No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिवानको राजनीतिमा पाकिस्तानी हस्तक्षेप किन ?

तालिवानको राजनीतिमा पाकिस्तानी हस्तक्षेप किन ?

काठमाडौं । अमेरिकी सेनाको पुर्ण फिर्ता संगै २० वर्षे लामो युद्ध पश्चात तालीवान फेरी अफगानिस्तानको नेतृत्वमा पुगेको छ । तालीवानको अफगानिस्तानमा उदय पछी शक्ति राष्ट्रहरुको धुव्रिकरण पनि एकाएक बढेर गएको छ ।

तालीवान सरकारलाई मान्यता दिने र नदिने शक्ति राष्ट्रहरुको निर्णय पछी दक्षिण एसियाको राजनितिमा नयां तरङ्ग नै पैदा भयो । चिन र पाकिस्तानले तालीवान सरकारलाई पुर्ण समर्थन जनाए भने अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले तालीवान सरकारलाई अहिले सम्म मान्यता दिएको छैन । सन् २००१ देखी २०२१ सम्मको २० वर्षे को अवधिमा अमेरीकाले अफगानिस्तानमा तालीवान माथि भिषण आक्रमणहरु गर्यो । अफगान युद्धमा अमेरिकाले अर्वौ डलर खर्च गर्यो , लाखौं अफगानि जनताले ज्यान गुमाए अन्त्यमा २०२१ को अगष्ट ३१ मा अमेरिकी सेना अफगानिस्तानबाट पुर्ण रुपमा फिर्ता भयो ।

अमेरिकी सेना फिर्ता संगै अफगानिस्तानमा पुनः तालिवान शासनको उदय भयो । आफ्ना स्वार्थहरुलाई अफगानिस्तानमा स्थापित गराउन चिन र पाकिस्तानले तत्काल तालीवान सरकारलाई समर्थन जनाए । यसमा चिन र पाकिस्तानको अफगानिस्तानको तालीवान सरकार संग आ–आफ्नो स्वार्थ रहेको हुन सक्ने राजनैतिक विश्लेषकहरु बताउंछन् । पाकिस्तानले यस अघिका अफगान सरकार संग सुमधुर सम्बन्ध स्थापित गराउन सकेको थिएन । पाकिस्तान सुरुबाट नै तालीवानलाई सहयोग गर्दै आईरहेको राष्ट्र हो । हालै पाकिस्तानी विदेशी मन्त्रि शाह महमुद कुरेसी र पाकिस्तानी गुप्तचर एजेन्सी आई.एस आई प्रमुख फेज हदिम सहित एक उच्च स्तरीय प्रतिनिधि मण्डल अफगानिस्तान पुगेको थियो । यो भ्रमणले धेरै अर्थ राख्ने जानकारहरु बताउंछन् ।

पाकिस्तानी क्षेत्रिय राजनितीमा तालीवानको साथ र सहयोग चाहान्छ । पाकिस्तानी विदेश मन्त्री र अफगानिस्तानका अन्तरिम प्रधानमन्त्रि मुल्ला हसनअरबुन्द संग भेट वार्ता गरेका छन् । सो भेटमा मानवीय आधारमा दुई पक्षिय सहयोग र द्धिपक्षिय व्यापार वढाउने कुरामा छलफल भएको थियो । आई.एस आई प्रमुख सहितको अफगानिस्तान भ्रमणले केही अर्थपुर्ण प्रश्नहरु उब्जाएको छ । पाकिस्तानि गुप्तचर संस्था आई.एस. आई ले धेरै आतंकवादी संगठनहरु संग सहकार्य गरिरहेको र विभिन्न चरणमा बैठक गरेको समाचारहरु आएपछि दक्षिण एसियाको क्षेत्रिय राजनितिमा नै असर पार्ने देखिन्छ ।

