विद्युत निर्यात गर्न सकिने पनि दाबी उनको छ। भारतमा कोइलाबाट उत्पादन हुने विद्युतको उत्पादन प्रभावित भएपछि प्रति युनिट २८ भारतीय रुपैयाँसम्ममा विद्युत खरिद-बिक्री भएको थियो।

दैनिक १५ देखि २० लाख युनिटसम्म निर्यात
भारतको खुला बजारमा कारोबारको अनुमति नपाउँदा पनि नेपालले बिहारमा इनर्जी बैंकिङ गर्दै दैनिक ४/५ लाख युनिटसम्म बिजुली निर्यात गर्दै आएको थियो।

भारतको खुला बजारमा औपचारिकरूपमा प्रवेश पाएपछि भने नेपालले अतिरिक्त विद्युत निर्यात गर्दा दैनिक १५ देखि २० लाख युनिटसम्म पठाउन पाएको प्राधिकरणले जनाएको छ।

खुला बजारमा प्रवेश पाएपछि अधिकांश दिन १२ देखि १५ लाख युनिटसम्म विद्युत निर्यात गरेको प्राधिकरणले जनाएको छ। गत बिहीबारको तथ्यांकमा १८ लाख ८९ हजार युनिट विद्युत भारत निर्यात भएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
  • २०७८ कार्तिक ३०, मंगलवार १२:२४
  • In "आर्थिक"
  • भारतबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख गर्‍यो आम्दानी
  • २०७८ कार्तिक ३०, मंगलवार १२:२४
  • In "BannerNews"
  • नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।
  • २०७८ कार्तिक ३०, मंगलवार १२:२४
  • In "समाचार"
Tags: #आर्थिक#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

के चीनको बेल्ट एन्ड रोड इनिसिएटिभले मानवअधिकारलाई हनन गरिरहेको छ?

"चिनको नयॉ सिमा कानुन"

‘विप्लव’को बन्दले प्रदेश २ सहित देश भरको जनजीवन प्रभावित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version