No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मन्त्रालयको भागबन्डा नमिल्दा प्रदेश २ सरकार विस्तारमा ढिलाइ

मन्त्रालयको भागबन्डा नमिल्दा प्रदेश २ सरकार विस्तारमा ढिलाइ

काठमाडौं । भागबन्डा नमिल्दा प्रदेश २ सरकार विस्तारमा ढिलाइ भएको छ ।

पाँचदलीय गठबन्धन इतरका दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन ढिलाइ भएको हो ।

मन्त्रालय टुक्र्याइए पनि भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको छ । करिब चार महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले ६ मन्त्रालय टुक्र्याएर १० वटा बनाएका थिए ।

१९ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेसले तीन र आठ सांसद रहेको नेकपा माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् । पाँच मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ । बाँकी दुई मन्त्रालय अहिले मुख्यमन्त्री राउतले सम्हालेका छन् ।

मुख्यमन्त्री राउतले अहिले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा सहभागी हुन इच्छुक देखिएको छैन ।

एकीकृत समाजवादी पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय र समाजिक विकास मन्त्रालय मध्ये एक मन्त्रालयसहित दुई मन्त्रालय लिने अडानमा छ । आर्थिक र समाजिक विकास मन्त्रालय अहिले जसपाकै छन् ।

दलहरूले मुख्य भन्ने गरिएका मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेका छन् । बाँकी ती दुई मन्त्रालय लिन एकीकृत समाजवादी इच्छुक नदेखिएको उक्त पार्टीका सांसदहरूले संकेत गरेका छन् ।

सरकारमा सहभागी हुने औपचारिक छलफल अहिलेसम्म नभएकोले ढिलो भएको प्रदेश–२ मा एकीकृत समाजवादी संसदीय दलका नेता शत्रुधन महतोले दाबी गरे । दुई मन्त्रालय पाए सरकारमा जाने उनको भनाइ छ ।

“दुईवटा मन्त्रालय पाएपछि नेकपा (एस) सरकारमा सहभागी हुन्छ । कुन मन्त्रालय दिने त्यो पहिले टुंगो लगाउनुपर्छ,” उनले भने, “केन्द्रीय नेताहरूबीच भएको छलफलानुसार नै सरकार विस्तार हुनेछ ।” प्रदेश–२ प्रदेशसभामा एकीकृत समाजवादीका १३ सांसद छन् ।

केन्द्रमा जस्तै प्रदेश–२ मा पनि जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको सरकार छ । जसपाले सरकारको नेतृत्व गरेको छ । मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई टुक्र्याउने प्रक्रिया अगाडि बढाएका छन् ।

प्रदेश–२ मा ३८ सांसद रहेको जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, १९ सांसद रहेको कांग्रेसले तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
छठ पर्वमा महगियो बजार, उपभोक्ताहरु मारमा

छठ पर्वमा महगियो बजार, उपभोक्ताहरु मारमा

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

गोलबजारमा आगलागी, लाखौंको समाग्री जलेर नष्ट

गोलबजारमा आगलागी, लाखौंको समाग्री जलेर नष्ट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .