• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले शिन्जियाङमा ‘नर्कको जस्तो’ अवस्था सिर्जना गरेको एमनेस्टीको आरोप


चीनले शिन्जियाङमा ‘नर्कको जस्तो’ अवस्था सिर्जना गरेको एमनेस्टीको आरोप

एउटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरन्याशनलले भनेको छ – चीनले उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकहरूको बसोबास रहेको देशको उत्तर पश्चिमी क्षेत्र शिन्जियाङमा “मानवता विरोधी अपराधहरू” गरिरहेको छ।

एक प्रतिवेदनमा एमनेस्टीले संयुक्त राष्ट्र सङ्घलाई अनुसन्धानका लागि आग्रह गर्दै चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसहरूलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना समेत दिने गरेको आरोप लगाएको छ। एमनेस्टी इन्टरन्याशनलकी महासचिव एग्निस् क्यालामार्डले चिनियाँ अधिकारीहरूलाई “ठूलो स्तरमा नर्कको जस्तो वातावरण सिर्जना गरेको” आरोप लगाएकी छन्।

उनले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोन्यो गटरेस्‌लाई पनि “आफ्नो म्यान्डेट बमोजिम काम गर्न असफल भएको” आरोप लगाएकी छन्। बीबीसीसँग कुरा गर्दै एग्निस् क्यालामार्डले भनिन्,”उनले शिन्जियाङको अवस्थालाई निन्दा गरेका छैनन् र त्यसकाबारेमा अन्तर्राष्ट्रिय अनुसन्धानका लागि पनि आह्वान गरेका छैनन्। ”

“संयुक्त राष्ट्र सङ्घ स्थापना भएको मूल्य मान्यताहरूलाई रक्षा गर्ने र निश्चय नै मानवता विरोध अपराधहरूमा चुप लागेर नबस्ने जिम्मेवारी उनको हो,” क्यालामार्डले भनिन्।

५५ जना भूतपूर्व थुनुवाहरूसँगको अन्तर्वार्तामा आधारित रहेर एमनेस्टीले तयार पारेको १६० पृष्ठ लामो प्रतिवेदनमा भनिएको छ, चिनियाँ राज्यले “कम्तीमा पनि मानवता विरोधी यस्ता अपराधहरू गरेको छः मानिसहरूलाई थुनामा राख्ने र हिंड्डुल गर्न पाउने मानिसको अधिकारलाई गम्भीर रूपमा सीमित तुल्याउँदै अन्तर्राष्ट्रिय कानुनको आधारभूत नियमको उलङ्घन; यातना; र दमन।”

एमनेस्टीको प्रतिवेदन अर्को अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स् वाचले जारी गरेको त्यस्तै प्रकारको छानबिन प्रतिवेदन पछि आएको छ। सो संस्थाले गत एप्रिल महिनामा प्रकाशित गरेको प्रतिवेदनमा “चीन सरकार मानवता विरोधी अपराहरूका निम्ति जिम्मेवार रहेको भन्ने आफूलाई लागेको” जनाएको थियो।

चीनलाई केही पश्चिमा देश र मानवअधिकारवादी समूहहरूले शिन्जियाङमा रहेका टर्किक मूलका जातीय समुदायहरू विरुद्ध आम नरसंहार गर्न खोजेको आरोप लगाउँदै आएका छन्। तर चिनियाँ राज्यको कदमलाई आम नरसंहार भनेर भन्न सकिन्छ कि सकिँदैन भन्नेमा विवाद रहेको छ।

चीनले शिन्जियाङमा मानवअधिकार उलङ्घन भएको भनेर उसमाथि लाग्दै आएका सबै आरोपहरूको नियमित रूपमा खण्डन गर्दै अस्वीकार गर्दै आएको छ।

चीनको भनाइमा शिन्जियाङका शिविरहरू त्यस क्षेत्रमा आतङ्कवाद विरुद्ध लड्नका लागि सञ्चालित स्वयंसेवी व्यावसायिक र कट्टरपन्थी धारणालाई न्यूनीकरण गर्ने कार्यक्रमहरू हुन्।

एमनेस्टीको प्रतिवेदनमा रहेका कुराहरू यसअघि नै चर्चामा आइसकेका कुराहरू भए तापनि यसबाट शिन्जियाङमा भइरहेका उसका गतिविधिलाई लिएर चीनमाथिको अन्तर्राष्ट्रिय दबाब बढ्न सक्छ।

चीनमाथि अन्तर्राष्ट्रिय कानुनी निकायबाट छानबिन हुनसक्ने विषय भने जटिल छ। किनकि चीन अन्तर्राष्ट्रिय फौजदारी अदालत, आइसीसी, को हस्ताक्षरकर्ता होइन र यस हिसाबले उक्त न्यायालयको क्षेत्रबाट चीन बाहिर पर्दछ। साथै चीनसँग संयुक्त राष्ट्र सङ्घमा भिटोको शक्ति पनि छ।

गत डिसेम्बरमा आइसीसीले चीन विरुद्ध मुद्दा नचलाउने घोषणा गरिसकेको छ। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी
  • २०७८ कार्तिक ४, बिहीबार २०:३१
  • In "BannerNews"
  • उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन
  • २०७८ कार्तिक ४, बिहीबार २०:३१
  • In "अन्तराष्ट्रिय"
  • नेपालको मुस्लिम समाज उइघुर मामिलामा किन चुप ?
  • २०७८ कार्तिक ४, बिहीबार २०:३१
  • In "देश"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ

हिन्दुवादी नेता विनय यादवलाई तत्काल रिहा गर्न निषादको माग

हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version