• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक


सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक

सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भयो । यो एक अत्यासलाग्दो र दर्दनाक मात्र होइन, खेदजनक कृत्य पनि थियो । त्यसबेला धराप थाप्न आतंककारीले एक हजार किलो आरडिएक्स (विस्फोटक पदार्थ) मुम्बई भित्र्याएका थिए, जसमध्ये मुम्बई हमलामा ४ सय किलो प्रयोग भयो । बाँकी ६ सय किलो आरडिएक्स कहाँ छ ?

यही प्रश्नबाट शुरु हुन्छ फिल्म ‘सूर्यवंशी’को कथा । प्रहरीले सुराक पाएको छ कि, मुम्बईमा अर्को भयानक हमला हुनेवाला छ । र, यसमा त्यही आरडिएक्स प्रयोग गरिँदैछ जो २८ वर्षअघि मुम्बई हमलापछि बाँकी रहेको थियो ।

अब प्रहरी सामुन्ने ठूलो चुनौती खडा छ, लुकाइएको आरडिएक्स पत्ता लगाउने र हिन्दुस्तानका शहरलाई सम्भावित विध्वंशबाट जोगाउने ।

मुम्बईमा भएको बम विस्फोटकको घटना सत्य हो । त्यही घटनामा टेकेर बुनिएको काल्पनिक कथाले ‘सूर्यवंशी’लाई डोर्‍याउँछ । काल्पनिक सही, सूर्यवंशीले दर्शकको ध्यान भड्काउँदैन । बरु कथाको बेगसँगै एकोहोरो बनाउँछ ।

शहरमा स्लीपर सेल सल्बलाइसकेका छन् । यसका मास्टर माइन्ड उमर हफीज (ज्याकी श्राफ)ले कठोर बदलाको भावसहित  ४० जनाको समूहलाई भारतका विभिन्न शहरमा पठाएका छन्, जसलाई ती शहरहरुमा आ-आफ्नै पेशा-व्यवसाय गरेर बस्न छुट छ । उनीहरुले त्यसबेलासम्म कसैको हानी पुर्‍याउने छैनन्, जबसम्म सही समय आउँदैन ।

कोरोना महाव्याधिपछि तहसनहस सिनेमा हल अब के होला ? सर्वत्र चिन्ता र चासो थियो । यसैबीच ओटीटी यस्तो हस्तक्षेपकारी प्लेटफर्मको रुपमा आयो, जसले सिनेमा हलको अस्तित्वमाथि नै प्रश्न उठाइदियो । ओटीटी प्लेटर्फममा धमाधम फिल्म-शृंखला सार्वजनिक हुन थालेपछि यो संशय अरु गाढा बनेको थियो, के साँच्चै मान्छेहरु अब फिल्म हेर्न हलमा जानेछन् ?

‘सूर्यवंशी’ले यो आशंका मेटिदिएको छ । र, जवाफ दिएको छ, ‘जानेछन्, निर्धक्क जानेछन् ।’ यसका लागि एउटै शर्त बाँकी रह्यो, सिनेमा गजब हुनुपर्‍यो ।

उसो त रोहित सेट्ठीप्रति धेरै अपेक्षा गर्नु बेकार हुन्छ । उनी गहकिलो मुद्दा र घतलाग्दो प्रस्तुति लिएर हम्मेसी आउँदैनन् । गाडी अनि पुलिसको आश्चर्यलाग्दो चमत्कार देखाउनु चाहिं उनको निजी विशेषता हो । यद्यपि उनको फिल्ममा केही त त्यस्तो तत्व हुन्छ, जसले दर्शकलाई अविचलित रुपमा हलमा बाँधेर राख्न सक्छ । ‘सूर्यवंशी’ त्यसैको एक दृष्टान्त हो ।

कस्तो छ कथा ?

‘सिंघम’ र ‘सिम्बा’ को पूर्ववत् शैलीलाई पच्छ्याउँदै ‘सूर्यवंशी’को कथा अगाडि बढ्छ । यसमा मुम्बई एन्टी टेरोरिज्म स्क्वाडका एक प्रहरी अधिकारी छन्, वीर सूर्यवंशी (अक्षयकुमार) । उनीसँग मात्र दुईवटा कमजोरी छन् । एक, कसैको नाम सही ढंगले याद गर्न नसक्ने । दुई, परिवारप्रति पूर्ण उत्तरदायित्व निर्वाह गर्न नसक्ने । जबकि उनी एक जब्बर प्रहरी हुन्, जो छातीमा गोली लाग्दा समेत आफैंलाई उपचार गर्ने डाक्टरसँग रोमान्स गर्न  भ्याउँछन् ।

एकातिर उनको प्रेम-जीवनको ब्यारोमिटर चढ्दैछ, अर्कोतिर शहरमा आतंकको बादल मडारिँदैछ । मुम्बई शहर, जो पटक–पटक आतंककारीको निशाना बन्यो । यो शहरले एकपछि अर्को शृंखलाबद्ध बम बिस्फोटको घाउ सहनु परेको छ । भनिन्छ, मुम्बईमा अब ती सबैभन्दा भयानक बम हमला हुनेवाला छ । यो गुप्त योजनालाई विफल तुल्याउँदै सिंगो भारतलाई आगोको मुस्लोमा परिणत हुन नदिन सूर्यवंशी कटिबद्ध छ । यसका लागि उनी जहान-परिवार छाडेर किनपनि लागिपरेका छन् भने विगतमा भएको मुम्बई हमलामा उनले आफ्ना आमा-बुवा गुमाएका थिए ।

शहरमा स्लीपर सेल सल्बलाइसकेका छन् । यसका मास्टर माइन्ड उमर हफीज (ज्याकी श्राफ)ले कठोर बदलाको भावसहित  ४० जनाको समूहलाई भारतका विभिन्न शहरमा पठाएका छन्, जसलाई ती शहरमा आ-आफ्नै पेशा-व्यवसाय गरेर बस्न छुट छ । उनीहरुले त्यसबेलासम्म कसैको हानी पुर्‍याउने छैनन्, जबसम्म सही समय आउँदैन । र, यस्तो समय आउन वर्षौंवर्ष लाग्न सक्छ ।

आतंककारीहरु चाहन्छन्, हिन्दुस्तानका शहरमाथि आगोको लप्काहरु उठेको हेर्न । र, सम्पूर्ण शहर खरानी भएको । किन ?

किनभने हिन्दुस्तानमा उनीहरुमाथि ज्यादती भएको छ । कतिले त्यहाँ आमाबुवा गुमाए, कतिले बालबच्चा । अर्थात् हिन्दुस्तानले उनीहरुको जीवनमा कहिल्यै नमेटिने चोट दिएको छ, जसको बदला लिन उनीहरुले आतंकको बाटो अपनाएका छन् । र, मुस्लिमको मुखुण्डो ।

सूर्यवंशी भन्छन्, ‘इस देश मे जितनी नफरत कसाब के लिए है, उतनी ही इज्जत कलाम के लिए भी है ।’ अर्थात् हिन्दुस्तानले मुस्लिमलाई हेलाहोचो गरेको छैन । बरु श्रद्धा गर्छ । सम्मान गर्छ । तर, मुस्लिमको आडमा आतंक मच्याउनेप्रति भने हिन्दुस्तान कोमल छैन । कठोर छ ।

उनीहरु भन्छन्, ‘टेरोरिज्मले अरुलाई होइन आफ्नै मुलुकलाई हानी भएको छ । टेरोरिज्मको कारण त्यति सुन्दर देशमा टुरिज्म फस्टाएको छैन ।’

तर, बदलाको भाव बोकेका ती समूह यस्ता अर्ती सुन्न तयार छैनन् । उनीहरुको एक मात्र ध्येय छ, जसरी पनि हिन्दुस्तानका शहरलाई खरानी बनाइदिने । अब यो लडाइँ कहाँ पुगेर टुंगिन्छ ? वर्षौंदेखि बिच्छ्याइएको आतंकको जालोलाई प्रहरी अधिकारीले कसरी ध्वस्त बनाइदिन्छ ?

२ घण्टा २५ मिनेट फिल्मले यसैको जवाफ खोज्छ ।

रोहितको जादु

‘खतराका खेलाडी’ रोहित सेट्ठी र ‘खेलाडीका खेलाडी’ अक्षयकुमारको एक्सन–थ्रिलर फिल्म हो, सूर्यवंशी । बलिउडले पटक-पटक बुन्ने आतंककारीको कथालाई यसले नवीकरण गरेको छ । आतंककारी र प्रहरीबीचको घम्साघम्सीबीच फिल्मको मूल कथा बग्छ । पूर्ववत् रुपमै मुस्लिम अनुहारमा आतंककारीको मुखुण्डो पहिर्‍याइएको छ । तर, असली मुस्लिम आतंककारी छैनन् भन्ने कुरा पनि पुष्टि गर्न खोजिएको छ ।

बम विस्फोट हुने भयले तितरबितर हुँदै गरेको एक व्यस्त गल्लीमा जब गणेशको प्रतिमालाई जोगाउन मुस्लिमहरुले हातेमालो गर्छन्, यस्ता दृश्यहरुले धार्मिक सहिष्णुताको कुरालाई अरु प्रगाढ बनाउन खोजिएको छ । मस्जिदको पृष्टभूमिमा गणेशको  प्रतिमालाई देखाएर सबै धर्म, जातजातिप्रति सम्मान पनि दर्शाइएको छ ।

रोहितको फिल्ममा गाडीको रोमाञ्चक खेल किन पो छुट्थ्यो र ? उनले सूर्यवंशीमा पनि भरपुर मात्रामा गाडी उडाउने, पड्काउने काम गरेका छन् । उनको एक्सन-कोरियोग्राफी भव्य छ । सिनेम्याटोग्राफी र ब्याकग्राउन्ड स्कोरको तालमेलले सिनेमा हलको रौनक बढाइदिन्छ ।

तर, मध्यन्तरघि कथा जति तीव्रताका साथ फिल्म अगाडि बढेको छ, त्यसपछि यताउता अल्झिएको छ । परिवारप्रेमलाई जोड्न र हास्य खुराकहरु समेट्न खोज्दा कथा धीमा बनेको छ । सिम्बा (रणवीर सिंह) र सिंघम (अजय देवगण)लाई प्रवेश गराएर क्लाइमेक्समा जसरी धमाका देखाउन खोजिएको छ, त्यस विपरीत मूल कथाको गाम्भीर्यता फितलो बनेको छ । एक्सनमा बढी हाँसो-मनोरञ्जन पस्कँदा डरलाग्दा आतंककारीहरु समेत जोकर जस्तै बन्न पुगेका छन् ।

आखिर जे भएपनि रोहित सेट्ठीको  आत्मविश्वासले सही नतिजा दिएको छ । लामो शून्यता र सन्त्रासपछि उनले सिनेमा हलको चहलपहल बढाइदिएका छन् । ‘सूर्यवंशी’ले यो सावित गरिदिएको छ कि, अब दर्शक निर्धक्क हलमा आउनेछन् । बस्, फिल्म फिल्मजस्तै हुनुपर्‍यो।

फिल्म : सूर्यवंशी

निर्देशक: रोहित सेट्ठी

जनरा : एक्सन थ्रिलर

अवधि : २ घण्टा २५ मिनेट

कलाकार : अक्षयकुमार, क्याटरिना कैफ, ज्याकी श्राफ, अभिमन्यू सिंह, गुल्शन ग्रोवर, कुमुद मिश्रा आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुम्बई हमला २६/११ का आतंककारीको पाकिस्तान सङको सम्बन्ध ; यसरी दिइरहेको छ आतंकवादलाई संरक्षण , प्रशिक्षण सहित विभिन्न क्याम्प
  • २०७८ कार्तिक २०, शनिबार १४:१९
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन
  • २०७८ कार्तिक २०, शनिबार १४:१९
  • In "देश"
  • दाउदको कब्जामा मुम्बई ड्रग्सदेखि गैरकानुनी सम्पत्तिमा लगानी
  • २०७८ कार्तिक २०, शनिबार १४:१९
  • In "अन्तराष्ट्रिय"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*

सप्तरीमा मुसहर समुदायका किशोरीहरुलाई अनौपचारिक शिक्षाको प्रमाणपत्र

सिएरा लियोनमा इन्धन ट्यांकर विष्फोट हुँदा ९१ जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version