No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वीरगञ्ज नाकामा कर्मचारीको बदमासी, कम मूल्यको प्रज्ञापनपत्र बनाई समान भित्रिएको खुलासा

वीरगञ्ज नाकामा कर्मचारीको बदमासी, कम मूल्यको प्रज्ञापनपत्र बनाई समान भित्रिएको खुलासा

रासस- 

पर्सा । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो ।

पछिल्लोपटक भारतबाट आयात भएको मेशिनरी सामग्रीमा कम मूल्यांकनको प्रज्ञानपत्र राखी यस्ता सामग्री नेपाल भित्र्याउन खोजिएको तथ्य फेला परेको छ । चकलेटजन्य सामग्रीमा वीरगञ्ज भन्सार नाकाबाट सामग्रीको यर्थाथ कम मूल्यांकनको प्रज्ञापनपत्र जारी गरी चकलेट नेपाल भित्राइएको भन्दै प्रहरीले चकलेट बोकेको ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

केही दिनअघि भारतबाट जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतको चेन्नइस्थित टिभीएस कम्पनीबाट आयात गर्ने गरेका तीन चक्के टेम्पोको पार्टस् भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँचपास गराई चेसिस र इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गरेको थियो। उक्त सामग्रीलाई भन्सारले तीनचक्के टेम्पोको पार्टस् भनेर लाग्ने भन्सार मूल्यभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र राखी जाँचपास गराई इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गर्न खोजेको सार्वजनिक भएपछि कार्यालयले यसबारे ढाकछोप गर्न जगदम्बा अटो ग्रुपसँग थप १३ लाख ८० हजार रुपैयाँ राजस्व लिएर मात्र सामग्री छाडेको बताइएको छ ।

पहिलो चरणमा सामग्री जाँच गरी कम मूल्यांकनमा सामग्री छाड्न खोजेको बाहिर आएपछि पुनः जाँचका नाममा जगदम्बा अटो ग्रुपलाई कारबाहीस्वरुप जरिवाना गरिएको विषयले पनि कर्मचारी र व्यापारीबीच मिलोमतो भएको आरोप लागेको छ। उक्त कम्पनीले यसअगावै पनि यसरी कम मूल्यांकन गरी सामग्री लगेको हुनसक्ने र पछिल्लो चार वर्षभन्दा अघि यसरी सामग्री लगेको भए केही कारबाही गर्न नसकिने प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए। यद्यपि‚ यसबारे पछिल्ला चार वर्षयता जगदम्बा अटो ग्रुपले लगेका सामग्रीबारे थप अनुसन्धान गर्न सकिने प्रावधान रहेको उनको भनाइ छ ।

केही दिनअघि उक्त भन्सारबाट मालवाहक ट्रकमा विभिन्न किसिमका चकलेटसमेत यथार्थ मूल्यभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र राखी नेपाल भित्रिएको भन्दै प्रहरीको टोलीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएर राजस्व विभाग पथलैया पठाएको छ। लाग्ने दरभन्दा कम मूल्यांकन गरी भन्सार छली नेपाल भित्र्याइएको करिब ७३ लाख रुपैयाँ बराबरको चकलेट र भारतीय ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ट्रकमा लोड रहेका सामानको तौल र मोल फरक पारी ब्राण्ड उल्लेख नगरी भन्सार कर्मचारीसँग मिली सुगर ललिपपका नाममा कम मूल्यांकनको प्रज्ञापनपत्र बनाई बिनाअनलाइन बिल (भिसिटिएस) खुसी बच्चा नामक भारतीय चकलेट बरामद गरी राजस्व कार्यालयलाई बुझाइएको प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

उक्त चकलेटबारे एकीकृत जाँच चौकीका भन्सार अधिकृत (जाँचकी) रमेश सुकमनीले ठूलो ट्रक भएका कारण सबै चकलेट हेर्न नसकिएको तर यद्यपि सबै नियमानुसार चकलेटको राजस्व लिइएको बताए । प्रहरीले सो क्रममा ट्रक र चालक भारत मध्यप्रदेश ग्वालियर बानमौर थाना वडा नम्बर १४ का ३३ वर्षीय जबर सिंहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सामान तथा ट्रकको ७३ लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

प्रहरीले नियमविपरीत कम मूल्यांकनको प्रज्ञापनपत्र बनाई अनलाइन बिलबिना चकलेट नेपाल भित्रिएको भन्दै पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाएको छ । भन्सारमा कार्यरत कर्मचारीले नियमानुसार मूल्यांकन गरिएको दाबी गरेका छन् । यसबारे राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराका सूचना अधिकारी गौरव पन्थीले उक्त गाडीको अनलाइन बिल नरहेकाले नियमानुसार कारबाही हुने र यसबारे थप अनुसन्धानका लागि भन्सार कार्यालयबाट थप कागजपत्र माग गरिएको जानकारी दिए ।

भन्सार प्रशासक विश्वप्रसाद अर्याल प्रहरीले बरामद गरेको चकलेटबारे अनलाइन बिल भन्सार कार्यालयअन्तर्गतको जाँचचौकीको काम नभएकाले सोको दोषी स्वयं आयात कम्पनी रहेको र जगदम्बा अटो ग्रुपले भित्र्याएका चेसिस र इञ्जिनसहितको टेम्पोका सामग्रीको पुनः मूल्यांकन गरी दोषी पाइएकाले कारबाहीस्वरुप ग्रुपलाई जरिवाना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post
कोरला नाका हिँडेको इयु राजदूतको टोलीलाई सुरक्षाकर्मीले रोक्यो

कोरला नाका हिँडेको इयु राजदूतको टोलीलाई सुरक्षाकर्मीले रोक्यो

फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

अब स्क्रिन बन्द हुदाँपनि युट्युबमा गीत सुन्न सकिने

अब स्क्रिन बन्द हुदाँपनि युट्युबमा गीत सुन्न सकिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .