• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपाबाट सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढे


जसपाबाट सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढे

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट पाखा लागेको महन्थ ठाकुर पक्षले उपेन्द्र यादव नेतृत्वको जसपाभित्र चाँडै कलह बढ्ने आकलन गरेको छ । जसपामा अन्तरविरोध बढ्यो भने आफ्ना लागि अनुकुल परिस्थिति निर्माण हुने समयको प्रतीक्षामा छन् महन्थ ठाकुर ।

जसपाले सरकारमा जाने निर्णय गरिसकेको तर सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढ्ने र त्यसको प्रत्यक्ष फाइदा आफूहरुलाई हुने महन्थ पक्षको ठहर छ ।

पार्टीको आधिकारिकता पाउन असफल भएपछि ठाकुर पक्षले तत्काल राजनीतिकरुपमा खुम्चिएरै भए पनि जसपाभित्रै रहने र अनुकुल परिस्थिति निर्माण हुनासाथ दल विभाजन गराउने रणनीति बनाएको सो समूहका नेताहरु बताउँछन् ।

हालै तराई मधेसका १९ वटा जिल्लामा कार्यकर्ता भेला कार्यक्रम सकेर काठमाडौं फर्केका ठाकुरसहितका नेताहरुले उपेन्द्र यादव पक्षका केही नेताहरुसँग सम्पर्क बढाएका छन् ।

उपेन्द्र यादव पक्षमा मन्त्रीका आकांक्षी धेरै तर मन्त्रालय थोरै भएपछि स्वाभाविक रुपमा असन्तुष्टि बढ्ने र त्यसको परिणामस्वरुप केही नेताहरु आफ्नो पक्षमा आउन सक्ने महन्थ ठाकुर पक्षका एक नेताले रातोपाटीलाई बताए ।

‘यसअघि हाम्रो पक्षमा रहेका केही नेताहरु मन्त्री पद पाउनकै लागि अहिले उपेन्द्र यादवको पक्षमा गएका छन्,’ महन्थ पक्षका ती नेताले भने, ‘तर उनीहरुले मन्त्री पद पाउने छैनन्, त्यसपछि उनीहरु फर्केर हामीतिरै आउनेछन् ।’

महन्थ ठाकुर पक्षले तत्कालै नयाँ दल गठनको प्रक्रियामा नलागेर राजनीतिक रुपमा खुम्चिएर बस्नुको मुख्य उद्देश्य पनि त्यही रहेको ती नेताको भनाइ छ । उपेन्द्र यादव पक्षका असन्तुष्ट नेताहरुसँग सम्पर्क जारी राख्ने र अन्ततः उनीहरुलाई फर्काउन सकिने महन्थ पक्षको विश्वास छ ।

‘अहिलेका लागि एमालेमा माधवकुमार नेपाल पक्ष जसरी बसिरहेको छ, त्यसरी नै हामी जसपामा संघर्ष गर्दै बस्ने हो,’ ती नेताले भने, ‘उपेन्द्र यादवसँग असन्तुष्ट भएका नेताहरुलाई गोलबद्ध गरेर पार्टीभित्रै ४० प्रतिशत केन्द्रीय सदस्य जुटाउँदै पार्टी विभाजन गराउन सकिन्छ ।’

तर, तत्काल नयाँ दल दर्ता गरेर जाने योजना भने नबनाएको उनको भनाइ छ । ‘उपेन्द्र यादवले सरकारमा मन्त्री पठाउनेवित्तिकै सो पार्टीमा एकचरण तीव्र असन्तुष्टि सुरु हुन्छ,’ उनले भने, ‘त्यसलाई हामीले क्यास गर्नेछौं ।’

आफूहरुलाई उपेन्द्र यादवले कारवाही नै गरुन् भन्ने चाहेको पनि उनले बताए । ‘उपेन्द्र यादवले हामीलाई पार्टीबाट कारवाही गरुन्, पार्टीबाट कारवाही गरेपछि त्यही मुद्दा लिएर हामी जनतामाझ जान्छौं,’ उनले भने ।

आफूहरु अहिले नयाँ दल दर्ताका लागि नहतारिएको तर सांगठनिक कार्य भित्रभित्रै भइरहेको पनि उनले सुनाए ।

महन्थ ठाकुर पक्षबाट दुईटा दल दर्ता भएको जानकारी दिँदै उनले तीमध्ये एउटालाई आन्तरिक रुपमा सक्रिय तुल्याइएको र त्यसले आफ्नो काम गरिरहेको बताए ।

विभिन्न जिल्लामा हालै आयोजित कार्यकर्ता भेलामा सहभागी भएका महन्थ पक्षका नेता जितेन्द्र सोनलले पनि तराई मधेसका जनताले उपेन्द्रको विकल्प खोज्न आफूहरुलाई म्याण्डेट दिएको दाबी गरे ।

‘उपेन्द्र यादवसँग काम गर्न सकिँदैन, त्यो निश्चित छ । तर, कसरी छुट्टिने भन्नेबारे विकल्प खोजी भइरहेको छ,’ उनले भने, ‘जनताले नयाँ संगठन बनाउन म्याण्डेट दिएको छ, कार्यकर्ताहरुले उपेन्द्र यादवसँग काम गर्न सकिँदैन, त्यसको विकल्प खोज्नुस् भनेका छन्, यसको मतलब नै नयाँ संगठन बनाएर जानुस् भनेको हो ।’

जिल्ला–जिल्लामा अगुवा कार्यकर्ताको भेला सम्पन्न भइसकेको र शनिबारदेखि प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला हुने जानकारी दिँदै उनले भदौ ९ गते प्रदेशको कार्यक्रम सम्पन्न भएपछि केन्द्रमा समीक्षा बैठक आयोजना गर्ने र त्यसबाट आउने निष्कर्षका आधारमा आफूहरु अगाडि बढ्ने बताए ।

आफूहरुलाई नयाँ पार्टी गठनको हतार नभएको उल्लेख गर्दै सोनलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नआएसम्म नयाँ संगठनको बारेमा कुनै छलफल नहुने बताए ।

सोही पार्टीका युवा नेता मुकेश झाले पनि आफूहरुलाई पार्टी गठनका लागि हतार नरहेको बताए । सर्वोच्चमा मुद्दा चलिरहेका र उपेन्द्र यादव पक्ष पनि सरकारमा सहभागी हुन बाँकी रहेकाले यी सबै प्रक्रियालाई हेरेरमात्र आफूहरुले कुनै निर्णय लिने बताए । उनले भने, ‘जसपा महन्थ ठाकुर पक्षले गर्नुपर्ने कार्यहरु गरिरहेको छ, कुनै काम रोकिएको छैन, १९ वटा जिल्लामा जनतालाई यथार्थ जानकारी गराइएको छ, अरु थप कार्यक्रम बनाउने तयारी भइरहेको छ ।’

जसपाको ‘डिले’

सरकारमा मन्त्रीहरु पठाउँदा सबैलाई चित्त बुझाउन नसकिने र असन्तष्ट नेताहरुले कित्तता परिवर्तनत गर्न सक्ने सम्भावना उपेन्द्र यादवजस्तो चलाख नेताले बुझ्न नसकिने कुरै भएन । यही कारण जसपाले सरकारमा जान हतारो गरेको छैन ।

शुरुमा साउन १० गते निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारे फैसला गरेपछि मात्रै सरकारमा जाने यादवले  प्रधानमन्त्री देउवालाई वचन दिएका थिए । त्यसपछि साझा नीति तथा कार्यक्रम बनाएपछि मात्रै मन्त्री छान्ने भन्दै यादवले ढिलाइको सिद्धान्त अवलम्बन गरे ।

अहिले गठबन्धन दलहरुको साझा नीति तथा कार्यक्रम बनिसकेको छ । तैपनि जसपाले मन्त्रीहरु छानेको छैन । अब भदौ लागेपछि केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि मात्रै सरकारमा जाने यादव पक्षले बताउँदै आएको छ ।

रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यादव र भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने : ठाकुर
  • २०७८ श्रावण ३२, सोमबार १३:१९
  • In "देश"
  • उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव
  • २०७८ श्रावण ३२, सोमबार १३:१९
  • In "देश"
  • महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेट्दै, सत्ता साझेदारीबारे छलफल हुने
  • २०७८ श्रावण ३२, सोमबार १३:१९
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

पाकिस्तान-बंगलादेशमा हिन्दू समुदाय असुरक्षित र मठमन्दिरमाथि आक्रमण

माधव नेपालको नयाँ पार्टीको नाम एमाले (समाजवादी), सूर्य चिह्न नछोड्ने !

जनकपुरमा आमरण अनशन बसेका चुरे अभियानीको स्वास्थ्य बिग्रियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version