• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा


वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा हालसम्म खोटाङका ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका छन् । मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना त्रासबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । कोरोना महामारीकै बीचमा पनि खोटाङका १०४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीमा रहेको पाइएको छ । यतिसम्मकि एउटा घरका बुवा, छोरीछोरी तथा बुहारी गरी पाँचजनासम्म वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

पहाडी भू–भाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको युवापुस्ताले बताएका छन् । वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ ।

कोरोना त्रासबीचमा जिल्लाबाट काठमाडौँ वा काठमाडौँबाट जिल्ला आवतजावत गर्ने अवस्था नहुँदा एजेण्टहरू गाउँगाउँ सक्रिय भएको पाइएको छ । महामारीमा सहज आवतजावत गर्ने अवस्था नहुँदा एजेण्टले आफँै काम गरिदिने भन्दै कागजात लिएर रकम असुल्ने गरेकोसमेत पाइएको संयोजक राईले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेशिक रोजगारलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन समाजले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । दशैँ र तिहारका बीचमा सितला मावि खाल्लेमा शिक्षक अभिभावक अभिमुखीकरण, खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, मङ्सिर २ गते दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तक्र्रिया, पुस ३ गते दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायत सचेतनामूलक अभियान सञ्चालन गरिने वैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताउनुभयो । सरोकार समाजले जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउनदेखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

यसैबीच वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियालगायत देशमा पुगेको अवस्थामा आव २०७७/७८ मा आठ युवाले ज्यान गुमाएको कार्यक्रम संयोजक राईले बताउनुभयो ।

साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका मिलन दर्जी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका–५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका धनशेर राई, मलेसिया पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका–६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका–७ सुङ्देलका छत्रे भुजेल र साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको सामी परियोजनाले जनाएको छ । रोजगारीको सिलसिलामा विभिन्न समयमा विभिन्न देशमा ज्यान गुमाएका उनीहरुमध्ये कतिपयको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले जनाककारी दिनुभयो ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी), दूतावासलगायतको पहलमा मृतकको शव तथा अस्तु मात्र घर ल्याइएको जनाइएको छ । चालु आव केपिलासगढी गाउँपालिकाको एक कामदारको मृत्यु भएको सामीले जनाएको छ । वैदेशिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेशिक रोजगारलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन समाजले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

दशैँ र तिहारको बीचमा शितला मावि खाल्लेमा शिक्षक अभिभावक अभिमुखीकरण, खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, मङ्सिर २ गते दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तक्र्रिया, पुस ३ गते दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायत सचेतनामूलक अभियान सञ्चालन गरिने वैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताउनुभयो । सरोकार समाजले जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउनदेखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फेसबुक ह्याकगरी ब्ल्याकमेल गर्ने एक जना पक्राउ
  • २०७८ आश्विन १९, मंगलवार २१:०२
  • In "BannerNews"
  • रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी
  • २०७८ आश्विन १९, मंगलवार २१:०२
  • In "BannerNews"
  • सन नेपाल लाईफ इन्स्योरेन्सको लहान शखा द्वारा पीडितलाई १४ लाख आर्थिक भुक्तानी
  • २०७८ आश्विन १९, मंगलवार २१:०२
  • In "मधेश प्रदेश"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

चीनको नयाँ अवधारणामा नेपालको सहभागिता

अफगानिस्तानमा तालिबान सत्तापछि परिवार पाल्नका लागि इँटा बनाउने मजदुरी गर्दै पूर्वपत्रकार

गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version