पाकिस्तानी गृहमन्त्रि शेरव रसिद  अहमदले पाकिस्तानको गुप्तचर एजेन्सी आई.एस आईले अफगानिस्तानमा ४२ देशका एजेन्सीहरुलाई पराजित गरी आईं एस आई ले जितेको दावी गरेका छन् । यस बाट के प्रष्ट हुन्छ भने अफगानिस्तानको आन्तरिक राजनितिमा पाकिस्तानको प्रत्यक्ष संलग्नता र आई.एस. आई को हस्तक्षेपको पुष्टि गर्दछ । दक्षिण एसियाली राजनितिमा अफगानिस्तानको माध्यमबाट आफ्नो प्रभुत्वलाई स्थापित गर्न लागि परेको पाकिस्तानले त्यहांको राजनितिमा सुरु बाट नै तालीवानलाई साथ र सहयोग गर्दै आईरहेको छ । अफगानिस्तानको आन्तरिक संघर्षलाई साम्य पारेर क्षेत्रीय राजनितिमा आफ्नो पकडलाई स्थापित गराउन नै पाकिस्तानको उच्च स्तरिय प्रतिनिधी मण्डल कावुल पुगेको थियो । अफगानिस्तानमा सत्तारोहण पछी पनि तालीवानमा आन्तरिक राजनैतिक सघंर्ष जारी नै छ । अमेरिकी सेना संग लड्न एकजुट भएका तालीवान अमेरिकी सेना फिर्ता संगै आन्तरिक राजनैतिक कलहमा फसेको छ ।

त्यहॉ मुलभुत रुपमा कटरपन्थि र नरमपन्थि विचको संघर्ष चलिरहेको छ । क्वेटा खेमाका मुल्ला मोहम्द याकुव र हक्कानी नेटवर्कका सिराजुदिन हुक्कानी विचको दुई खेमा सघर्ष छ । याकुव समुह केही नरमपन्थि विचारको छ भने हक्कानी समुह कटरपन्थि विचारको छ । तर पाकिस्तानले भने यी दुई समुह विचमा पनि हक्कानी नेटवर्कलाई साथ र सहयोग गर्दै आईरहेको छ । हक्कानी समुहले अफगानिस्तानको राजनिती र सैन्य मामिलालाई हेर्ने गर्दछ । पाकिस्तान हक्कानी नेटवर्क संग बढी नजिक हुनुको अर्थ त्यहांको सैन्य गतिविधिमा पाकिस्तान आफ्नो पुर्ण संलग्नता चाहान्छ या अफगानिस्तानको सेनामा पनि आफ्नो प्रभुत्वलाई स्थापित गराउन चाहान्छ ।

क्षेत्रीय राजनितीमा पाकिस्तानको अफगानिस्तान प्रतिको यो हस्तक्षेपले दक्षिण एसियाली राजनितीमा अस्थिरता पैदा गर्न सक्ने राजनितिज्ञहरुको विश्लेषण छ । पाकिस्तानलाई आफ्नो भु–राजनितिक गतिविधि लाई अफगानिस्तानमा स्थापित गराउन हक्कानी नेटवर्कलाई समर्थन देखाएको छ । तर भारत , अमेरिका लगायत शक्ति राष्ट्रलाई अलग राखेर कुनै एक दुई देशले समर्थन गर्दैमा अफगानिस्तानमा सत्ता सञ्चालन गर्न तालीवानलाई सहज भने छैन । साथै तालीवान सरकार गठन भएपछि पनि आन्तरिक सघर्षमा उत्रिएको आई।एस आई के जस्ता आतंकवादी संगठनसंग पनी मुकाविला गर्न त्यती सहज भने छैन । वैदेशिक हस्तक्षेप र आन्तरिक राजनैतिक सघर्षले अफगानिस्तानमा स्थीरता हुने कुरामा  विश्व अझै आस्वस्त हुन सकिरहेको छैन यसले दक्षिण एसियामा असन्तुलनको स्थिती पैदा गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
प्रधानमन्त्री देउवाको राष्ट्र भक्ति निर्णय बिदेशको नागरिकता लिएकालाई भोट्को अधिकार नदिने घोषणा

प्रधानमन्त्री देउवाको राष्ट्र भक्ति निर्णय बिदेशको नागरिकता लिएकालाई भोट्को अधिकार नदिने घोषणा

चक्रव्यूहमा आन्तरिक राजनीति:चीन को प्रयोग,प्रभाव र परियोजना

चक्रव्यूहमा आन्तरिक राजनीति:चीन को प्रयोग,प्रभाव र परियोजना

संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि

संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .