• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तान-बंगलादेशमा हिन्दू समुदाय असुरक्षित र मठमन्दिरमाथि आक्रमण


पाकिस्तान-बंगलादेशमा हिन्दू समुदाय असुरक्षित र मठमन्दिरमाथि आक्रमण

एजेन्सी । बंगलादेशको खुलाना जिल्लाको रुप्सा उपजिल्लाअन्तर्गत सियली मालिकपारा गाउँमा हिन्दू अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति शनिबार तोडफोड एवं लुटपाट भएपछि हिन्दू समुदाय विरोधमा उत्रेको छ । विश्व हिन्दू महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र पठाउँदै हिन्दूहरूमाथि भइरहेका शृंखलाबद्ध आक्रमण र ज्यादति रोक्न र उनीहरूको सुरक्षा गर्न माग गरेको छ ।

बंगलादेश शाखाका महासचिव दीपन मित्रद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दू समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरेका छन् । उनले उदारवादी साेच राख्ने राजनीतिक पार्टीको नेतृत्वमा बंगलादेशमा सरकार सञ्चालन भइरहेको, तर यही समयमा हिन्दू अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

उनले दोषीहरूमाथि कडा कारबाहीका लागि पनि प्रधानमन्त्री हसिनासँग माग गरेका छन् । बंगलाबन्धुले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचिव मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

पाकिस्तान र बंगलादेशमा निरन्तर हिन्दु समुदाय र संस्कृतिमाथि आक्रमण हुँदै आएकाे छ । हिन्दू समुदायले घटनाको विरोध गर्दै बिहीबार खुलना पिक्चर प्यालेसमा प्रदर्शन गरेको थियो । विश्व हिन्दू महासंघ बंगलादेश शाखा, जातियो हिन्दू महाजोते, बंगलादेश हिन्दू परिषद्, शिवशक्तिलगायत स्थानीय हिन्दू संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी थिए । स्थानीय अतिवादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मूर्तिहरू तोडफोड एवं नष्ट गरेको महासचिव मित्रले जानकारी दिए । यसैगरी, सियाली महाश्वमशान मन्दिरमा कीर्तन–भजन चलिरहेका वेला आक्रमण भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बंगलादेशमा हिन्दू युवा हत्या घटनाको राष्ट्रिय एकता दलद्वारा घोर निन्दा
  • २०७८ श्रावण ३२, सोमबार १३:४५
  • In "BannerNews"
  • बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ
  • २०७८ श्रावण ३२, सोमबार १३:४५
  • In "BannerNews"
  • बांग्लादेशका प्रधानमंत्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र
  • २०७८ श्रावण ३२, सोमबार १३:४५
  • In "देश"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

माधव नेपालको नयाँ पार्टीको नाम एमाले (समाजवादी), सूर्य चिह्न नछोड्ने !

जनकपुरमा आमरण अनशन बसेका चुरे अभियानीको स्वास्थ्य बिग्रियो

गाईको बाछी चोरेर काटेको आरोपमा तीन जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version