No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कात्तिक २३ देखि जिमेल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य

कात्तिक २३ देखि जिमेल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताका हरेक अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य बनाउन थालेको छ । कम्पनीले गत मे महिनामा सन् २०२१ भित्रै सबै गुगल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन अनिवार्य बनाउने योजना अघि सारेको थियो ।

यो योजना पुरा हुन अब दुई महिनामात्र बाँकी छ । यसैबीच गुगलले नोभेम्बर ९ अर्थात् कात्तिक २३ देखि प्रयोगकर्ताको अकाउन्टमा स्वतः टु फ्याक्टर अथेन्टिकेशन लागू गर्ने तयारी गरेको छ ।

सबै गुगल अकाउन्टमा यो सुरक्षा प्रणाली कार्यान्वयनमा ल्याउने योजनासहित कम्पनीले यस्तो तयारी गरेको हो । यो प्रक्रियाले प्रयोगकर्ताको व्यक्तिगत डेटा सुरक्षा गर्ने कम्पनीको विश्वास छ ।

यसका लागि केही प्रयोगकर्तालाई ईमेल र नोटिफिकेशनमार्फत जानकारी दिँदै गुगलले सात दिनभित्र टु-स्टेप भेरिफिकेशन एक्टिभेट गर्न आग्रह गरेको छ । सात दिनभित्र प्रयोगकर्ताले टुएफए एक्टिभेट नगरे गुगलले नै स्वतः एक्टिभेट गरिदिनेछ ।

प्रयोगकर्ताले ‘टु-फ्याक्टर अथेन्टिकेशन’ अर्थात् ‘टु स्टेप भेरिफिकेशन’ इनेबल गरेपछि गुगल अकाउन्ट लगईन गर्नेबेला फोनमा ओटीपी (वान टाइम पासवर्ड) पाउँछन् ।

यसअन्तर्गत १५ करोड गुगल अकाउन्टमा स्वतः टु फ्याक्टर अथेन्टिकेशन लागू हुनेछ । यद्यपि पेड गुगल वर्कस्पेस अकाउन्ट भएका संगठनलाई भने ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य गरिएको छैन ।

किन आवश्यक छ यो सुरक्षा प्रणाली ?

कुनै प्रयोगकर्ताको जिमेल अकाउन्टमा नियन्त्रण कायम गर्नु कुनै पनि साइबर अपराधीका लागि मूल्यवान उपहार जस्तै हो । किनभने एउटै जिमेल अकाउन्टबाट प्रयोगकर्ताका अनेक सूचना राखिएका अन्य अकाउन्टमा पुग्ने बाटो तयार हुन्छ ।

आक्रमणकारीले यसरी पहुँच बनाउन सक्ने अवस्थामा पासवर्ड परिवर्तन गरेर वास्तविक व्यक्तिको अकाउन्ट नै हत्याउन सक्ने र भयानक क्षति निम्त्याउन सक्छन् । त्यसैले सुरक्षाका लागि युजरनेम र पासवर्डका साथै दोस्रो चरणको प्रमाणीकरण आवश्यक हुन्छ ।

यो फिचर प्रयोगकर्ताले डिफल्ट रुपमा प्राप्त गर्नेछन् । यसको अर्थ यसअघि जस्तो अब यो फिचर अप्सनल हुनेछैन । यो फिचर प्रयोग नगर्ने प्रयोगकर्ताको अकाउन्टमा समेत यो फिचर स्वतः लागू हुनेछ ।

गुगलले आफ्नो ब्लग पोस्टमार्फत गुगलमा साइन ईन गर्नका लागि टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताको सुरक्षा थप प्रभावकारी हुनेछ ।

यो फिचर लागू भएपश्चात तपाईंको मोबाइल डिभाइस बिना कसैले पनि तपाईंको गुगल अकाउन्ट खोल्न सक्नेछैन । यतिसम्म कि यदि कुनै व्यक्तिको साथमा तपाईंको युजरनेम र पासवर्ड छ भने पनि त्यस्तो व्यक्तिले तपाईंको अकाउन्टमा पहुँच बनाउन सक्दैन ।

जब तपाईंले टु फ्याक्टर अथेन्टिकेसनको सहयोगमा अकाउन्ट लगईन गर्नुहुनेछ, तब तपाईंको फोनमा एसएमएस, भ्वाइस कल वा गुगल एप को माध्यमबाट एउटा कोड प्राप्त हुनेछ । ब्लगमा अब पासवर्ड चोरी हुने विषय पुरानो समयको कुरा हुने उल्लेख छ ।

टु फ्याक्टर अथेन्टिकेसनलाई डिफल्ट बनाउने गुगलको यो प्रयासलाई एउटा महत्वपूर्ण अग्रसरताको रुपमा लिइएको छ । यद्यपि यो फिचर सही रुपमा कन्फिगर गरिएका अकाउन्टमा मात्र डिफल्ट रुपमा लागू हुने बताइएको छ ।

यसलाई स्पष्ट पार्दै गुगलले भनेको छ, ‘उचित रुपमा कन्फिगर गरिएको अर्थ जो प्रयोगकर्ताले नियमित रुपमा आफ्नो अकाउन्ट साइन इन गर्छन् र मोबाइल डिभाइसमार्फत गुगलका उत्पादनहरुमा व्यस्त रहन्छन् । साथै जसले आफ्नो अकाउन्टमा रिकभरी ईमेल तथा रिकभरी फोन नम्बर जस्ता रिकभरी सूचनाहरु राखेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
१८ वर्षदेखि शवगृहमै छाेरीकाे शव, तिहारको बेला आमालाई झन् पीडा

१८ वर्षदेखि शवगृहमै छाेरीकाे शव, तिहारको बेला आमालाई झन् पीडा

पत्रकारलाई उपचारमा ४० प्रतिशत छुट

सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक

सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .