• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

१९ वर्ष १० महिना पालेको भाले मरेपछि सबै गाउँले मलामी, सुवेदीले गरे किरिया !


१९ वर्ष १० महिना पालेको भाले मरेपछि सबै गाउँले मलामी, सुवेदीले गरे किरिया !

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा निवासी शिव सुवेदीले आफूले १९ वर्ष १० महिना पालेको मरेपछि किरिया गरेका छन् । उनले भालेको धार्मिक विधिपूर्वक अन्तिम संस्कारसमेत गरेका छन् ।

भालेको दाहसंस्कार गर्न सिङ्गो गाउँबासी मलामी नै गएको बताइएको छ । आफुले माया गरेर लामो समय पालेको भाले मरेपछि सुवेदी शोकमा नै डुबे । हिन्दु परम्परा अनुसार सुवेदीले भाले मरेपछि कपाल फाले र नुन पनि छाडे ।

सुवेदीले मानिस मरेपछि गरिने धार्मिक विधि भाले मर्दा पनि पुर्याए । भाले मरेपछि सेतो कपडा लगाएर काजकिरिया पनि गरे । भाले साउन १६ गते मरेको थियो। भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताए।

‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्यजस्तै मानेर पाल्यौँ,’ उनले थपे, ‘त्यसैले गाउँका सबैको सल्लाहअनुसार नै दाहसंस्कार गर्‍यौँ।’ सुवेदीले भाले मरेपछि गाउँका २०–२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए।

‘हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गर्यौ’ सुवेदीले भने, ‘कपाल नै खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ।’ भाले मरेपछि घरपरिवार मात्रै नभई गाउँ समाज पनि धेरै भावुक बनेको उनको भनाइ छ ।

भाले २० वर्ष पालेका कारण सुख दुखको साथी र परिवारको सदस्य जस्तो भइसकेकाले पनि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीले बताए।

आफुसँगै घरमा पालिने पशुपन्क्षीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावना बढाएको र आफुले त्यो किसिमको सन्देश सबैलाई दिन खोजेको बताए। सुवेदीको लामो समय भाले पाल्ने कुनै योजना थिएन ।

उनका बुबा ‘रिटायर्ड’ सरकारी शिक्षक हुन् । बुबाको पेन्सन घरमै आएर दिने घोराहीका शिक्षक डेमकान्त अधिकारीलाई खुवाउन त्यो भाले उनले पालेका थिए। तर, त्यो भाले पालेको पाँच–सात वर्षसम्म पनि शिक्षक अधिकारीलाई खुवाउने कुनै अवसर जुरेन।

त्यति वेलासम्म भाले पालेको १४ वर्ष भइसकेको थियो । आफुले पालेको भाले १४ वर्ष पुगेपछि सुवेदीलाई ‘भाले कति वर्ष बाँच्दो रहेछ त’ भनेर खुल्दुली जाग्यो र उनले भालेलाई जति बाँच्छ, त्यति पाल्ने प्रण गरे र सो अनुसार पाले पनि ।

भाले १७ वर्षको हुँदा युट्युब तथा सामाजिक सञ्जाल जताततै निकै चर्चा पायो। ‘गिनिज बुकमा नाम लेखाएर नेपालकै नाम विश्वमा चिनाउने योजना बनाएको थिएँ,’ उनले भने, ‘तर, धेरैले खर्चिलो हुन्छ भनेपछि त्यो सोच छाडे ।

लामो समय भाले पाल्दाको अनुभव सँगाल्न पाएको पनि उनले बताए । ‘मैले यो भाले लामो समय पालेँ, केही नयाँ अनुभव पनि सँगालेको छु’ उनले भने‘ भालेले खुर्सानी खान्थ्यो, त्यसले गर्दा पनि उसको रोगप्रतिरोधी शक्ति बढेको अनुभूति भयो, धेरैले त्यही भन्नुहुन्छ ।’

घरमा पालेका धेरै कुखुरा पटक–पटक रोगले मर्दा पनि त्यो भाले रोगले पनि छोएको थिएन । केही समय अघि मात्रै घरका सबै कुखुरा मरे पनि त्यो भालेलाई केही भएन । घरमा त्यही भाले मात्रै बचेको थियो । त्यही भाले नै मरेपछि अहिले घरमा एउटा पनि कुखुरा नभएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?
  • २०७८ कार्तिक १४, आईतवार ०९:५१
  • In "BannerNews"
  • भेरीबबई सिँचाइ निर्माणमा ढिलासुस्ती
  • २०७८ कार्तिक १४, आईतवार ०९:५१
  • In "समाचार"
  • हृदयविदारक तस्बीर : रुस-युक्रेन युद्धमा मालिक मारिए, कुकुर पर्खेर बसिरहे
  • २०७८ कार्तिक १४, आईतवार ०९:५१
  • In "अन्तराष्ट्रिय"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post

प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गर्दै उपेन्द्र यादव, प्रचण्डको पनि मिलेमतो

अफगानिस्तानबाट ९४० नेपालीको उद्धार

प्रहरीले लागुऔषधहित पक्राउ परेका वडाध्यक्षलाई सुटुक्क छाडिदियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version