• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेसबाटै प्रचण्डको गर्जन: महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् !


मधेसबाटै प्रचण्डको गर्जन: महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् !

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोमाथि गम्भीर आरोप पोसेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले
दुवै नेतालाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाएका हुन् । मधेस विरोधी केपी ओलीलाई साथ दिनेहरु मधेसी हुनै नसक्ने र मधेसी अनुहार देखाएर महन्थ र राजेन्द्रहरुले मधेसी जनता लुट्ने र ठग्ने काम गरेको उनको आरोप थियो ।

‘म त्यस्तो प्रधानमन्त्री हो, जसले दुईपटक संविधान संशोधन प्रस्ताव राखेर मधेसी जनताको हकहितका लागि लडेको हो । तर केपी ओलीले पास हुन दिएनन् । तर आज बिडम्वना गणतन्त्र, संघीयता विरोधी समानुपातिक समावेशी विरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरुले साथ दिएर त्यसको सरकारमा सहभागी भएका हुन् कि होइनन् ? अनि तपाई हामीले यो कुरा बिर्सिन मिल्छ ?’ प्रचण्डले प्रश्न गरे ।

प्रचण्डले को मधेसको मित्र हो, को दुश्मन हो बुझाईदिन शिक्षक तथा बौद्धिक वर्गलाई अनुरोध पनि गरे । ‘केपी ओली जो मधेस, गणतन्त्र, समावेशी विरोधी हो । उसलाई साथ दिने र माओवादीलाई एक्ल्याउनुपर्छ भन्ने महन्थ ठाकुहरुहरु मधेसका हुन् ? मधेसी हुन् ?’ उनले आक्रोश पोखे, ‘रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउ भनेर माओवादीले प्रस्ताव राख्दा विरोध गर्नेहरु मधेसका मित्र हुन् ?’

अध्यक्ष प्रचण्डले थपे, ‘अनि मधेसी जनतालाई स्पष्ट पार्नका लागि जस्तोसुकै खतरा मोलेर भए पनि मधेसमै चुनाव लड्छु, मधेसी जनताको माया र विश्वास पाए भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्टु भन्ने तपाईको मित्र हो कि मधेसी अनुहार देखाएर मधेसी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरु तपाईका मित्र हुन् ? यो फैसला तपाईहरुले यो पटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बइरीहरु को हो छान्नुपर्नेछ ।’

परिवर्तन विरोधी, सामन्ती, दलाल, निरंकुश, अहंकारी ओलीले धोका, विश्वासघात, बेइमानी र षडयन्त्र गरेर आफूलाई बादशाहजस्तो ठानेपछि घोडाबाट पछारेर बालुवाटारबाट बालकोट पठाइदिएको उनको भनाइ थियो । ‘माओवादी आगो हो खेल्ने कोसिस नगर भनेको थिए,’ उनले भने, ‘अहिले बालकोट मात्र होइन बागमती गयो । लुम्बिनी, गण्डकी गयो । अब प्रदेश ! पनि जाँदैछ । माओवादीलाई जिस्क्याउन खोज्दा के हुँदो रहेछ हेर्नुस् त ।’

अध्यक्ष प्रचण्डले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई ओलीले पदमुक्त गरेकोमा पनि आक्रोश पोखे । ’मधेसको दलितलाई प्रदेश प्रमुख बनाएको थिए ओलीले देखिसहेन । हटायो । मैले फेरि बनाए,’ उनले भने, ‘को व्यवहारमा मधेसी जनताको हक अधिकारका लागि लड्छ, को गफ दिन्छ तपाईले फैसला गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा
  • २०७८ कार्तिक १४, आईतवार ०९:४५
  • In "देश"
  • रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने
  • २०७८ कार्तिक १४, आईतवार ०९:४५
  • In "देश"
  • उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप
  • २०७८ कार्तिक १४, आईतवार ०९:४५
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

१९ वर्ष १० महिना पालेको भाले मरेपछि सबै गाउँले मलामी, सुवेदीले गरे किरिया !

प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गर्दै उपेन्द्र यादव, प्रचण्डको पनि मिलेमतो

अफगानिस्तानबाट ९४० नेपालीको उद्धार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version