• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमालेको संगठन बिभागमा उजुरी


एमालेको संगठन बिभागमा उजुरी

काठमाडौं । सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ । विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने निर्णय स्थायी कमिटीले बिहीबार गरेको छ ।

स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोट मापदण्ड शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने भएको छ । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा भूगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुने बताए । उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने र त्यो ३३ प्रतिशत हुने जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन् ।‘अहिले एमालेसँग ७ लाख २१ हजार सदस्य छन् । तीमध्ये १ हजार ५ सय ३६ प्रतिनिधि १०औं महाधिवेशनका निम्ति चयन गर्नेछौं’, उनले भने । ज्ञवालीका अनुसार ३३ प्रतिशत महिलासहित दलित, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम र पिछडिएको क्षेत्रलाई समावेशी कोटा छुट्याइएको छ ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हरेकबाट १५ सय पार्टी सदस्यबराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् भने जिल्लाबाट एकजना दलित प्रतिनिधि अनिवार्य गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २ सय ६२ जना पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् भने प्रवासबाट २० जना छानिनेछन् ।

केन्द्रमा महाधिवेशन प्रतिनीधि छनोटको मापदण्ड तय भइरहँदा सुदूरपश्चिम प्रदेश सदस्यतालाई लिएर विवाद उत्पन्न भएको छ । सुदूरपश्चिमका धेरैजसो वडा र पालिकामा अधिवेशन हुन सकेको छैन । एमाले केन्द्रीय कार्यालयले बाढीपहिरोको कारण अधिवेशन नभएको जनाए पनि त्यहाँ विवाद देखिएपछि अधिकांश वडा र पालिकाको अधिवेशन रोकिएको हो ।

यसेबीच कैलालीका जिल्ला इन्चार्ज झपट रावलले पार्टी निर्देशनविपरीत नयाँ सदस्यता वितरण भएको दाबी गर्दै संगठन विभागमा उजुरी गरेका छन् । केन्द्रीय कमिटीको भदौ १० गतेको बैठकले २०७७ चैतसम्म सदस्यता प्राप्त गरेको व्यक्तिले मात्र चुन्ने–चुनिने अधिकार राख्ने निर्णय गरेकोमा त्यसविपरीत जिल्लामा बैठक नबसी नयाँ सदस्यता वितरण गर्ने, त्यस्ता सदस्यलाई पनि चुन्ने–चुनिने अधिकार दिइने भनी जिल्ला कमिटीका नाममा सर्कुलर जारी भएको उनले उजुरीमा उल्लेख गरेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

Next Post

चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा

समझाैता गर्दे ऋण बांडेर छिमेकि फसाउदै चीन,

चीनले मिडियामाथि नियन्त्रण राख्न निजी लगानी रोक लगाएको पश्चिमा आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version