काठमाडौं । नेपालको उत्तरी छिमेकी एवं संसारमा उत्कृष्ट कम्युनिस्ट मोडल मानिने चीनको असली मुखुण्डो उत्रिएको छ ।
विकास र समृद्धिका लागि उदाहरणीय मानिए पनि मानव अधिकार र जनताको मौलिक हक अधिकारका मामिलामा भने निरंकुश चीनमा कतिसम्म मानिस दुख पाएका छन् भन्ने हालैको घटनाले देखाएको छ ।
हाइ प्रोफाइल महिला खेलाडीकै बलात्कारले चीनमा कति चेलिबेटी कम्युनिस्ट नेताबाट बलात्कृत भएका छन् र उनीहरुको आवाजलाई कम्युनिस्टको नाममा कसरी दबाइएको छ भन्ने देखाउँछ ।
चीनकी प्रभावशाली टेनिस खेलाडीले अवकाशप्राप्त चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताले यौन उत्पीडन गरेको खुलासा गरेकी हुन् ।
कम्युनिस्ट रजगज चल्ने चीनमा कम्युनिस्ट नेताको अपराधविरुद्ध बोल्ने हिम्मत गर्ने यी खेलाडी पहिलो हुन् । विन बल्डन र फ्रेन्च ओपन डबल टेनिसकी पूर्व विजेता पेङ सुवाईले चिनियाँ सामाजिक सञ्जालमा पूर्वउपराष्ट्रपति झाङ गाओलीले आफूलाई घरमा बोलाएर जबरजस्ती यौन सम्बन्ध राखेर बलात्कार गरेको खुलासा गरेकी हुन् ।
कम्युनिस्ट नेताको कर्तुत बाहिर ल्याउने उनको पोस्ट कम्युनिस्ट सरकारले सामाजिक सञ्जालबाट हटाएको छ । बलात्कारी उपराष्ट्रपतिले भने चुपचाप छन् । उनीमाथि सरकारले कुनै एक्सन लिएको छैन ।
दुनियाँका कम्युनिस्टले आदर्श माने पनि चीन जतिसुकै अपराध गरे पनि आफ्ना उच्च कम्युनिस्ट नेतालाई जोगाउने गरेको यो घटनाबाट पुष्टि भएको छ ।














