• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भूमि मिचेको तथ्य बाहिर आएपछि हुम्लामा चीनले यसरी लियो नेपालीसँग बदला, ७ हजारले रोजीरोटी गुमाए!


भूमि मिचेको तथ्य बाहिर आएपछि हुम्लामा चीनले यसरी लियो नेपालीसँग बदला, ७ हजारले रोजीरोटी गुमाए!

सिमकोट । हुम्ला सीमा अतिक्रमण भएको तथ्य बाहिर आएपछि छिमेकी चीनले असहयोगको नीति लिएको छ । सीमा क्षेत्रका बासिन्दासँग बदला लिने हिसाबले चीनले नाकामा कडाई गर्दै नेपालीलाई दुख दिएको छ । करिब ७ हजार हुम्लाबासीको रोजिरोटी खोसेको छ ।

यसबाट आजित भएर हुम्लीले चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरेका छन् । कोभिड-१९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेका हुन् । सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए ।

सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए ।

नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरूको लगानी सङ्कटमा परेको छ । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ । हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करिब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ ।

वैशाख महिनाको अन्तिमदेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारीका लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका स्थानीय सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् ।

वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुने गरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या भएको नाम्खाका स्थानीय दावा तामाङले बताए । करिब आठ महिना चीनमा काम गरेर हुम्ला फिर्ता हुने गरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घर खर्च चलाउनसमेत समस्या भएको उनले बताए ।

कोरोना देखाएर चीनले नाका खोल्न मानेको छैन । त्यसमाथि नाम्खा चीनले सीमा अतिक्रमण गरेको ठाउँ हो । उत्तरी नाम्खा चीनमा निर्भर छ ।  सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाई गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको तामाङले सुनाए ।

हिल्सा नाका बन्द भएपछि व्यापार व्यवसाय ठप्प हुनुका साथै दशैँ र तिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको स्थानीयको गुनासो छ । त्यस्तै दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ ।

सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दशैँमा खसीको मूल्य आकाशिएको हो । सात गाउँपालिका रहेको हुम्लामा यो वर्षको दशैँ महँगो हुने भएको छ । चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ ।

विगत वर्षमा प्रत्येक वर्षको दशैँमा चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने हुम्लीको यस वर्षाको दशैँ महँगो हुने भएको हो । चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा एउटको १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरीद गर्दा ३० हजारसम्म पर्ने गरेको सिमकोट-२ का धनबहादुर भण्डारीले बताए ।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यो वर्ष अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् । व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाटसमेत खसी ल्याएर बिक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकिलो एक हजार मूल्यमा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द
  • २०७८ आश्विन २६, मंगलवार १६:००
  • In "थप"
  • नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना
  • २०७८ आश्विन २६, मंगलवार १६:००
  • In "देश"
  • चीनको सीमा मिचेको बिवाद उठदा नेपालीलाई दु:ख दिन शुरु
  • २०७८ आश्विन २६, मंगलवार १६:००
  • In "कर्णाली प्रदेश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

चीनलाई ओपन च्यालेञ्ज गर्ने विश्वकै एकमात्र हिम्मतवाली महिला, जसले थर्कमान भयो बेइजिङ

उपेन्द्र यादवलाई चिनियाँ दलाल भन्दै जनता आन्दोलीत

तालिवानमा महिला अधिकार सुनिश्चितता बारे आन्दोलन जारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version