• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसके : राजकिशोर यादव


नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसके : राजकिशोर यादव

सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता तथा सांसद राजकिशोर यादवले नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसकेको बताएका छन् ।

मिर्चैयामा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । जनताले पटकपटक मत दिएपनि कांग्रेस, कम्युनिष्ट लगायतका दलले त्यसको दुरुपयोग मात्रै गरेको उनले बताए ।

वर्षौंवर्ष देशमा ती दलहरुले राज गरेपनि जनता र देशको अवस्था ज्यूँकात्यूँ रहनुले उनीहरु फेल भइसकेको उनको तर्क छ । ती दलहरुसँग कुनै पनि भिजन नभएको र संघीयतामा ती दलहरु असान्दर्भिक रहेको पनि उनले बताए ।

सबै पुराना दलहरुले जनताको मत लिएर ठग्ने काम मात्रै गरेको र देशलाई धारासायी बनाएको भन्दै अब ती दलहरुलाई बिर्सिन जनताले ढिला गर्न नहुने उनले बताए । उनले अब देशलाई जसपाले विकल्प दिने बताए ।

जसपाको जन्म नै देशलाई विकल्प दिन भएको भन्दै जनताले जसपालाई साथ दिनुपर्ने उनको भनाइ थियो । देशको समृद्धि र सुशासनको सपना, सबै समुदाय एवं वर्गको अधिकार र पहिचान तथा वास्तविक समाजवादको सपना जसपा मात्रैले पूरा गर्न सक्ने उनले दावी पनि गरे ।

यस्तै, प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री सुरेश कुमार मण्डलले पनि नेपालमा अब जसपाको विकल्प नभएको बताए । अझै पनि समाजमा त्यही ठग दलका एजेन्टहरु सक्रिय रहेको भन्दै जनतालाई सचेत हुन उनले आग्रह गरे ।

मिर्चैया नगर समितिको आयोजनामा भएको कार्यक्रममा सिरहा जिल्लाका विभिन्न स्थानीय तहका सयौं नेता कार्यकर्ताको उपस्तिथि रहेकोे थियो । सोही कार्यक्रमबाट तत्कालीन जनयुद्धमा अग्रमोर्चामा रहेर काम गरेका तर, पछिल्लो १० वर्षयता निष्क्रिय रहेका मिर्चैया ९ विष्णुप्रसाद यादवसहित २ दर्जन व्यक्ति जसपामा प्रवेश पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महन्थ ठाकुरलाई प्रश्न : प्रधानमन्त्रीमा तपाईंको नाम चर्चामा छ नि ?
  • २०७८ कार्तिक ८, सोमबार १८:१२
  • In "देश"
  • जसपाबाट सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढे
  • २०७८ कार्तिक ८, सोमबार १८:१२
  • In "देश"
  • ‘ओलीले संविधानमा पारेको भ्वाङ टाल्न कांग्रेसले सरकार चलाउनु पर्छ’
  • २०७८ कार्तिक ८, सोमबार १८:१२
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

८ लाख घुस लिँदा अख्तियारबाट बाँचेका बटेश्वर गाउँपालिका अध्यक्ष सिके राउतको ‘टार्गेटमा’

सात वटा प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश नं. २ नै किन ? : प्रदेश २ मन्त्री वीरेन्द्र सिंह

बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version