No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेको संगठन बिभागमा उजुरी

एमालेको संगठन बिभागमा उजुरी

काठमाडौं । सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ । विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने निर्णय स्थायी कमिटीले बिहीबार गरेको छ ।

स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोट मापदण्ड शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने भएको छ । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा भूगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुने बताए । उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने र त्यो ३३ प्रतिशत हुने जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन् ।‘अहिले एमालेसँग ७ लाख २१ हजार सदस्य छन् । तीमध्ये १ हजार ५ सय ३६ प्रतिनिधि १०औं महाधिवेशनका निम्ति चयन गर्नेछौं’, उनले भने । ज्ञवालीका अनुसार ३३ प्रतिशत महिलासहित दलित, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम र पिछडिएको क्षेत्रलाई समावेशी कोटा छुट्याइएको छ ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हरेकबाट १५ सय पार्टी सदस्यबराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् भने जिल्लाबाट एकजना दलित प्रतिनिधि अनिवार्य गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २ सय ६२ जना पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् भने प्रवासबाट २० जना छानिनेछन् ।

केन्द्रमा महाधिवेशन प्रतिनीधि छनोटको मापदण्ड तय भइरहँदा सुदूरपश्चिम प्रदेश सदस्यतालाई लिएर विवाद उत्पन्न भएको छ । सुदूरपश्चिमका धेरैजसो वडा र पालिकामा अधिवेशन हुन सकेको छैन । एमाले केन्द्रीय कार्यालयले बाढीपहिरोको कारण अधिवेशन नभएको जनाए पनि त्यहाँ विवाद देखिएपछि अधिकांश वडा र पालिकाको अधिवेशन रोकिएको हो ।

यसेबीच कैलालीका जिल्ला इन्चार्ज झपट रावलले पार्टी निर्देशनविपरीत नयाँ सदस्यता वितरण भएको दाबी गर्दै संगठन विभागमा उजुरी गरेका छन् । केन्द्रीय कमिटीको भदौ १० गतेको बैठकले २०७७ चैतसम्म सदस्यता प्राप्त गरेको व्यक्तिले मात्र चुन्ने–चुनिने अधिकार राख्ने निर्णय गरेकोमा त्यसविपरीत जिल्लामा बैठक नबसी नयाँ सदस्यता वितरण गर्ने, त्यस्ता सदस्यलाई पनि चुन्ने–चुनिने अधिकार दिइने भनी जिल्ला कमिटीका नाममा सर्कुलर जारी भएको उनले उजुरीमा उल्लेख गरेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा

चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा

समझाैता गर्दे ऋण बांडेर छिमेकि फसाउदै चीन,

समझाैता गर्दे ऋण बांडेर छिमेकि फसाउदै चीन,

मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप

चीनले मिडियामाथि नियन्त्रण राख्न निजी लगानी रोक लगाएको पश्चिमा आरोप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .